मत्ती 7:12-14
मत्ती 7:12-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूसँग त्यस्तै व्यवहार गर, किनभने यही नै व्यवस्था र अगमवक्ताका शिक्षाको सारांश हो। “साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो सजिलो हुन्छ, र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्। किनभने जीवनमा पुर्याउने ढोका साँघुरो हुन्छ र बाटो कठिन हुन्छ, जसले चाहिँ जीवनमा पुर्याउँछ, र त्यो भेट्टाउने थोरै नै हुन्छन्।
मत्ती 7:12-14 नेपाली समकालीन संस्करण (NCV)
यसकारण हरेक कुरामा अरूहरूप्रति त्यही व्यवहार गर, जुन तिमीहरू तिनीहरूबाट चाहन्छौ, किनकि व्यवस्था र अगमवक्ताहरूको सारांश यही हो। “साँघुरो ढोकाबाट भित्र पस। किनकि विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो चौडा हुन्छ: अनि धेरैले त्यसबाट प्रवेश गर्छन्। तर जीवनमा पुर्याउने ढोका सानो र बाटो साँघुरो छ, अनि थोरैले मात्र त्यो भेट्टाउनेछन्।
मत्ती 7:12-14 पवित्र बाइबल (NERV)
“अरू मानिसहरूले तिमीहरूलाई जे जसो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिमीहरूलाई त्यसै गर। यहीनै मोशाको व्यवस्थाको अर्थ र अगमवक्ताहरूको उपदेश हो। “साँघुरो ढोकाबाट भित्र पस, जसले स्वर्गमा पुर्याउँछ। नर्कमा जाने बाटो एकदमै सजिलो छ। अनि ढोका पनि फराकिलो छ। धेरै मानिसहरू त्यसबाट भित्र पस्दछन्। जीवनको बाटोमा लाने ढोका साँघुरो छ अनि बाटो अति कठिन छ। केवल केही मानिसहरूले मात्र त्यो बाटो पैलाउन सक्छन्।
मत्ती 7:12-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“अरूहरूले आफूलाई जे गरिदिएको चाहन्छौ, त्यही नै तिमीहरूले पनि उनीहरूलाई गर। यही नै मोशाका व्यवस्था र अगमवक्ताहरूले भनेका कुराहरू हुन्। “सानो ढोकाबाट भित्र पस किनभने ठूलो ढोका र फराकिलो बाटोले नरकमा पुर्याउँछ। यस बाटोबाट जानेहरू त धेरै हुन्छन्। सानो ढोका र साँघुरो बाटोचाहिँ अप्ठ्यारो हुन्छ, तर यसले नै जीवनमा पुर्याउँछ। यस बाटोलाई भेट्टाउनेहरू त थोरै मात्रै हुन्छन्।