YouVersion लोगो
खोज आइकन

मर्कूस 14:12-26

मर्कूस 14:12-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अखमिरी रोटीका चाड़को प्रथम दिनमा, जब तिनीहरूले निस्‍तार-चाड़को थुमा बलिदान चढ़ाउँथे, उहाँका चेलाहरूले उहाँलाई सोधे, “तपाईंको इच्‍छा के छ? हामी कहाँ गएर तपाईंको निम्‍ति निस्‍तार-चाड़को भोज तयार गरौं?” अनि उहाँले आफ्‍ना चेलाहरूमध्‍ये दुई जनालाई यसो भनेर पठाउनुभयो, “सहरमा जाओ, र गाग्रोमा पानी बोकेर लैजाने एक जना मानिसले तिमीहरूलाई भेट्‌नेछ। उसको पछि लाग। त्‍यो मानिस जहाँ पस्‍ला त्‍यस घरका मालिकलाई भन, ‘गुरुज्‍यू भन्‍नुहुन्‍छ, मेरा चेलाहरूसँग निस्‍तार-चाडको भोज खाने मेरो पाहुना कोठा कहाँ छ?’ अनि तिनले तिमीहरूलाई सजिसजाउ गरेर तयार पारिएको माथिल्‍लो तलाको एउटा ठूलो कोठा देखाउनेछन्, र त्‍यहीँ तिमीहरूले हाम्रा निम्‍ति भोज तयार गर।” तब ती चेलाहरू गए, र सहरमा पसे, अनि उहाँले तिनीहरूलाई भन्‍नुभएजस्‍तै भेट्टाए, र तिनीहरूले निस्‍तार-चाड़को भोज तयार गरे। साँझ हुँदा उहाँ बाह्रै जनासँग आउनुभयो। उहाँहरू ढल्‍केर खानुहुँदैगर्दा येशूले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिमीहरूमध्‍ये मसँग खाने एक जनाले मलाई धोका दिनेछ।” तिनीहरू दुःखित भए, अनि पालैपालो उहाँलाई “के त्‍यो म हुँ?” भनी सोध्‍न लागे। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “बाह्रैमध्‍ये एक जना, जसले मसँग थालमा रोटी चोपिरहेछ। किनकि मानिसको पुत्रलाई उसको विषयमा लेखिएबमोजिम हुन्‍छ, तर धिक्‍कार त्‍यस व्‍यक्तिलाई जसद्वारा मानिसको पुत्रलाई धोका हुन्‍छ। त्‍यस मान्‍छेको त जन्‍मै नभएको भए असल हुनेथियो।” अनि खाइरहनुहुँदा येशूले रोटी लिनुभयो, आशीर्वाद दिनुभयो र भाँच्‍नुभयो र तिनीहरूलाई दिँदै भन्‍नुभयो, “लेओ, यो मेरो शरीर हो।” अनि कचौरा लिएर धन्‍यवाद दिनुभएपछि उहाँले तिनीहरूलाई दिनुभयो, र तिनीहरू सबैले त्‍यसबाट पिए। अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्‍ति बगाइन्‍छ। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, म दाखको रसबाट त्‍यस दिनसम्‍म पिउनेछैनँ, जहिलेसम्‍म परमेश्‍वरको राज्‍यमा त्‍यो नयाँ गरी पिउँदिनँ।” अनि एउटा भजन गाएर उहाँहरू निस्‍केर जैतून डाँड़ातिर जानुभयो।

शेयर गर्नुहोस्
मर्कूस 14 पढ्नुहोस्

मर्कूस 14:12-26 नेपाली समकालीन संस्करण (NCV)

अखमीरी रोटीको चाडको पहिलो दिन, जब चलनअनुसार निस्तार चाडको थुमा बलिदान गर्नुपर्नेथियो, येशूका चेलाहरूले उहाँलाई यसरी सोधे, “हामी कहाँ गएर तपाईंको निम्ति निस्तार चाडको भोज तयार पारौं भन्‍ने तपाईं चाहनुहुन्छ?” यसकारण उहाँले आफ्ना चेलाहरूमध्ये दुईजनालाई यसो भनेर यरूशलेम पठाउनुभयो, “शहरभित्र जाओ, अनि गाग्रोमा पानी बोकिरहेको एकजना मानिसले तिमीहरूलाई भेट्नेछ। त्यसको पछि-पछि जाओ। त्यो जुन घरमा पस्छ, त्यस घरका मालिकलाई भन, ‘गुरुज्यू सोध्नुहुन्छ: मेरो पाहुना कोठा कहाँ छ, कहाँ म मेरा चेलाहरूसँग निस्तार चाडको भोज खाऊँ?’ उसले तिमीहरूलाई माथिल्‍लो तलामा एउटा ठूलो कोठा देखाउनेछ, जुनचाहिँ सजाएर तयार पारिएको हुनेछ। त्यहीं हाम्रो लागि तयार गर।” ती चेलाहरू शहरभित्र गए, अनि येशूले तिनीहरूलाई भन्‍नुभएझैं भेट्टाए। यसकारण तिनीहरूले निस्तार चाडको भोज तयार गरे। जब साँझ पर्‍यो, येशू बाह्रै जनासित आइपुग्नुभयो। जब उहाँहरूले टेबुल वरिपरि बसेर खाँदैहुनुहुन्थ्यो, उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूमध्येकै एक जनाले, अर्थात् मसित खाइरहनेहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।” तिनीहरू दुःखित भए, अनि हरेकले पालैसित उहाँलाई भने, “त्यो निश्‍चय म ता होइनँ?” उहाँले भन्‍नुभयो, “त्यो बाह्रजनामध्येको एक हो, जसले रोटी थालमा मसित चोप्दछ। मानिसका पुत्र ता उनको विषयमा लेखिएअनुसार नै जानेछन्, तर धिक्‍कार त्यस मानिसलाई जसले, मानिसको पुत्रलाई धोका दिनेछन्! त्यो ता नजन्मिएकै भए त्यसको लागि असल हुनेथियो।” जब उहाँहरू खाइरहनुभएको थियो, येशूले रोटी लिएर धन्यवाद दिनुभयो, अनि भाँच्नुभयो र यसो भन्दै चेलाहरूलाई दिनुभयो, “यो लेओ; यो मेरो शरीर हो।” त्यसपछि उहाँले कचौरा लिनुभयो, धन्यवाद दिनुभएपछि तिनीहरूलाई दिनुभयो, अनि तिनीहरू सबैले त्यसबाट पिए। तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो करारको मेरो रगत हो, जो धेरैको लागि बहाइन्छ। म साँच्‍चै तिमीहरूलाई भन्दछु, म फेरि दाखको फलबाट त्यो दिनसम्म पिउनेछैनँ, जबसम्म परमेश्‍वरको राज्यमा यसलाई नयाँ गरी पिउँदिनँ।” एउटा भजन गाइसक्नुभएपछि, उहाँहरू त्यहाँबाट निस्केर जैतुन डाँडातिर जानुभयो।

शेयर गर्नुहोस्
मर्कूस 14 पढ्नुहोस्

मर्कूस 14:12-26 पवित्र बाइबल (NERV)

यो अखमिरी रोटीको पहिलो दिन थियो। त्यो त्यस्तै समय थियो जुनबेला यहूदी हरूले निस्तारको थुमाहरूलाई बलिदान दिने गदर्थे। येशूको चेलाहरू उहाँकहाँ आए अनि भने, “हामी जानेछौ अनि निस्तार चाडको भोज तयार पार्नेछौं। तपाँईंले हामीहरूले निस्तार चाडाको भोज तयार गरेको चाहनुहुन्छ?” येशूले आफ्नो दुइजना चेलाहरूलाई शहर पठाउनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “शहरमा जाऊ। त्यहाँ एउटा मानिसलाई गाग्रोमा पानी बोकेर आइरहेको भेट्नेछौ। तिनको पछि लाग। त्यो मानिस एउटा घरभित्र पस्नेछ। त्यही घरमा गएर त्यो घरको मालिकसँग भनः ‘गुरूज्यू सौध्नु हुन्छ उहाँ अनि उहाँका चेलाहरू निस्तार चाडको भोज खाने कोठा कहाँ होलान्।’ घर मालिकले तिमीहरूलाई मातिल्लो तलाको ठूलो कोठा देखाउनेछ जो सजाएर तयार पारेको छ। हाम्रा निम्ति त्यहाँ बन्दोबस्त गर।” यसकारण चेलाहरू गए अनि शहरमा पसे येशूले भन्नु भएको जस्तै तिनीहरूले सबै कुराहरू भेट्टाए। यसर्थ तिनीहरूले नै निस्तार चाडको भोज तयार गरे। साँझमा, येशू आफ्ना बाह्रजना प्रेरितहरू लिएर त्यो घरमा जानुभयो। जब तिनीहरू खाँदै थिए, येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। तिमीहरू बाह्रजना मध्ये एकजानले मलाई विश्वास घात गर्नेछौ। त्यो एकजनाले मसँगै अहिले खाईरहेको छ।” चेलाहरू यो सुनेर खुबै दुःखी भए। तिनीहरू सबैले येशूलाई भने, “निश्चयनै त्यो म होइनः ठीक हो?” येशूले भन्नुभयो, “उ बाह्रजना मध्ये एक हो। उ त्यही हो जसले मसँगै कचौरामा रोटी चोप्दैछ। मानिसको पुत्र जानेछ अनि मर्नेछ। किनकि उनको बारेमा धर्मशास्त्रहरूमा लेखिएको छ। तर त्यस मानिसलाई धिक्कार छ जसद्वारा मानिसको पुत्रलाई विश्वासघात गरिनेछ। बरू पहिल्यै नजन्मेको भए त्यो मानिसलाई यो धेरै राम्रो हुनथियो।” जब उनीहरू खाँदै थिए, येशूले केही रोटी लिनुभयो अनि त्यसको निम्ति परमेश्वरलाई धन्वाद दिनुभयो। तब उहाँले त्यसलाई टुक्रा-टुक्रा पार्नुभयो, अनि आफ्ना चेला हरूलाई दिनुभयो। उहाँले भन्नुभयो, “यो लेऊ यो मेरो शरीर हो।” त्यसपछि येशूले कचौरा लिनुभयो अनि यसको लागि परमेश्वरलाई धन्यवाद दिनुभयो। तब उहाँले त्यो आफ्ना चेलाहरूलाई दिनुभयो। तिनीहरूले कचौराबाट पिए। त्यसपछि येशूले भन्नुभयो, “यो नयाँ करारको मेरो रगत हो। यो रगत धेरै मानिसहरूका निम्ति पोख्याएको हो। म तिमीहरूलाई साँच्चो भन्दछु। म यो दाखको रस फेरि त्यसबेलासम्म पिउँदिन जुनबेला सम्म म परमेश्वरको राज्यमा यसलाई नयाँ पिएको हुँदिनँ।” तब तिनीहरूले भजन गाए अनि उहाँहरू निस्केर जैतून डाँडातिर जानुभयो।

शेयर गर्नुहोस्
मर्कूस 14 पढ्नुहोस्

मर्कूस 14:12-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

खमिर नहालेको रोटी खाने मुक्ति-दिवस चाडको पहिलो दिन आइपुगेको थियो। त्‍यही दिनमा इस्राएलीहरूले भेडाको पाठोलाई बलि दिनेगर्थे। येशूका चेलाहरूले उहाँलाई सोधे, “हामी कहाँ गएर तपाईंको लागि चाडको भोज ठीक पारौं त?” येशूले दुई जना चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरू सहरमा जाओ, त्‍यहाँ तिमीहरूले गाग्रोमा पानी बोकेर एक जना मानिस गइरहेको भेट्‍नेछौ। उसकै पछि-पछि जाओ अनि जुन घरमा ऊ पस्‍छ, त्‍यही घरको मालिकलाई ‘म आफ्‍ना चेलाहरूसँग बसेर मुक्ति-दिवस चाडको भोज खाने कोठा कहाँ छ?’ भनेर गुरुले सोध्‍नुभएको छ भनिदेओ। उनले तिमीहरूलाई माथिल्‍लो तलामा सजिसजाउ पारेको फराकिलो कोठा देखाइदिनेछन्। त्‍यहीं नै हाम्रो लागि भोज ठीकठाक पार।” चेलाहरू सहरमा जाँदा सबै कुरा येशूले भन्‍नुभएजस्‍तै भेटे अनि तिनीहरूले मुक्ति-दिवस चाडको भोज त्‍यहीं नै ठीक पारे। बेलुका येशू बाह्र जना चेलाहरूसँग आइपुग्‍नुभयो। भोज खाँदाखाँदै येशूले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, तिमीहरूकै बीचबाट मसँगै खाने एक जनाले मलाई पक्राइदिनेछ।” यो सुनेर चेलाहरूलाई दु:ख लाग्‍यो र एक-एक गरी उनीहरूले येशूलाई सोधे, “साँच्‍चै मलाई त भन्‍नुभएको होइन?” येशूले भन्‍नुभयो, “तिमीहरू बाह्र जनामध्‍ये एक जना हौ, जसले चाहिँ मसँगै रोटी चोपिरहेको छ। धर्मशास्‍त्रमा लेखिएजस्‍तै मानव पुत्र त जानु नै पर्छ, तर धिक्‍कार त्‍यस मानिसलाई, जसले मानव पुत्रलाई पक्राइदिनेछ! त्‍यसले त बरु जन्‍मै नलिएको भए बेस हुने थियो।” खाइरहेको बेलामा येशूले रोटी लिएर परमेश्‍वरसँग आशीर्वाद मागी टुक्र्याउनुभयो अनि चेलाहरूलाई बाँडिदिंदै भन्‍नुभयो, “यो लेओ, यो मेरो शरीर हो।” त्‍यसपछि उहाँले कचौरा पनि लिनुभयो, परमेश्‍वरलाई धन्‍यवाद चढाएर चेलाहरूलाई दिनुभयो र तिनीहरू सबैले त्‍यसबाट पिए। अनि येशूले भन्‍नुभयो, “यो नयाँ करारको मेरो रगत हो, जो धेरै मानिसहरूका लागि बगाइनेछ। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, परमेश्‍वरको राज्‍यमा नयाँ गरी नपिउञ्‍जेलसम्‍म म फेरि दाखमद्य पिउनेछैनँ।” उनीहरूले एउटा भजन गाएपछि जैतुन डाँडातिर लागे।

शेयर गर्नुहोस्
मर्कूस 14 पढ्नुहोस्