मर्कूस 12:38-44
मर्कूस 12:38-44 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशूले सिकाउँदै भन्नुभयो, “व्यवस्थाका शिक्षकहरूदेखि होसियार बस। तिनीहरू लामो पोशाक पहिरेर यताउता हिँड्न चाहन्छन्। बजारहरूमा आदरको अभिवादन पाउन मन पराउँछन्, र सभाघरहरूमा सबैभन्दा प्रमुख आसन र भोजहरूमा आदरको स्थान लिन मन पराउँछन्। तिनीहरूले विधवाहरूका घरहरू हडप्छन्, र देखाउनका निम्ति लामा-लामा प्रार्थना गर्दछन्। यस्ता मानिसहरूले सबैभन्दा कडा दण्ड पाउनेछन्।” भेटी चढाउने ठाउँको सामु गएर येशू बस्नुभयो र भीडले मन्दिरको दानपेटीमा पैसा हालिरहेका हेर्नुभयो। धेरै धनी मानिसहरूले धेरै मात्रामा रकम चढाइरहेका थिए। तर एउटी गरिब विधवा आएर धेरै कम मूल्य भएको तामाका दुई साना सिक्का चढाई। तब आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, यस गरिब विधवाले दानपेटीमा अरू सबैले भन्दा बढी चढाएकी छे। तिनीहरू सबैले आफ्ना प्रशस्त धनबाट चढाएका छन्, तर यस स्त्रीले त आफ्नो गरिबीबाट सबै थोक, आफ्नो जीविका चलाउने खर्चसमेत नै चढाएकी छे।”
मर्कूस 12:38-44 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब शिक्षा दिनुहुँदा येशूले भन्नुभयो, “शास्त्रीहरूदेखि होशियार रहो। तिनीहरू लामो वस्त्र लाएर यताउता डुल्न र बजारहरूमा अभिवादन पाउन, तथा सभाघरहरूमा प्रमुख स्थान र भोजहरूमा आदरको स्थान पाउन रुचाउँछन्। तिनीहरू विधवाहरूका घर लुट्छन्, तर लोकाचारको लागि लामो-लामो प्रार्थना गर्दछन्। यस्ता मानिसहरूले अझ बढ़ी दण्ड पाउनेछन्।” अनि उहाँ मन्दिरको भेटी चढ़ाउने ठाउँको सामुन्ने बस्नुभयो, र भीड़ले भेटीपात्रमा भेटी चढ़ाएको हेर्नुभयो। धेरै धनी मानिसहरूले ठूला-ठूला रकम चढ़ाए। अनि एउटी गरीब विधवाले आएर तामाका दुई सिक्का, अर्थात् एक पैसा चढ़ाई। आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर उहाँले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, भेटीपात्रमा चढ़ाउनेहरूमध्ये यस गरीब विधवाले सबैभन्दा बढ़ी चढ़ाई। किनभने सबैले आफ्नो-आफ्नो प्रशस्तताबाट चढ़ाए, तर यस स्त्रीले चाहिँ आफ्नो दरिद्रताबाट आफ्नो सारा जीविका नै अर्पण गरी।”

मर्कूस 12:38-44 पवित्र बाइबल (NERV)
येशूले लगातार सिकाउनु भयो। उहाँले भन्नुभयो, “शास्त्रीहरूदेखि होशियार बस। तिनीहरू लामा वस्त्रहरू पहिरिएर आफूलाई प्रमुख देखाउनको निम्ति हिँड्न मन पराउँछन्। अनि तिनीहरू आफूलाई बजारमा हुँदा मानिसहरूले तिनीहरूलाई आदर गरून् भन्ने चाहन्छन्। सभाघरहरूमा पनि तिनीहरूले अति मुख्य ठाउँहरू ओगट्न चाहन्छन्। अनि भोजहरूमा पनि त्यसरी नै आदरका ठाउँहरूमा बस्न चाहन्छन्। तिमीहरू विधवाहरूसँग कप्ट्याइँ गर्दछन् र तिनीहरूलाई लुट्छन्। अनि आफैंले लोकचारको निम्ति लामो लामो प्रार्थनाहरू गर्ने गर्दछन्। परमेश्वरले तिनीहरूलाई धेरै दण्ड दिनुहुनेछ।” येशू मन्दिरको ढुकुटी सामु बस्नुभयो जहाँ आएर मानिसहरूले पैसा चढाउने गर्दथे। उहाँले धेरै धनी मानिसहरूले मन्दिरको ढुकुटीमा धेरै पैसा हालेको हेर्नुभयो। तब एउटी गरीब विधवा आई अनि दुइवटा स-साना ताँमाका सिक्काहरू दिई। ती सिक्काहरूको मूल्य एक पैसा भन्दा कम थियो। येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाउनु भयो। उहाँले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। यो गरीब विधवाले खाली दुइवटा स साना सिक्काहरू चढाई। तर वास्तवमा अरू धनी मानिसहरूले दिएको भन्दा त्यसले धेरै दिई। ती मानिसहरूको धेरै छन्, तर तिनीहरूले आफूलाई नचाहिएको मात्र दिएका छन्। त्यो स्त्री धेरै गरीब छे। तर त्यसले आफूमा भएको सबै नै दिई। अनि त्यसले ती पैसाहरू आफूलाई मद्त पुर्याउनको लागि नै हो भन्ने ठानी।”
मर्कूस 12:38-44 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
फेरि शिक्षा दिंदै येशूले भन्नुभयो, “धर्म-गुरुहरूदेखि होशियार रहो। तिनीहरू लामो सुन्दर वस्त्र लगाएर घुम्न रुचाउँछन्, बजारमा मानिसहरूले आफूलाई आदरसाथ अभिवादन गरून् भन्ने चाहन्छन् अनि सभाघरमा उत्तम र भोजमा ठूलो आदरका ठाउँहरू खोज्छन्। तिनीहरूले विधवाको घरबार खोस्छन् र अझै देखावटी गरेर लामा-लामा प्रार्थना गर्दछन्। त्यस्ताहरूले झन् ठूलो सजाय पाउनेछन्।” येशूले मन्दिरमा दान हाल्ने बाकसनेर बसेर मानिसहरूले पैसा चढाएको हेरिरहनुभएको थियो। धेरै धनी मानिसहरूले धेरै पैसा चढाए। अनि एउटी गरीब विधवा पनि आएर तामाको दुई सिक्का मात्र चढाई। अनि येशूले आफ्ना चेलाहरूलाई डाकेर भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, यस गरीब विधवाले अरू सबै मानिसहरूले भन्दा धेरै भेटी चढाएकी छिन् किनभने अरूले त आफ्नो उब्रिएको धनबाट केही चढाएका हुन्, तर यस विधवाले चाहिँ गरीब भएर पनि उसको जीविका चलाउने भएभरको सबै खर्च चढाएकी छिन्।”