मत्ती 5:6-8
मत्ती 5:6-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त हुनेछन्। धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन्। धन्य शुद्ध हृदय हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्।
मत्ती 5:6-8 नेपाली समकालीन संस्करण (NCV)
धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनकि तिनीहरू तृप्त हुनेछन्। धन्य दयावान्हरू, किनकि तिनीहरूले दया पाउनेछन्। धन्य हृदयमा शुद्ध हुनेहरू, किनकि तिनीहरूले परमेश्वरलाई देख्नेछन्।
मत्ती 5:6-8 पवित्र बाइबल (NERV)
धन्य धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने परमेश्वरले तिनीहरूलाई तृप्त पार्नु हुनेछ। धन्य अरू प्रति दया देखाउनेहरू, किनभने तिनीहरूले दया पाउनेछन्। धन्य हृदयमा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्।
मत्ती 5:6-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरको हरेक आज्ञा र इच्छा पूरा होस् भनेर सम्पूर्ण हृदयले तिर्सना गर्नेहरू कति धन्य हुन्! किनभने तिनीहरूको तिर्सना पूरा गरिनेछ। दया गर्नेहरू कति धन्य हुन्! किनभने परमेश्वरले पनि तिनीहरूलाई दया गर्नुहुनेछ। शुद्ध मन हुनेहरू कति धन्य हुन्! किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्।