मत्ती 4:14-16
मत्ती 4:14-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यशैया अगमवक्ताले भनेको वचन यसरी पूरा भयो: “जबूलूनको मुलुक र नप्तालीको मुलुक, यर्दनपार, समुद्रतिर, अन्यजातिहरूको गालील, अन्धकारमा बस्ने मानिसहरूले एउटा ठूलो ज्योति देखेका छन्। मृत्युका छायाको देशमा बस्नेहरूमाथि एउटा ज्योति उदाएको छ।”
मत्ती 4:14-16 नेपाली समकालीन संस्करण (NCV)
यशैया अगमवक्ताले भनेका कुरा पूरा हुनालाई यसो भएको थियो: “यर्दन नदीपारि समुद्रको छेउतिर रहेको जबूलून र नप्तालीको मुलुक, गैरयहूदीहरूको गालील, अन्धकारमा बस्ने मानिसहरूले एउटा ठूलो ज्योति देखेका छन्। मृत्युको छायामा बस्नेहरूमाथि एउटा ज्योति उदाएको छ।”
मत्ती 4:14-16 पवित्र बाइबल (NERV)
येशूले यशैया अगमवक्ताद्वारा बोलिएको यिनै वचनलाई पूरा गर्नका निम्ति यसो गर्नु भयो: “सुन! जबुलून र नप्तालीको मुलुक, यर्दन नदीपारिको क्षेत्र, समुन्द्रको किनारा तिरजाने बाटो, गालील, गैर-यहूदीहरूको मुलुक। जहाँका मानिसहरू आत्मिकि अन्धकारमा थिए, तिनीहरूले एउटा ठूलो ज्योति देखे। अँध्यारो मुलुकमा बस्नेहरूको निम्ति ज्योति चम्कियो। जो मुलुकको चिहान जस्तै ठाउँमा बाँच्न परेको थियो।”
मत्ती 4:14-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसरी यशैया अगमवक्ताले भनेको यो कुरा पूरा भयो। “यर्दनपारि तालतिर जाने बाटोमा भएको जबूलून र नप्ताली कुलका मानिसहरू हो अनि गालीलमा बस्ने अरू जातिका मानिसहरू हो! अन्धकारमा बस्नेहरूले ठूलो उज्यालो देख्नेछन्। मृत्यु र अन्धकारमा परेकाहरू, तिमीहरूमाथि त्यो ठूलो उज्यालो चम्कनेछ।”