YouVersion लोगो
खोज आइकन

मत्ती 6:4-6

मत्ती 6:4-6 नेपाली समकालीन संस्करण (NCV)

र तिम्रो दान गुप्‍तमा होस्; ताकि गुप्‍तमा देख्नुहुने तिमीहरूका पिताले तिमीहरूलाई प्रतिफल दिनुहुनेछ। “अनि जब तिमीहरू प्रार्थना गर्दछौ, ती कपटीहरूजस्ता नहोओ, किनकि तिनीहरू अरू मानिसहरूद्वारा देखिनलाई सभाघरहरू अनि सडकहरूमा उभिएर प्रार्थना गर्न मन पराउँछन्। म तिमीहरूलाई यो साँचो कुरा भन्छु, तिनीहरूले आफ्ना प्रतिफल पूरा पाइसकेका छन्। तर जब तिमीहरू प्रार्थना गर्दछौ, आफ्नो कोठामा गएर ढोका बन्द गर, अनि तिमीहरूका गोप्यमा हुनुहुने पितालाई प्रार्थना गर। तब गोप्य रूपमा गरिएका कामहरू देख्नुहुने तिमीहरूका पिताले तिमीहरूलाई प्रतिफल दिनुहुनेछ।

शेयर गर्नुहोस्
मत्ती 6 पढ्नुहोस्

मत्ती 6:4-6 पवित्र बाइबल (NERV)

तिम्रो दान-पुण्य गुप्त रूपमा होस्। गुप्त रुपमा गरेका तिम्रो दान-पुण्य तिम्रा पिताले अवश्यै देख्नु हुनेछ। तब तिम्रा पिताले, जसले गुप्तहरूपमा के गरिएको छ देखनुभएको छ र उहाँले तिमीलाई इनाम दिनुहुनेछ। “जब तिमी प्रार्थना गर्दछौ, तब कपटीहरूले जस्तो नगर। कपटीहरू सभाघरहरूमा र गल्लीहरूमा उभिएर अरूले देखून् भनी प्रार्थना गर्दछन्। म तिमीहरूलाई साँच्चो भन्दछु, यी सबैको इनाम तिनीहरूले पाइसकेका छन्। जब तिमी प्रार्थना गर्दछौ, तिमी आफ्नो भित्री कोठामा पसी ढोका बन्द गर। त्यसपछि तिमी आफ्ना पितासित गुप्तमा प्रार्थना गर। गुप्तरूपमा गरेको सबै कुरा तिम्रा पिताले देख्नुहुनेछ, र तिमीलाई उहाँले इनाम दिनुहुनेछ।

शेयर गर्नुहोस्
मत्ती 6 पढ्नुहोस्

मत्ती 6:4-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

दिँदा सुटुक्‍क देओ अनि सुटुक्‍क दिँदा देख्‍नुहुने परमेश्‍वर पिताले तिमीलाई इनाम दिनुहुनेछ। “तिमीहरू प्रार्थना गर्दा कपटीले जस्‍तो प्रार्थना नगर। तिनीहरू त अरू मानिसले देखून् भनेर सभाघर र बाटोको छेउछाउमा उभिएर प्रार्थना गर्न मन पराउँछन्। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, तिनीहरूले पाउनुपर्ने जति आफ्‍नो इनाम पाइसकेका हुन्‍छन्। तिमीचाहिँ प्रार्थना गर्ने बेलामा कोठाभित्र पसी ढोका थुनेर गुप्‍तमा हुनुहुने तिम्रा परमेश्‍वर पितासँग प्रार्थना गर अनि गुप्‍तमा गरेको काम देख्‍नुहुने पिताले तिमीलाई इनाम दिनुहुनेछ।

शेयर गर्नुहोस्
मत्ती 6 पढ्नुहोस्