मत्ती 5:3-11
मत्ती 5:3-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो। धन्य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्त्वना पाउनेछन्। धन्य नम्रहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त हुनेछन्। धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन्। धन्य शुद्ध हृदय हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। धन्य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्वरका छोराहरू कहलाइनेछन्। धन्य धार्मिकताको निम्ति सताइनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो। “धन्य हौ तिमीहरू, जब मानिसहरूले मेरो खातिर तिमीहरूको निन्दा गर्नेछन् र सताउनेछन्, र झूटा बोलेर तिमीहरूका विरुद्धमा सब किसिमका खराब कुरा भन्नेछन्।
मत्ती 5:3-11 नेपाली समकालीन संस्करण (NCV)
“धन्य आत्मामा दीन हुनेहरू, किनकि स्वर्गको राज्य तिनीहरूकै हो। धन्य शोक गर्नेहरू, किनकि तिनीहरूले सान्त्वना पाउनेछन्। धन्य नम्रहरू, किनकि तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनकि तिनीहरू तृप्त हुनेछन्। धन्य दयावान्हरू, किनकि तिनीहरूले दया पाउनेछन्। धन्य हृदयमा शुद्ध हुनेहरू, किनकि तिनीहरूले परमेश्वरलाई देख्नेछन्। धन्य मेलमिलाप गराउनेहरू, किनकि तिनीहरू परमेश्वरका सन्तान कहलाइनेछन्। धन्य धार्मिकताको निम्ति सतावटमा पर्नेहरू, किनकि स्वर्गको राज्य तिनीहरूकै हो। “तिमीहरू धन्यका हौ जब मानिसहरूले तिमीहरूलाई मेरो कारणले अपमान गर्छन्, खेदो गर्छन् अनि तिमीहरूको विरुद्धमा झूटो बोलेर सबै किसिमका दुष्ट कुराहरू गर्छन्।
मत्ती 5:3-11 पवित्र बाइबल (NERV)
“ती मानिसहरू धन्य हुन् जसले आफूलाई आत्मिक रूपले दरिद्र छौं भनी बुझेका छन्, किनभने स्वर्गको राज्य तिनीहरूकै हो। अहिले शोक गर्नेहरू धन्यकाहुन्, किनभने परमेश्वरले तिनीहरूलाई सान्तवना दिनुहुनेछ। धन्य नम्र हुनेहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। धन्य धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने परमेश्वरले तिनीहरूलाई तृप्त पार्नु हुनेछ। धन्य अरू प्रति दया देखाउनेहरू, किनभने तिनीहरूले दया पाउनेछन्। धन्य हृदयमा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। धन्य मेल-मिलाप गराउनेहरू, किनभने परमेश्वरले तिनीहरूलाई आफ्ना छोरा-छोरी भन्नुहुनेछ। धन्य धार्मिकताको निम्ति सताइएकाहरू, किनभने स्वर्गका राज्य तिनीहरूकै हुनेछ। “धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूको निन्दा गर्नेछन् र खेदो गर्नेछन्। झूटो बोलेर हरेक किसिमका दुष्ट कुरा गरेर तिमीहरूको खेदो गर्नेछन्, किनभने तिमीहरू मेरा चेलाहरू हौ।
मत्ती 5:3-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“आफूलाई आत्मामा गरीब ठान्नेहरू कति धन्य हुन्! किनभने परमेश्वरको राज्य तिनीहरूकै हो। शोक गर्नेहरू कति धन्य हुन्! किनभने परमेश्वरले तिनीहरूलाई मनमा शान्ति दिनुहुनेछ। नम्र हुनेहरू कति धन्य हुन्! किनभने तिनीहरूले पृथ्वीमा अधिकार गर्न पाउनेछन्। परमेश्वरको हरेक आज्ञा र इच्छा पूरा होस् भनेर सम्पूर्ण हृदयले तिर्सना गर्नेहरू कति धन्य हुन्! किनभने तिनीहरूको तिर्सना पूरा गरिनेछ। दया गर्नेहरू कति धन्य हुन्! किनभने परमेश्वरले पनि तिनीहरूलाई दया गर्नुहुनेछ। शुद्ध मन हुनेहरू कति धन्य हुन्! किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। मेलमिलाप गराउनेहरू कति धन्य हुन्! किनभने तिनीहरू परमेश्वरका सन्तान कहलिनेछन्। परमेश्वरको आज्ञाहरू पालन गर्दा खेदोमा पर्नेहरू कति धन्य हुन्! किनभने परमेश्वरको राज्य तिनीहरूकै हो। “मलाई विश्वास गरेकोले मानिसहरूले तिमीहरूलाई दु:ख दिए, निन्दा गरे र तिमीहरूको विरुद्धमा सबै किसिमका नराम्रा कुराहरू बोले भने तिमीहरू धन्य हौ!