YouVersion लोगो
खोज आइकन

मर्कूस 8:27-31

मर्कूस 8:27-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

येशू र उहाँका चेलाहरू कैसरिया फिलिप्‍पीका गाउँहरूमा जानुभयो। बाटोमा जाँदैगर्दा उहाँले आफ्‍ना चेलाहरूलाई यसो भनेर सोध्‍नुभयो, “मानिसहरूले के भन्‍छन्, म को हुँ?” तिनीहरूले उहाँलाई भने, “कसैले भन्‍छन्, ‘बप्‍तिस्‍मा-दिने यूहन्‍ना।’ अरूहरूले ‘एलिया,’ अनि अरू कतिले भन्‍छन्, ‘अगमवक्ताहरूमध्‍ये एक जना’।” तब उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तर तिमीहरूचाहिँ के भन्‍छौ, म को हुँ?” पत्रुसले उत्तर दिएर उहाँलाई भने, “तपाईं ख्रीष्‍ट हुनुहुन्‍छ।” उहाँले तिनीहरूलाई उहाँको विषयमा कसैलाई केही नभन्‍नू भनी आज्ञा दिनुभयो! “मानिसको पुत्रले धेरै दुःख भोग्‍नु, र धर्म-गुरुहरू, मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरूबाट इन्‍कार गरिनु र मारिनु अनि तीन दिनपछि जीवित भई उठ्‌नु आवश्‍यक छ” भनेर उहाँले तिनीहरूलाई सिकाउन लाग्‍नुभयो।

शेयर गर्नुहोस्
मर्कूस 8 पढ्नुहोस्

मर्कूस 8:27-31 नेपाली समकालीन संस्करण (NCV)

येशू र उहाँका चेलाहरू कैसरिया फिलिप्पीका गाउँहरूतिर जानुभयो। बाटोमा उहाँले तिनीहरूलाई सोध्नुभयो, “मानिसहरूले म को हुँ भनी भन्छन्?” तिनीहरूले जवाफ दिए, “कसैले बप्‍तिस्मा दिने यूहन्‍ना भन्छन्, कसैले एलिया भन्छन्; अनि अझै अरूले अगमवक्‍ताहरूमध्ये एक भनी भन्छन्।” उहाँले सोध्नुभयो, “तिमीहरूले नि? तिमीहरू मलाई म को हुँ भन्छौ?” पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्‍ट हुनुहुन्छ।” येशूले तिनीहरूलाई आफ्नो विषयमा कसैलाई केही नभनून् भनी चेतावनी दिनुभयो। तब उहाँले तिनीहरूलाई मानिसका पुत्रले धेरै कष्‍टहरू सहनुपर्छ, अनि प्रधानहरू, मुख्य पूजाहारीहरू अनि व्यवस्थाका शिक्षकहरूबाट तिरष्कृत हुनुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवित भई उठ्नुपर्छ भनी सिकाउन थाल्नुभयो।

शेयर गर्नुहोस्
मर्कूस 8 पढ्नुहोस्

मर्कूस 8:27-31 पवित्र बाइबल (NERV)

येशू र चेलाहरू सिजरिया फिलिप्पीका गाउँहरूमा जानूभयो। बाटोमा जाँदै गर्दा, येशूले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “मानिसहरूले म को हुँ भनी भन्दछन्?” चेलाहरूले उत्तर दिए, “कति मानिसहरूले तपाँईंलाई बप्तिस्मा दिने यूहन्ना भन्छन्। कति मानिसहरूले तपाईंलाई एलिया भन्दछन्। अनि अरू कसैले तपाईंलाई अगमवक्ताहरूमा एकजना हुन् भन्दछन्।” त्यसपछि येशूले तिनीहरूलाई सोधे, “तिमीहरू म को हुँ भनी भन्दछौ?” पत्रूसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ।” येशूले चेलाहरूलाई कडासित भन्नु भयो, “कसैलाई म को हुँ भनेर नभन्नु।” त्यसपछि उहाँले चेलाहरूलाई सिकाउन शुरु गर्नुभयो कि मानिसको पुत्रले धेरै कष्टहरूको सामना गर्नुपर्छ। येशूले तिनीहरूलाई सिकाउनु भयो, कि यहूदी बुढाहरू, मुख्य प्रधानहरू तथा शास्त्रीहरूले मानिसको पुत्रलाई अस्वीकार गर्नेछन्। उहाँले तिनीहरूलाई सिकाउनु भयो, कि मानिसको पुत्र मारिनु पर्छ अनि मरेको तीन दिनपछि बौरी उठ्नेछन्।

शेयर गर्नुहोस्
मर्कूस 8 पढ्नुहोस्

मर्कूस 8:27-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यसपछि येशू चेलाहरूसँग कैसरिया फिलिप्‍पी सहरका वरिपरि भएका गाउँहरूतिर जानुभयो। बाटोमा उहाँले चेलाहरूलाई सोध्‍नुभयो, “मानिसहरूले मलाई को हो भन्‍छन्?” तिनीहरूले भने, “कोही तपाईंलाई बप्‍तिस्‍मा दिने यूहन्‍ना हुन् भन्‍छन् कोही एलिया भन्‍छन् अनि कतिले चाहिँ कुनै एउटा अगमवक्ता होलान् भन्‍छन्।” येशूले सोध्‍नुभयो, “अनि तिमीहरूचाहिँ मलाई को हो भनी भन्‍छौ त?” पत्रुसले जवाफ दिए, “तपाईं मुक्ति दिनुहुने राजा ख्रीष्‍ट नै हुनुहुन्‍छ।” अनि येशूले तिनीहरूलाई “यो कुरा कसैलाई पनि नभन्‍नू,” भनेर कडा आज्ञा दिनुभयो। त्‍यसपछि येशूले चेलाहरूलाई आफ्‍नो बारेमा यसरी बताउन लाग्‍नुभयो, “मानव पुत्रले धेरै दु:ख भोग्‍नुपर्छ। अगुवा, मुख्‍य पूजाहारी र धर्म-गुरुहरूले उसलाई इन्‍कार गर्छन् अनि मार्नेछन्। तर तीन दिनपछि ऊ फेरि मरेकोबाट बिउँतनेछ।”

शेयर गर्नुहोस्
मर्कूस 8 पढ्नुहोस्