मत्ती 6:16-17
मत्ती 6:16-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“जब तिमीहरू उपवास बस्तछौ, तब ढोंगीहरूजस्ता उदासी चेहरा नदेखाओ। किनकि मानिसहरूलाई उपवास बसेका देखाउनलाई तिनीहरू आफ्ना मोहड़ा अँध्यारा पार्छन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्। तर तिमीचाहिँ उपवास बस्दा आफ्नो शिरमा तेल लगाऊ, र आफ्नो मुख धोऊ।
मत्ती 6:16-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“जब तिमीहरू उपवास बस्दछौ, कपटीहरूजस्ता उदास भएर नबस। किनकि मानिसहरूलाई देखाउनलाई तिनीहरूले आफ्ना अनुहार बिगार्दछन्। म तिमीहरूलाई साँचो कुरा भन्दछु, तिनीहरूले आफ्ना सम्पूर्ण प्रतिफल पाइसकेका छन्। तर जब तिमीहरू उपवास बस्दछौ, तब शिरमा तेल लगाओ र आफ्नो मुख धोओ।
मत्ती 6:16-17 पवित्र बाइबल (NERV)
“जब तिमीहरू उपवास बस्छौ, तब कपटीहरू जस्ता उदासी नबन। कपटीहरूले जस्तो आचरण नगर। आफू उपवास बसेको कुरा मानिसहरूलाई देखाउन तिनीहरू आफ्नो मुखलाई अनौठो देखिने पार्छौ। म तिमीहरूलाई साँच्चो भन्दछु, ती कपटीहरूले पाउने सबै इनाम यही हो। तिमीहरूले इनाम पाइसकेकाछन्। यसर्थ जब तिमीहरू उपवास बस्छौ, आफू राम्रो र असल भएर बस। आफ्नो मुख धोऊ।
मत्ती 6:16-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“नखाईकन उपवास बस्दा कपटीहरूले जस्तो न्याउरो मुख लगाएर नबस। कपटीहरू त उपवास बसेका छौं भनेर अरूलाई देखाउन न्याउरो मुख लाएर बस्छन्। साँच्चै म तिमीहरूलाई भन्छु, तिनीहरूले पाउनुपर्ने पूरै इनाम पाइसकेका हुन्छन्। तिमीचाहिँ उपवास बस्ने बेलामा सधैँजस्तै टाउकोमा तेल लगाई मुख धोएर बस।