मत्ती 6:28-33
मत्ती 6:28-33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“अनि लुगाफाटाका निम्ति तिमीहरू किन फिक्री गर्दछौ? मैदानका लिली फूललाई हेर, ती कसरी बढ्दछन्। तिनले न परिश्रम गर्दछन्, न धागो कात्छन्। तर म तिमीहरूलाई भन्दछु, सोलोमन राजा पनि आफ्ना सारा वैभवमा तिनीहरूमध्ये एउटा जति आभूषित थिएनन्। आज हुने र भोलि अगेनोमा फालिने घाँसलाई परमेश्वरले यसरी पहिराउनुहुन्छ भने, ए अल्पविश्वासी हो, के तिमीहरूलाई झन् बढ़ी उहाँले पहिराउनुहुनेछैन र? यसकारण ‘के खाऔंला?’ कि ‘के पिऔंला?’ कि ‘के पहिरौंला?’ भनेर फिक्री नगर। किनकि अन्यजातिहरूले यी सब थोक खोज्दछन्, र तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्नुहुन्छ। तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्।
मत्ती 6:28-33 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“अनि लुगाहरूका विषयमा किन फिक्री गर्दछौ? मैदानका लिली फूलहरूलाई हेर, तिनीहरू कसरी बढ्दछन्। तिनीहरूले परिश्रम गर्दैनन्, र धागो पनि कात्दैनन्, तर पनि म तिमीहरूलाई भन्दछु, राजा सोलोमन पनि आफ्नो सारा वैभवमा यी फूलहरूमध्ये एउटा जति पनि सिँगारिएका थिएनन्। यसकारण आज हुने र भोलि आगोमा फालिने मैदानको घाँसलाई त परमेश्वरले यसरी पहिराउनुहुन्छ भने, हे अल्पविश्वासीहरू हो, के उहाँले तिमीहरूलाई अझ बढी पहिराउनुहुनेछैन र? यसकारण ‘हामी के खाऔँला?’ अथवा ‘हामी के पिऔँला?’ अथवा ‘हामी के लगाऔँला?’ भनी चिन्ता नगर। किनकि गैरयहूदीहरू यी कुराहरूका पछि लाग्दछन्। तिमीहरूका स्वर्गीय पिताले तिमीहरूलाई यी सबै कुराहरू चाहिन्छ भनी जान्नुहुन्छ। तर पहिले परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर, र यी सबै कुराहरू तिमीहरूलाई दिइनेछन्।
मत्ती 6:28-33 पवित्र बाइबल (NERV)
“अनि लुगाफाटाको निम्ति तिमीहरू किन फिक्री गर्छौ? बगैँचाको फूलहरूको विचार गर, ती कसरी बढ्छन्। तिनीहरू न ता आफ्नो लागि परिश्रम गर्दछन्, न ता वस्त्रका निम्ति धागो कात्दछन्। तर पनि म तिमीहरूलाई भन्दछु, महान अनि धनी राजा सुलेमान समेतले यी फूलहरू मध्ये एउटा जत्ति पनि सिंगारिएका थिएनन्। यस प्रकार परमेश्वरले जमीनमा झारपात उमारेर सजाउँनु हुन्छ। ती आज देखिन्छ भोलि आगोमा फ्याँकिनेछ र जलाइनेछन्। यसकारण परमेश्वरले नै तिमीहरूलाई अझ राम्ररी लुगाफाटा पहिराइदिनु हुनेछैन र? अल्पविश्वासी हो। “यसर्थ फिक्री गर्दै यसो नभन, ‘हामी के खाउँला?’ ‘के पिउँला?’ वा हामी ‘के लगाउँला?’ परमेश्वरमा विश्वास नगर्नेहरूले मात्रै यी कुराहरू पाउने इच्छा गर्दछन्। यसकारण फिक्री नगर, किनभने स्वर्गमा बस्नुहुने पिताले तिमीहरूलाई यी सबै थोकको आवश्यक छ भनी जान्नुहुन्छ। तिमीहरू अरू थोकभन्दा परमेश्वरको राज्य र उहाँको धार्मिकताको विषयमा इच्छा गर। तब उहाँले तिमीहरूलाई तिमीहरूले चाहेका यी जम्मै कुराहरू दिनुहुनेछ
मत्ती 6:28-33 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“के लगाउने होला भनेर तिमीहरू किन चिन्ता गर्छौ? जङ्गलका लिली फूलहरू बढेको हेर, तिनीहरूले त काम पनि गर्दैनन्, लाउनलाई लुगा पनि बुन्दैनन्। तर म तिमीहरूलाई भन्छु, सोलोमन राजाको त्यत्रो धन-सम्पत्ति छँदाछँदै पनि उनी ती फूलहरू जति सिंगारिन सकेका थिएनन्। आज मौलाउने, अनि भोलि नै ओइलाएर आगोमा फालिने झारलाई पनि परमेश्वरले यसरी सिंगार्नुहुन्छ भने के झन् उहाँले तिमीहरूलाई लगाउने लुगा दिनुहुन्न र? खै त तिमीहरूको विश्वास? “यसकारण के खाऔं, के पिऔं र के लाऔं भनेर चिन्ता नगर। परमेश्वरलाई नचिन्ने अन्यजातिहरूले पो यस्तो चिन्ता गर्छन्। यी सबै कुरा तिमीहरूलाई चाहिन्छ भनेर स्वर्गमा हुनुहुने तिमीहरूका परमेश्वर पितालाई थाहै छ। पहिले परमेश्वरको राज्यको खोजी गर र उहाँका आज्ञाहरू पालन गर अनि उहाँले यी सबै कुरा तिमीहरूलाई थपिदिनुहुनेछ।