मर्कूस 10:10-12
मर्कूस 10:10-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
घरमा हुँदा चेलाहरूले फेरि यस विषयमा येशूलाई सोधे। उहाँले तिनीहरूलाई भन्नुभयो, “जसले आफ्नी पत्नीसँग विवाहविच्छेद गरेर अर्कीसँग विवाह गर्छ, त्यसले तिनको विरुद्ध व्यभिचार गर्छ। अनि यदि स्त्रीले आफ्नो पतिसँग विवाहविच्छेद गरेर अर्कोसँग विवाह गर्छे भने, तिनले व्यभिचार गर्छे।”
मर्कूस 10:10-12 नेपाली समकालीन संस्करण (NCV)
जब उहाँहरू घरभित्र हुनुहुन्थ्यो, चेलाहरूले येशूलाई यसबारे फेरि सोधे। उहाँले जवाफ दिनुभयो, “जसले आफ्नी पत्नीलाई विवाह-विच्छेद गरेर अर्की स्त्रीसँग विवाह गर्दछ, त्यसले उसको विरुद्धमा व्यभिचार गर्दछ। यदि कुनै स्त्रीले आफ्नो पतिसँग विवाह-विच्छेद गरेर अर्को मानिससँग विवाह गर्दछे भने, त्यसले व्यभिचार गर्दछे।”
मर्कूस 10:10-12 पवित्र बाइबल (NERV)
त्यसपछि, येशू र चेलाहरू एउटा घरभित्र थिए। चेलाहरूले येशूलाई फेरि विवाहविच्छेद बारे सोधे। उहाँले भन्नुभयो, “यदि कुनै मानिसले आफ्नी पत्निसँग विवाह विच्छेद गर्छ, अनि अर्की स्त्रीसँग विवाह गर्छ भने त्यसले आफ्नी पत्नीसँग व्यभिचारको पाप गरेको ठरिन्छ। त्यसरी यदि कुनै स्त्रीले आफ्नो लोग्नेसँग विवाह विच्छेद गर्छे अनि अर्को लोग्नेसँग विवाह गर्छे भने त्यो पनि व्यभिचार हो।”
मर्कूस 10:10-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उहाँहरू घर फर्केपछि चेलाहरूले येशूलाई यस कुराको बारेमा सोधे। उहाँले तिनीहरूलाई भन्नुभयो, “आफ्नी स्वास्नीलाई त्यागेर अर्कीलाई बिहे गर्ने लोग्ने मानिसले पहिलो स्वास्नीको विरुद्धमा व्यभिचार गर्छ। त्यसै गरी आफ्नो लोग्नेलाई त्यागेर अर्कोसित बिहे गर्ने स्वास्नी मानिसले पनि व्यभिचार नै गर्छे।”