मत्ती 7:4-5
मत्ती 7:4-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अथवा तिम्रो आफ्नै आँखामा मूढ़ा छ भने कसरी तिमी तिम्रो भाइलाई भन्न सक्छौ, ‘मलाई तिम्रो आँखाबाट धूलोको कण निकाल्न देऊ।’ ए ढोंगी, पहिले आफ्नै आँखाबाट मूढ़ा निकाल, तब तिम्रो भाइको आँखाबाट धूलोको कण निकाल्नलाई तिमी सफासँग देख्न सक्नेछौ।
मत्ती 7:4-5 नेपाली समकालीन संस्करण (NCV)
जबसम्म तिम्रो आँखाभित्र मुढा रहिरहेको हुन्छ, तब तिमीले आफ्नो भाइलाई कसरी ‘ए भाइ, तिम्रो आँखामा भएको छेस्को म निकालिदिन्छु’ भन्न सक्छौ? ए कपटी, पहिले आफ्नै आँखाबाट मुढा निकाल, अनि पो आफ्नो भाइको आँखाबाट छेस्को निकाल्नलाई तिमीले छर्लङ्ग देख्न सक्छौ।
मत्ती 7:4-5 पवित्र बाइबल (NERV)
अथवा कसरी तिमीले तिम्रो भाइलाई भन्नसक्छौ, ‘मलाई तिम्रो आँखाबाट कसिङ्गर निकाल्नदेऊ,’ जब तिम्रो आफ्नै आँखामा त्यो काठको ठूलो चोइटो रहेकोछ? ए कपटी हो! पहिले तिम्रो आफ्नै आँखामा भएको त्यो ठूलो काठको चोइटो निकाल त्यसपछि मात्र तिमीले आफ्ने भाइको आँखामा भएको कसिङ्गर देख्नेछौ।