YouVersion लोगो
खोज आइकन

मर्कूस 3:28-35

मर्कूस 3:28-35 नेपाली समकालीन संस्करण (NCV)

म तिमीहरूलाई साँच्‍चै भन्दछु, मानिसहरूका सबै पापहरू साथै हरेक निन्दाहरू तिनीहरूका लागि क्षमा हुनेछन्, तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्छ, उसलाई कहिल्यै क्षमा हुनेछैन; ऊ अनन्तसम्म पापको दोषी हुन्छ।” उहाँले यसो भन्‍नुभयो, किनभने तिनीहरूले उहाँलाई “यिनीसित अशुद्ध आत्मा छ” भनेका थिए। तब येशूकी आमा र भाइहरू आइपुगे। तिनीहरू बाहिरै उभिएर उहाँलाई बोलाइदिनु भनेर कसैलाई भित्र पठाए। उहाँको चारैतिर भीड बसिरहेको थियो, अनि तिनीहरूले उहाँलाई भने, “तपाईंकी आमा र भाइहरूले तपाईंलाई बाहिर खोजिरहेका छन्।” उहाँले भन्‍नुभयो, “मेरी आमा र मेरा भाइहरू को हुन्?” तब उहाँले आफ्ना चारैतिर बसेकाहरूलाई हेर्नुभयो अनि भन्‍नुभयो, “मेरी आमा र मेरा भाइहरू यिनीहरू नै हुन्! जसले परमेश्‍वरको इच्छा पालन गर्दछ, त्यो नै मेरो भाइ र बहिनी र आमा हुन्।”

शेयर गर्नुहोस्
मर्कूस 3 पढ्नुहोस्

मर्कूस 3:28-35 पवित्र बाइबल (NERV)

“म तिमीहरूलाई साँच्चो भन्दछु, मानिसहरूले गरेका सबै पापहरू अनि निन्दाहरू क्षमा हुनेछ। तर पवित्र आत्माका विरुद्ध कसैले गरेका खराब कुराहरू कहिल्यै क्षमा हुनेछैन। किनभने उ सधैँ त्यो पापको दोषी बन्नु पर्नेछ।” येशूले यसो भन्नुभयो किनभने शास्त्रीहरूले येशूभित्र दुष्टात्मा रहेको छ भनेका थिए। तब येशूका आमा र भाइहरू आए, उनीहरू बाहिरै खड़ा भएर एकजनालाई येशूलाई बोलउन पठाए। धेरै मानिसहरू येशूको वरिपरि बसेका थिए। तिनीहरूले येशूलाई भने, “तापईका आमा र भाइहरू बाहिर तपाईंलाई पर्खी रहेकाछन्।” येशूले उत्तर दिनु भयो, “को चाँहि मेरा आमा हुन्? को चाँहि मेरा भाइहरू हुन्?” तब येशूले आफ्ना वरिपरि गोलो भएर बसेका मानिसहरूलाई हेर्नुभयो। उहाँले भन्नुभयो, “यी मानिसहरू नै मेरा आमा र भाइहरू हुन। मेरा साँच्चा भाइ बहिनीहरू र आमा तिनीहरूनै हुन् जसले परमेश्वरले चाहे अनुसार कर्म गर्दछन्।”

शेयर गर्नुहोस्
मर्कूस 3 पढ्नुहोस्

मर्कूस 3:28-35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, मानिसहरूका सबै पाप र ईश्‍वर-निन्‍दा क्षमा गरिनेछन्, तर पवित्र आत्‍माको विरुद्धमा निन्‍दा गर्नेलाई कदापि क्षमा हुनेछैन, तर त्‍यो अनन्‍त पापकर्मको दोषी ठहर्छ।’ उहाँले यो वचन भन्‍नुभयो, किनकि “उसमा अशुद्ध आत्‍मा छ” भनी तिनीहरूले भनेका थिए। तब उहाँकी आमा र उहाँका भाइहरू त्‍यहाँ आए, र बाहिरै खड़ा भएर उहाँलाई डाकिपठाए। भीड उहाँको वरिपरि बसिरहेको थियो र तिनीहरूले उहाँलाई भने, “हेर्नुहोस्, तपाईंकी आमा र तपाईंका भाइहरू तपाईंलाई बाहिर खोज्‍दैछन्‌।” उहाँले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो, “मेरी आमा र मेरा भाइहरू को हुन्‌?” अनि आफ्‍नो वरिपरि चारैतिर हेरेर उहाँले भन्‍नुभयो, “हेर, यी नै हुन्‌ मेरी आमा र मेरा भाइहरू। किनकि जसले परमेश्‍वरको इच्‍छा पालन गर्छ त्‍यो नै मेरो भाइ र मेरी बहिनी र मेरी आमा हुन्‌।”

शेयर गर्नुहोस्
मर्कूस 3 पढ्नुहोस्

मर्कूस 3:28-35 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“साँच्‍चै म तिमीहरूलाई भन्‍छु, मानिसले गर्ने सबै पाप र परमेश्‍वरलाई निन्‍दा गर्ने पापसमेत क्षमा हुन सक्‍छ। तर पवित्र आत्‍मालाई निन्‍दा गर्ने पापचाहिँ कहिल्‍यै पनि क्षमा हुनेछैन। त्‍यो मानिस कहिल्‍यै पनि नमेटिने पापको दोषी हुन्‍छ।” तिनीहरूले उहाँलाई भूतात्‍मा चढेको छ भनेका हुनाले येशूले यो कुरा भन्‍नुभएको हो। त्‍यसै बेला येशूका आमा र भाइहरू आइपुगे। तिनीहरूले बाहिरै पर्खेर येशूलाई बोलाउन लगाए। येशूका वरिपरि मानिसको भीड थियो। अनि कसैले उहाँलाई भन्‍यो, “गुरुज्‍यू, तपाईंका आमा र भाइहरूले बाहिर तपाईंलाई बोलाउँदै छन्।” येशूले भन्‍नुभयो, “मेरी आमा र मेरा भाइहरू को हुन्?” अनि उहाँले आफ्‍ना वरिपरि घेरा लागेर बसेका मानिसहरूलाई हेरेर भन्‍नुभयो, “मेरी आमा र मेरा भाइहरू यिनीहरू नै हुन् किनभने परमेश्‍वरको आज्ञापालन गर्नेहरू नै मेरा भाइ, बहिनी र आमा हुन्।”

शेयर गर्नुहोस्
मर्कूस 3 पढ्नुहोस्