मत्ती 6:25-27
मत्ती 6:25-27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“त्यसैकारण म तिमीहरूलाई भन्छु, जीविका चलाउन चाहिने खाने-पिउने, लाउने कुराको बारेमा चिन्ता नगर। के खाने कुराभन्दा जीवन ठूलो र लाउने कुराभन्दा शरीर ठूलो होइन र? आकाशमा उड्ने चराहरूलाई हेर, खै तिनीहरू खेती गर्दैनन्, बाली काट्ने, थन्क्याउने पनि गर्दैनन्। तैपनि स्वर्गमा हुनुहुने तिमीहरूका परमेश्वर पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। ती चरा-चुरुङ्गीहरूभन्दा त तिमीहरू धेरै नै मूल्यवान् छौ, होइन र? तिमीहरूमध्ये कसैले चिन्ता गरेर आफ्नो आयु अलिक लामो बनाउन सक्छौ र?
मत्ती 6:25-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“यसैकारण म तिमीहरूलाई भन्दछु, ‘के खाउँला, के पिउँला’ भनी आफ्नो प्राणको निम्ति र ‘के लगाउँला’ भनी आफ्नो शरीरको निम्ति फिक्री नगर।’ के जीवन खानेकुराभन्दा र शरीर लुगाफाटाभन्दा उत्तम होइन? आकाशका चराचुरुङ्गीलाई हेर। तिनीहरूले न त बीउ छर्छन्, न अन्न कटनी गर्छन्, न भकारीमा बटुल्छन्, तर तिमीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा बढ़ी मूल्यवान् छैनौ र? तिमीहरूमध्ये कुनचाहिँले फिक्री गरेर आफ्नो आयुमा एक घड़ी पनि थप्न सक्छ?
मत्ती 6:25-27 नेपाली समकालीन संस्करण (NCV)
“त्यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनको निम्ति तिमीहरू के खाऔंला वा पिऔंला अथवा आफ्नो शरीरको निम्ति के पहिरौंला भनी चिन्ता नगर। के भोजनभन्दा जीवन बढी महत्त्वपूर्ण अनि लुगाभन्दा शरीर बढी महत्त्वपूर्ण होइन र? आकाशका चराहरूलाई हेर: तिनीहरू न ता छर्दछन्, न कटनी गर्दछन्, न ता भकारीमा बटुल्दछन्, तरै पनि तिनीहरूलाई तिमीहरूका स्वर्गीय पिताले खुवाउनुहुन्छ। तिमीहरू तिनीहरूभन्दा धेरै मूल्यवान् छैनौ र? के तिमीहरूमध्ये कसैले चिन्ता गरेर आफ्नो आयुमा एक क्षण थप्न सक्छ र?
मत्ती 6:25-27 पवित्र बाइबल (NERV)
“यसैले म तिमीहरूलाई भन्दछु, बाँच्नलाई के खानु पर्ने भन्ने विषयमा तिमीहरू चिन्तित हुनु हुँदैन। तिमीलाई शरीको निम्ति चाहिने वस्त्रका विषयमा फिक्री नगर। खानेकुरा भन्दा जीवन धेरै मूल्यवान छ। अनि लुगाफाटा भन्दा शरीर धेरै मूल्यवान छ। आकाशका चरा चुरुङ्गीलाई हेर, तिनीहरूले नता कहिले बीऊनै छर्छन्, न अन्नको फसल काट्छन् न भकारीहरूमा बटुल्छन्। तर तिमीहरू का स्वर्गका पिताले तिनीहरूलाई खुवाउनु हुन्छ। तर तिमीहरूलाई थाहा छ ती चराचरुङ्गीहरू भन्दा तिमीहरू बहुमूल्य छौ। फिक्री मात्र गरेर कसैले पनि आफ्नो आयुमा केही समय बढाउन सक्दैन।