मर्कूस 4:30-34
मर्कूस 4:30-34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले फेरि भन्नुभयो, “परमेश्वरका राज्यको तुलना केसँग गरौं? अथवा कुन दृष्टान्तमा यसको व्याख्या गरौं? यो त रायोको बीउको दाना जस्तो छ, जो जमिनमा छरिन्छ। पृथ्वीभरिमा सबै बीउहरूमा साना भए तापनि जब त्यो छरिन्छ, तब त्यो बढ्छ, र सबै सागपातहरूभन्दा त्यो ठूलो हुन्छ, र त्यसले ठूला-ठूला हाँगाहरू हाल्छ, र आकाशका पक्षीहरूले त्यसका छहारीमा गुँड़ लाउँछन्।” तिनीहरूले बुझ्न सकेसम्म उहाँले यस्तै धेरै दृष्टान्तहरू भनेर तिनीहरूलाई वचन सुनाउनुभयो। दृष्टान्तविना उहाँ तिनीहरूसँग बोल्नुभएन, तर आफ्ना निज चेलाहरूलाई उहाँले गुप्तमा सबैको अर्थ खोलिदिनुहुन्थ्यो।
मर्कूस 4:30-34 नेपाली समकालीन संस्करण (NCV)
उहाँले फेरि भन्नुभयो, “हामी परमेश्वरको राज्यको तुलना केसँग गरौं? अथवा यसलाई वर्णन गर्नलाई हामीले कुन दृष्टान्त प्रयोग गरौं? यो एउटा रायोको बीउजस्तो हो, जुन माटोमा रोपिने बीउहरूमध्ये सबभन्दा सानो हुन्छ। तैपनि रोपेपछि यो बढेर बारीमा भएका अरू बोटबिरुवाहरू भन्दा ठूलो हुन्छ, जसका यति ठूला हाँगाहरू हुन्छन् कि, चराचुरुङ्गीहरू यसका छहारीमा बास बस्न सक्छन्।” यस्ता अरू धेरै दृष्टान्तहरूद्वारा येशूले तिनीहरूले बुझ्न सक्नेअनुसार तिनीहरूसित वचनहरू बोल्नुभयो। उहाँले तिनीहरूसित दृष्टान्तहरू प्रयोग नगरी केही भन्नुभएन; तर उहाँ आफ्ना चेलाहरूसित एकलै हुँदा तिनीहरूलाई सबैको अर्थ बताइदिनुहुन्थ्यो।
मर्कूस 4:30-34 पवित्र बाइबल (NERV)
त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य यस्तै हो भनेर हामी के-को दृष्टान्त उपयोग गर्न सक्छौ? यसको वर्णन गर्न कुन दृष्टान्त उपयोग गर्न सक्छौं? परमेश्वरको राज्य रायोको दाना जस्तै हो, रायोको दाना एकदमै सानो बीऊ हो जसलाई भूइँमा छरिन्छ। तर जब तिमीहरूले यसको बीऊ छर्दछौ, यो उम्रदै बढछ, अनि यो तिमीहरूको बगैंचामा सबैभन्दा अग्लो बोट भएर देखा पर्दछ। यसको ठूला-ठूला हाँगाहरू हुन्छन्, जंङ्गली चराचुरूङ्गीहरू आउँदछन् अनि गुँड बनाएर आफूलाई कडा घामबाट जोगउँछन्।” येशूले मानिसहरूलाई सिकाऊन यस्ता थुप्रै दृष्टान्त भन्नुभयो। उहाँले तिनीहरूले जतिसम्म बुझ्दछन् त्यही स्तरसम्म सिकाउनुभयो। मानिसहरूलाई सिकाउनलाई येशूले दृष्टान्त उपयोग गर्नुभयो। तर जब येशू र उहाँका चेलाहरूमात्र एकान्तमा एकत्र भएका हुन्थे, येशूले तिनीहरूलाई सबै कुरा व्याख्या गरिदिनु हुन्थ्यो।
मर्कूस 4:30-34 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“फेरि परमेश्वरको राज्य अरू केसँग दाँजौं? कुन दृष्टान्त भनेर यसबारे बुझाऊँ? यो यस्तो छ। रायोको बीउ संसारमा सबैभन्दा सानो बीउ हो। एउटा मान्छेले त्यो बीउ बारीमा रोप्छ। त्यो केही दिनमै बढेर सागपातहरूमा सबैभन्दा ठूलो बोट हुन्छ। यसले ठूला-ठूला हाँगाहरू फैलाउँछ र चरा-चुरुङ्गी आएर यसको हाँगा-बिँगामा गुँड बनाएर बस्छन्।” मानिसहरूले परमेश्वरको शिक्षा बुझ्न सकून् भनेर येशूले यस्तै धेरै दृष्टान्त बताउनुभयो। मानिसहरूलाई शिक्षा दिनुहुँदा उहाँले दृष्टान्त नभनी सिकाउनुभएन। तर आफ्ना चेलाहरू मात्रै भएको बेलामा चाहिँ उहाँले सबै दृष्टान्तको अर्थ बुझाइदिनुहुन्थ्यो।