मर्कूस 14:55-59
मर्कूस 14:55-59 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब मुख्य पूजाहारी र जम्मै महासभाले येशूलाई मार्नको निम्ति उहाँको विरुद्धमा गवाही खोजे, तर केही पाएनन्। धेरैले उहाँको विरुद्धमा झूटो गवाही दिए। तर तिनीहरूले दिएको गवाहीले मेल खाएन। कसै-कसैले उठेर उहाँको विरुद्धमा यसो भन्दै गवाही दिए, “यसले यसो भनेको हामीले सुन्यौं, ‘मानिसको हातले बनाएको यो मन्दिर म भत्काउनेछु, र हातैविना बनाइएको अर्को मन्दिर म तीन दिनमा निर्माण गर्नेछु’।” तर यसमा पनि तिनीहरूको गवाही एकै मतको थिएन।
मर्कूस 14:55-59 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मुख्य पुजारीहरू र सम्पूर्ण महासभाले येशूलाई मार्नका लागि उहाँको विरुद्धमा प्रमाणहरू खोजिरहेका थिए; तर तिनीहरूले एउटै पनि पाएनन्। धेरैले उहाँको विरुद्धमा झूटो साक्षी दिए, तर तिनीहरूको बयान आपसमा मिलेन। तब केहीले उभिएर उहाँको विरुद्धमा यसरी आफ्नो झूटो साक्षी दिए: “यसले ‘मानिसले बनाएको यो मन्दिरलाई भत्काएर तीन दिनमा, मानिसले नबनाएको अर्को मन्दिर बनाउनेछु’ भनेको हामीले सुन्यौँ।” तर तिनीहरूको गवाही पनि आपसमा मिलेन।
मर्कूस 14:55-59 पवित्र बाइबल (NERV)
मुख्य पूजाहारीहरू, र पूरा यहूदी महासभाले येशूलाई मार्नका निम्ति येशू विरुद्ध झूटो प्रमाण खोजिरहेका थिए। तर तिनीहरूले कुनै त्यस्तो प्रमाण पाएनन्। अनेकौं मानिसहरू आए अनि येशूको विरूद्ध झूटो आरोपहरू लगाए। तर ती प्रमाणहरू एक अर्कामा मिल्दैनथ्यो। त्यसपछि केही मानिसहरू उठे, अनि येशूको विरूद्धमा झूटो साक्षी दिए। तिनीहरूले भने, “हामीहरूले यस मानिसले भनेका सुनेका छौं, ‘मानिसहरूले बनाएको मन्दिर म ध्वंस गरिदिनेछु। त्यसको तीन दिनमा, म अर्को मंन्दिर बनाइदिनेछु जुन मन्दिर मानिसहरूले बनाएको हुँदैन।’” तर यी मानिसहरूले भनेका कुरामा पनि कोही सहमत हुने भएनन्।
मर्कूस 14:55-59 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मुख्य पूजाहारी र सभाका अरू सबै सदस्यहरूले येशूलाई ज्यान सजाय दिनु नै पर्छ भनेर प्रमाण खोज्न लागे। तर तिनीहरूले एउटै प्रमाण पनि फेला पारेनन्। येशूको विरोधमा धेरैले झूटा साक्षी बके, तर कसैको कुरा पनि मिलेन। त्यसपछि कति जनाले उठेर येशूको विरोधमा यस्तो झूटो दोष लगाए, “मानिसले बनाएको यो मन्दिरलाई भत्काएर मानिसले नबनाएको मन्दिर म तीन दिनमै बनाउँछु भनी यसले भनेको हामी आफैंले सुन्यौं।” तैपनि तिनीहरूको बयान मिलेन।