मत्ती 6:31-32
मत्ती 6:31-32 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण ‘के खाऔंला?’ कि ‘के पिऔंला?’ कि ‘के पहिरौंला?’ भनेर फिक्री नगर। किनकि अन्यजातिहरूले यी सब थोक खोज्दछन्, र तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्नुहुन्छ।
शेयर गर्नुहोस्
मत्ती 6 पढ्नुहोस्मत्ती 6:31-32 नेपाली समकालीन संस्करण (NCV)
यसकारण ‘हामी के खाऔंला?’ अथवा ‘हामी के पिऔंला?’ अथवा ‘हामी के लगाऔंला?’ भनी फिक्री नगर। किनकि गैरयहूदीहरू पो यस्ता कुराहरूको पछि लाग्दछन्। तिमीहरूका स्वर्गीय पिताले तिमीहरूलाई यी सबै कुराहरू चाहिन्छ भनी जान्नुहुन्छ।
शेयर गर्नुहोस्
मत्ती 6 पढ्नुहोस्मत्ती 6:31-32 पवित्र बाइबल (NERV)
“यसर्थ फिक्री गर्दै यसो नभन, ‘हामी के खाउँला?’ ‘के पिउँला?’ वा हामी ‘के लगाउँला?’ परमेश्वरमा विश्वास नगर्नेहरूले मात्रै यी कुराहरू पाउने इच्छा गर्दछन्। यसकारण फिक्री नगर, किनभने स्वर्गमा बस्नुहुने पिताले तिमीहरूलाई यी सबै थोकको आवश्यक छ भनी जान्नुहुन्छ।
शेयर गर्नुहोस्
मत्ती 6 पढ्नुहोस्