YouVersion लोगो
खोज आइकन

मत्ती 6:8-13

मत्ती 6:8-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यसकारण तिनीहरूजस्‍ता नहोओ। किनभने तिमीहरूले उहाँसँग माग्‍नभन्‍दा अघिबाटै तिमीहरूलाई कुन-कुन कुराको खाँचो छ, सो तिमीहरूका पिता जान्‍नुहुन्‍छ। “तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर: ‘हे हाम्रा पिता, जो स्‍वर्गमा हुनुहुन्‍छ, तपाईंको नाउँ पवित्र होस्‌। तपाईंको राज्‍य आओस्‌। तपाईंको इच्‍छा स्‍वर्गमा जस्‍तो छ, त्‍यस्‍तै यस पृथ्‍वीमा पूरा होस्‌। हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्‌। हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्‍ना अपराधीहरूलाई क्षमा गरेका छौं। हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्‍टबाट छुटाउनुहोस्‌ किनभने राज्‍य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्, आमेन।’

शेयर गर्नुहोस्
मत्ती 6 पढ्नुहोस्

मत्ती 6:8-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तिनीहरूजस्ता नहोओ; किनकि तिमीहरूले माग्नुभन्दा पहिले नै तिमीहरूलाई के चाहिन्छ भन्‍ने कुरा तिमीहरूका पिताले जान्‍नुहुन्छ। “तिमीहरूले चाहिँ यसरी प्रार्थना गर्नू: “ ‘हे हाम्रा स्वर्गमा हुनुहुने पिता, तपाईंको नाम पवित्र गरियोस्। तपाईंको राज्य आओस्, तपाईंको इच्छा स्वर्गमा झैँ यस पृथ्वीमा पूरा होस्। आज हामीलाई हाम्रो दैनिक भोजन दिनुहोस्। हाम्रा अपराधहरू क्षमा गरिदिनुहोस्, जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौँ। हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्‍टदेखि छुटाउनुहोस्। किनभने राज्य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्।’

शेयर गर्नुहोस्
मत्ती 6 पढ्नुहोस्

मत्ती 6:8-13 पवित्र बाइबल (NERV)

त्यस्ता मानिसहरू जस्तो नहोऊ। तिमीहरूले पितासँग माग्नुभन्दा अघि नै तिमीहरूलाई कुन-कुन कुराको खाँचो छ, सो तिमीहरूका पिताले जान्नुहुन्छ। यसैले जतिबेला तिमी प्रार्थना गर्दछौ त्यसबेला यसरी प्रार्थना गर: ‘हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, हामी प्रार्थना गर्दछौं तपाईंको नाउँ सधैँ पवित्र रहोस्। हामी प्रार्थना गर्दछौं, तपाईंको राज्य आओस्, अनि तपाईंको इच्छा स्वर्गमा झैं यस पृथ्वीमा पूरा होस्। आज दिनभरिको भोजन हामीलाई दिनुहोस्। हाम्रा अपराधहरू क्षमा गरिदिनुहोस्। जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं। हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर हामीलाई दुष्टहरूबाट बँचाउनु होस्।’

शेयर गर्नुहोस्
मत्ती 6 पढ्नुहोस्

मत्ती 6:8-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तर तिमीहरूचाहिँ तिनीहरूजस्‍ता नहोओ किनभने माग्‍नुभन्दा पहिले नै तिमीहरूलाई के कुराको खाँचो परेको छ भन्‍ने कुरा स्‍वर्गमा हुनुहुने तिमीहरूका परमेश्‍वर पिताले जान्‍नुहुन्‍छ। तिमीहरूले चाहिँ यसरी प्रार्थना गर्ने गर– “हे स्‍वर्गमा हुनुहुने हाम्रा परमेश्‍वर पिता, तपाईंको नाउँ पवित्र गरियोस्। तपाईंको राज्‍य आओस्, तपाईंको इच्‍छा स्‍वर्गमा पूरा भएजस्‍तै यस पृथ्‍वीमा पनि पूरा होस्। दिनहुँ चाहिने खानेकुरा हामीलाई आज पनि दिनुहोस्, हामीले गरेका पापहरू क्षमा गरिदिनुहोस्, जसरी हामीले पनि हाम्रा विरुद्धमा पाप गर्नेहरूलाई क्षमा गरेका छौं। हामीलाई ठूलो जाँचमा नपार्नुहोस्। तर हामीलाई दुष्‍टबाट जोगाउनुहोस्। [किनभने राज्‍य, पराक्रम र महिमा सधैँको लागि तपाईंकै हुन्। आमेन।]

शेयर गर्नुहोस्
मत्ती 6 पढ्नुहोस्

मत्ती 6:8-13

मत्ती 6:8-13 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्