YouVersion लोगो
खोज आइकन

मत्ती 5:14-17

मत्ती 5:14-17 पवित्र बाइबल (NERV)

“तिमीहरू संसारका ज्योति हौ जसले संसारलाई उज्यालो पार्छ। डाँडामा बसालिएको नगर अदृष्य रहन सक्तैन। त्यसरीनै मानिसहरूले बत्ती बालेर पाथीमुनि राख्दैनन्। त्यसको सट्टामा तिनीहरूले त्यसलाई सामदानमा राख्छन्। यसरी घरमा भएका सबै मानिसहरूले उज्यालो पाउने छन्। त्यसै गिरी, अरूका निम्ति तिमीहरू पनि उज्यालो बनिदिनु पर्छ। तिमीहरूले गरेका सुकर्महरू मानिहरूले देख्नेछन् र स्वर्गमा बस्नु हुने तिमीहरूका पिताका महिमा गर्नेछन्। “म मोशाको व्यवस्था अथवा अगमवक्ताहरूद्वारा लेखिएको अगमवाणी रद्द गर्न आएको भन्ने नसम्झ, रद्द गर्न होइन, तर पूरा गर्न म आएको हुँ।

शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्

मत्ती 5:14-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“तिमीहरूचाहिँ संसारका ज्‍योति हौ। डाँडामाथि बसालिएको सहर त लुक्‍न सक्‍दैन अनि कसैले पनि बत्ती बालेर पाथीले छोप्‍दैन। बरु घरभरि उज्‍यालो होस् भनेर बत्तीचाहिँ अग्‍लो ठाउँमा राखिन्‍छ। त्‍यसरी नै तिमीहरूको उज्‍यालो पनि अरू मानिसहरूको अगाडि चम्‍कोस् अनि अरूहरूले तिमीहरूले गरेका राम्रा काम देख्‍नेछन् र स्‍वर्गमा हुनुहुने तिमीहरूका परमेश्‍वर पिताको महिमा गर्नेछन्। “मोशाले दिएको व्यवस्था र अगमवक्ताहरूले भनेका कुरा रद्द गर्न म आएको हुँ भन्‍ने नसम्‍झ। म रद्द गर्न होइनँ, तर पूरा गर्न आएको हुँ।

शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्

मत्ती 5:14-17

मत्ती 5:14-17 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्