YouVersion लोगो
खोज आइकन

मत्ती 5:33-37

मत्ती 5:33-37 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“फेरि तिमीहरूले सुनेका छौ, कि प्राचीन समयका मानिसहरूलाई भनिएको थियो, ‘तैंले झूटो शपथ नखा, तर परमप्रभुको निम्‍ति गरिएको शपथ तैंले पूरा गर्‌।’ तर म तिमीहरूलाई भन्‍दछु, शपथ खाँदै नखाओ। स्‍वर्गको नाउँमा शपथ नखाओ, किनकि त्‍यो परमेश्‍वरको सिंहासन हो, न त पृथ्‍वीको, किनकि त्‍यो उहाँको पाउदान हो, न त यरूशलेमको, किनकि त्‍यो महाराजाको सहर हो। आफ्‍नो शिरको शपथ नखाऊ, किनकि तिमीले एउटा केशलाई सेतो कि कालो बनाउन सक्‍दैनौ। तिमीहरूले भनेको वचनचाहिँ ‘हो’ भने ‘हो,’ ‘होइन’ भने ‘होइन’ मात्र होस्‌। यीभन्‍दा बढ़ीचाहिँ दुष्‍टताबाट आउँदछ।

शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्

मत्ती 5:33-37 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“फेरि मानिसहरूलाई धेरै अगि यसो भनिएको तिमीहरूले सुनेका छौ, ‘तिमीहरूले शपथ भङ्ग नगर, तर तिमीहरूले प्रभुसित गरेको शपथ पूरा गर।’ तर म तिमीहरूलाई भन्दछु, शपथ खाँदै नखाओ; न त स्वर्गको नाममा, किनकि त्यो त परमेश्‍वरको सिंहासन हो; न त पृथ्वीको नाममा, किनकि त्यो उहाँको पाउदान हो: न त यरूशलेमको नाममा, किनकि त्यो महान् राजाको सहर हो। अनि तिम्रो शिरको शपथ नखाऊ, किनकि तिमीले एउटै केशलाई पनि सेतो वा कालो बनाउन सक्दैनौ। तर तिमीहरूको वचन ‘हो’ चाहिँ ‘हो’ भन, र ‘होइन’ चाहिँ ‘होइन’ नै भन; यसभन्दा बढ्ताचाहिँ सबै दुष्‍टबाट आउँछ।

शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्

मत्ती 5:33-37 पवित्र बाइबल (NERV)

“फेरि तिमीहरूले सुनेकाछौ, कि हाम्रा प्राचीन समयका पुर्खाहरूलाई यसो भनिएको थियो, ‘जब तिमी शपथ खान्छौ, त्यो प्रतिज्ञा नतोड। परमेश्वरको निम्ति आफ्नो प्रतिज्ञा पूरा गर।’ तर म तिमीहरूलाई भन्दछु, स्वर्गको नाउँमा कसम वा प्रतिज्ञा खाँदै नखाऊ, किनभने स्वर्ग परमेश्वरको सिंहासन हो। पृथ्वीको नाममा पनि कसम नखाऊ, किनभने पृथ्वी परमेश्वरको पाउदान हो। यरूशलेमको नाउँमा कसम नखाऊ, किनभने त्यो महाराजाको शहर हो। अनि आफ्नो शिरको कसम पनि नखाऊ, किनभने तिमी आफ्नो शिरको एउटा केशलाई पनि सेतो वा कालो तुल्याउन सक्दैनौ। यदि तिमी ‘हो’ भने ‘हो’ भन ‘होइन’ भने ‘होइन’ भन। यस भन्दा बढ्ता चाहिं दुष्ट-तर्फबाट भएको हो।

शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्

मत्ती 5:33-37 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“उहिलेका मानिसहरूलाई ‘झूटो शपथ नखानू र परमप्रभुलाई गरेको वाचा पूरा गर्नू’ भनेको तिमीहरूलाई थाहै छ। तर म तिमीहरूलाई भन्‍छु, कुनै कुरामा पनि शपथ खाँदै नखाओ। स्‍वर्गको नाउँ लिएर शपथ खानुहुँदैन किनभने यो परमेश्‍वरको सिंहासन हो। पृथ्‍वीको नाउँ लिएर पनि शपथ खानुहुँदैन, त्‍यो त परमेश्‍वरको पाउदान हो अनि यरूशलेमको नाउँ लिएर पनि शपथ खानुहुँदैन, त्‍यो त स्‍वर्गमा हुनुहुने महाराजाको सहर हो। आफ्‍नो टाउको छोएर पनि शपथ खानुहुँदैन किनभने तिमीहरू आफ्‍नो टाउकोको एउटै केश पनि सेतो वा कालो पार्न सक्‍दैनौ। जे कुरा भन्‍नु छ, हो भने हो, होइन भने होइन भन। त्‍योभन्दा बढी भन्‍नुचाहिँ दुष्‍टका कुरा हुन्।

शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्