मर्कूस 14:3-16

मर्कूस 14:3-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

उहाँ बेथानियामा सिमोन कुष्‍ठरोगीको घरमा खान बस्‍नुहुँदा एउटी स्‍त्री विशुद्ध जटामसीको बहुमूल्‍य अत्तर सिङ्गमरमरको शीशीमा लिएर आई, र त्‍यो शीशी फुटाएर त्‍यो सुगन्‍धित जटामसीको अत्तर उहाँको शिरमा खन्‍याई। तर कोही-कोहीले रीस गरेर आपसमा भन्‍न लागे, “यो सुगन्‍धित अत्तर किन यसरी नोक्‍सानी गरेको? किनकि यो अत्तर तीन सय चाँदीका सिक्‍काभन्‍दा बढ़ीमा बिक्री गरेर गरीबहरूलाई त्‍यो पैसा दिन सकिन्‍थ्‍यो।” अनि तिनीहरूले त्‍यस स्‍त्रीलाई झपारे। तर येशूले भन्‍नुभयो, “छोडिदेओ, किन तिमीहरू यिनलाई सताउँछौ? यिनले मप्रति असल काम गरेकी छे। किनभने गरीबहरू त तिमीहरूसँग सधैँ हुन्‍छन्, र इच्‍छा लागेको कुनै पनि समय तिमीहरू तिनीहरूको भलाइ गर्न सक्‍छौ। तर म त सधैँ तिमीहरूका साथमा हुँदिनँ। यस स्‍त्रीले जे गर्न सक्‍थी त्‍यही गरेकी छे। यिनले मेरो शरीरको दफनको निम्‍ति अघिबाटै सुगन्‍धित अत्तर घसेर तयार पारेकी छे। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, सारा संसारमा जहाँ-जहाँ यो सुसमाचार प्रचार गरिन्‍छ, यस स्‍त्रीले जे गरेकी छे यिनको सम्‍झनाको लागि यो कार्यको वर्णन गरिनेछ।” तब बाह्र चेलाहरूमध्‍ये एक जना यहूदा इस्‍करियोतचाहिँ येशूलाई तिनीहरूका हातमा पक्राइदिनका निम्‍ति मुख्‍य पूजाहारीहरूकहाँ गयो। तिनीहरू यो सुनेर खुसी भए, र त्‍यसलाई पैसा दिने कबूल गरे। अनि उहाँलाई कसरी पक्राऊँ भनी त्‍यसले अनुकूल मौका खोज्‍न लाग्‍यो। अखमिरी रोटीका चाड़को प्रथम दिनमा, जब तिनीहरूले निस्‍तार-चाड़को थुमा बलिदान चढ़ाउँथे, उहाँका चेलाहरूले उहाँलाई सोधे, “तपाईंको इच्‍छा के छ? हामी कहाँ गएर तपाईंको निम्‍ति निस्‍तार-चाड़को भोज तयार गरौं?” अनि उहाँले आफ्‍ना चेलाहरूमध्‍ये दुई जनालाई यसो भनेर पठाउनुभयो, “सहरमा जाओ, र गाग्रोमा पानी बोकेर लैजाने एक जना मानिसले तिमीहरूलाई भेट्‌नेछ। उसको पछि लाग। त्‍यो मानिस जहाँ पस्‍ला त्‍यस घरका मालिकलाई भन, ‘गुरुज्‍यू भन्‍नुहुन्‍छ, मेरा चेलाहरूसँग निस्‍तार-चाडको भोज खाने मेरो पाहुना कोठा कहाँ छ?’ अनि तिनले तिमीहरूलाई सजिसजाउ गरेर तयार पारिएको माथिल्‍लो तलाको एउटा ठूलो कोठा देखाउनेछन्, र त्‍यहीँ तिमीहरूले हाम्रा निम्‍ति भोज तयार गर।” तब ती चेलाहरू गए, र सहरमा पसे, अनि उहाँले तिनीहरूलाई भन्‍नुभएजस्‍तै भेट्टाए, र तिनीहरूले निस्‍तार-चाड़को भोज तयार गरे।

शेयर गर्नुहोस्
मर्कूस 14 पढ्नुहोस्

मर्कूस 14:3-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

उहाँ बेथानीमा सिमोन कुष्‍ठरोगीको घरमा खानका निम्ति बस्‍नुभएको थियो, त्यही बेला एउटी स्त्री सिङ्गमरमरको एउटा भाँडोमा अति मूल्यवान् जटामसीको अत्तर लिएर आइन्। तिनले त्यो भाँडो फोरिन् र त्यो अत्तर उहाँको शिरमा खन्याइदिइन्। त्यहाँ उपस्थित हुनेहरूमध्ये कसै-कसैले रिस गरेर आपसमा भने, “यो अत्तर किन खेर फालेको? यसलाई त एक वर्षको ज्यालाभन्दा बढी रकममा बेचेर त्यो पैसा गरिबहरूलाई दिन सकिन्थ्यो।” अनि तिनीहरूले त्यस स्त्रीलाई हकारे। येशूले भन्‍नुभयो, “उसलाई छोडिदेओ। तिमीहरू उसलाई किन सताउँछौ? उसले मेरा लागि एउटा असल काम गरेकी छे। गरिबहरू त सधैँ तिमीहरूसित हुनेछन्, र तिमीहरूले तिनीहरूलाई जहिले पनि सहायता गर्न सक्छौ। तर म त तिमीहरूसँग सधैँभरि हुँदिनँ। यसले जे गर्न सक्थी, त्यो गरेकी छे। यसले त मेरो शरीरमा अत्तर खन्याएर दफनको तयारी अगिबाटै गरेकी छे। म तिमीहरूलाई साँच्‍चै भन्दछु, संसारभरि जहाँ-जहाँ सुसमाचार प्रचार गरिन्छ, यस स्त्रीले जे कुरा गरेकी छ, त्यो कुरा पनि उसको सम्झनाका निम्ति बताइनेछ।” तब बाह्र जनामध्ये एक जना यहूदा इस्करियोत मुख्य पुजारीहरूकहाँ येशूलाई तिनीहरूका हातमा पक्राइदिनलाई गयो। यसकारण तिनीहरू यो सुनेर खुशी भए र त्यसलाई पैसा दिने वचन दिए। यसरी त्यसले उहाँलाई तिनीहरूका हातमा पक्राइदिनलाई मौका खोज्न लाग्यो। अखमिरी रोटीको चाडको पहिलो दिन, जब चलनअनुसार निस्तार चाडको थुमा बलिदान गर्नुपर्नेथियो, तब येशूका चेलाहरूले उहाँलाई यसरी सोधे, “हामी कहाँ गएर तपाईंका निम्ति निस्तार चाडको भोज तयार पारौँ भन्‍ने तपाईं चाहनुहुन्छ?” यसकारण उहाँले आफ्ना चेलाहरूमध्ये दुई जनालाई यसो भनेर यरूशलेम पठाउनुभयो, “सहरभित्र जाओ, र गाग्रोमा पानी बोकिरहेको एक जना मानिसले तिमीहरूलाई भेट्नेछ। उसको पछि-पछि जाओ। ऊ जुन घरमा पस्छ, त्यस घरका मालिकलाई भन, ‘गुरुज्यू सोध्नुहुन्छ: मेरो पाहुनाकोठा कहाँ छ, जहाँ म मेरा चेलाहरूसँग निस्तार चाडको भोज खाऊँ?’ उसले तिमीहरूलाई माथिल्‍लो तलामा एउटा ठूलो कोठा देखाउनेछ, जुनचाहिँ सजाएर तयार पारिएको हुनेछ। त्यहाँ नै हाम्रा लागि तयार गर।” ती चेलाहरू सहरभित्र गए र येशूले तिनीहरूलाई भन्‍नुभएझैँ भेट्टाए, र निस्तार चाडको भोज तयार गरे।

शेयर गर्नुहोस्
मर्कूस 14 पढ्नुहोस्

मर्कूस 14:3-16 पवित्र बाइबल (NERV)

येशू बेथानियामा हुनुहुन्थ्यो। सिमोन कुष्ठरोगीको घरमा एउटा मेचमा उहाँ खाना खाँदै हुनुहुनथ्यो त्यसैबेला एउटी स्त्री उहाँकहाँ आई। त्यस स्त्रीले एउटा अति मूल्यावान सिंगमरमरको भुँडुल्को भरि अत्तरको सुग्न्ध भरेर ल्याएकी थिईन्। त्यो सुगन्ध शुद्ध जटामसीद्वारा तयार गरिएको थियो। त्यस पछि त्यस स्त्रीले जारको बिर्को खोली अनि येशूको शिरमा सुगन्ध खन्याइदिई। केही चेलाहरूले यी देखेर रिसाए अनि एक अर्कामा कुरा गर्न थाले। तिनीहरूले भने, “त्यसले किन यो सुगन्ध नष्ट गरेको त्यो अत्तर र्वषभरिको कमाई हो। यसलाई बेच्न सकिन्थ्यो अनि पैसा गरीबलाई दिन सकिन्थ्यो।” अनि तिनीहरूले त्यस स्त्रीको कडा आलोचना गरे। येशूले भन्नुभयो, “त्यस स्त्रीलाई एक्लो छोडिदेऊ। त्यसलाई तिमीहरूले किन दिक्दारी दिइरहेछौ? त्यसले मेरो लागी खूबै राम्रो काम गरी। गरीब मानिसहरू सधैँ तिमीहरूसँग हुनेछन्। तिनीहरूले जतिबेला चाहन्छौ त्यत्तिबेला तिनीहरूलाई मद्दत गर्नसक्छौ। तर म सधैँ तिमीहरूसँग हुने छैन। त्यस स्त्रीले मलाई जे जती गर्न सकी त्यत्ति गरी। त्यसले मेरो शरीरमाथि सुगन्ध छरिदिई। त्यसले मलाई मर्नु अघिनै गाड्नको तयारीका लागि यसो गरी। म तीमीहरूलाई साँच्चो भन्दछु। जहाँ कहीं पनि सारा संसारका मानिसहरूलाई सुसमाचारहरू प्रचार गरिनेछ, सारा जग्गामा सुसमाचारहरू सुनाऊ, त्यस स्त्रीले गरेको कुराहरू पनि उसको संझनाका निम्ति भनिनेछ।” त्यसपछि बाह्रजना प्रेरितहरू मध्ये एकजना चेला मुख्य पूजाहारीहरू भएकाहाँ गयो। यो चेलाको नाम थियो यहूदा इस्कारियोत। यहूदाले येशूलाई तिनीहरूको हातमा सुम्पेको चाहन्थ्यो। मुख्य पूजाहारीहरू यो सुनेर खुबै खुशी थिए। यसकोलागि तिनीहरूले उसलाई जति पनि पैसा दिन तयार थिए। अनि येशूलाई तिनीहरूको हातमा सुम्पन उचित समयको प्रतीक्षा यहूदाले गरिरहेका थिए। यो अखमिरी रोटीको पहिलो दिन थियो। त्यो त्यस्तै समय थियो जुनबेला यहूदी हरूले निस्तारको थुमाहरूलाई बलिदान दिने गदर्थे। येशूको चेलाहरू उहाँकहाँ आए अनि भने, “हामी जानेछौ अनि निस्तार चाडको भोज तयार पार्नेछौं। तपाँईंले हामीहरूले निस्तार चाडाको भोज तयार गरेको चाहनुहुन्छ?” येशूले आफ्नो दुइजना चेलाहरूलाई शहर पठाउनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “शहरमा जाऊ। त्यहाँ एउटा मानिसलाई गाग्रोमा पानी बोकेर आइरहेको भेट्नेछौ। तिनको पछि लाग। त्यो मानिस एउटा घरभित्र पस्नेछ। त्यही घरमा गएर त्यो घरको मालिकसँग भनः ‘गुरूज्यू सौध्नु हुन्छ उहाँ अनि उहाँका चेलाहरू निस्तार चाडको भोज खाने कोठा कहाँ होलान्।’ घर मालिकले तिमीहरूलाई मातिल्लो तलाको ठूलो कोठा देखाउनेछ जो सजाएर तयार पारेको छ। हाम्रा निम्ति त्यहाँ बन्दोबस्त गर।” यसकारण चेलाहरू गए अनि शहरमा पसे येशूले भन्नु भएको जस्तै तिनीहरूले सबै कुराहरू भेट्टाए। यसर्थ तिनीहरूले नै निस्तार चाडको भोज तयार गरे।

शेयर गर्नुहोस्
मर्कूस 14 पढ्नुहोस्

मर्कूस 14:3-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

येशू बेथानिया गाउँमा सिमोन कुष्ठरोगीको घरमा जानुभयो। उहाँले खाइरहँदा एउटी स्‍त्री सिङ्गमरमरको भाँडाभरि धेरै महँगो अत्तर लिएर आइपुगिन्। त्‍यो सकली अत्तर जटामसी भनिने बोटबाट बनाइएको थियो। उनले त्‍यो भाँडो नै फोरेर येशूको टाउकोमा खन्‍याइदिइन्। उनले यसो गरेको सहन नसकेर कति जना मानिसहरूले एक-अर्कालाई भने, “यति महँगो अत्तर किन त्‍यसै खेर फालेको? बरु यसलाई बेचेर त्‍यसबाट आएको पैसा गरीबहरूलाई बाँडिदिएको भए हुन्‍थ्‍यो नि! यो बेचेको भए तीन सयभन्दा पनि बढी चाँदीका सिक्‍का आउनेथियो।” यसरी तिनीहरूले ती स्‍त्रीलाई झपारे। तर येशूले भन्‍नुभयो, “भइहाल्‍यो, किन तिमीहरू यिनलाई कचकच गर्छौ? यिनले मेरो लागि एउटा असल काम गरेकी छन्। गरीबहरू त तिमीहरूसँग सधैँ हुन्‍छन् अनि उनीहरूको जहिले पनि भलाइ गर्न सक्‍छौ! तर म त तिमीहरूसँग सधैँभरि हुँदिनँ। उनले जे गर्न सकिन्, त्‍यही गरिन्। यो अत्तर खन्‍याएर उनले मेरो शरीरलाई म मर्नुभन्दा अघि नै गाड्‍नको लागि तयार पारेकी हुन्। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, संसारभरिमा जहाँ-जहाँ मैले ल्‍याएको सुसमाचार सुनाइनेछ, त्‍यहाँ-त्‍यहाँ यिनले गरेको यस कामको पनि सम्‍झना गरिनेछ।” येशूका बाह्र जना चेलाहरूमध्‍ये यहूदा इस्‍करियोत भन्‍नेले मुख्‍य पूजाहारीहरूकहाँ गएर येशूलाई पक्रेर सुम्‍पिदिने कुरा गर्‍यो। यहूदाको कुरा सुनेर मुख्‍य पूजाहारीहरू एकदमै खुसी भएर उसलाई पैसा दिने कुरा गरे। त्‍यस बेलादेखि यहूदाले येशूलाई पक्राइदिने मौका खोज्‍न लाग्‍यो। खमिर नहालेको रोटी खाने मुक्ति-दिवस चाडको पहिलो दिन आइपुगेको थियो। त्‍यही दिनमा इस्राएलीहरूले भेडाको पाठोलाई बलि दिनेगर्थे। येशूका चेलाहरूले उहाँलाई सोधे, “हामी कहाँ गएर तपाईंको लागि चाडको भोज ठीक पारौं त?” येशूले दुई जना चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरू सहरमा जाओ, त्‍यहाँ तिमीहरूले गाग्रोमा पानी बोकेर एक जना मानिस गइरहेको भेट्‍नेछौ। उसकै पछि-पछि जाओ अनि जुन घरमा ऊ पस्‍छ, त्‍यही घरको मालिकलाई ‘म आफ्‍ना चेलाहरूसँग बसेर मुक्ति-दिवस चाडको भोज खाने कोठा कहाँ छ?’ भनेर गुरुले सोध्‍नुभएको छ भनिदेओ। उनले तिमीहरूलाई माथिल्‍लो तलामा सजिसजाउ पारेको फराकिलो कोठा देखाइदिनेछन्। त्‍यहीं नै हाम्रो लागि भोज ठीकठाक पार।” चेलाहरू सहरमा जाँदा सबै कुरा येशूले भन्‍नुभएजस्‍तै भेटे अनि तिनीहरूले मुक्ति-दिवस चाडको भोज त्‍यहीं नै ठीक पारे।

शेयर गर्नुहोस्
मर्कूस 14 पढ्नुहोस्