YouVersion लोगो
खोज आइकन

मत्ती 4:1-25

मत्ती 4:1-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब दियाबलसद्वारा परीक्षा गरिनलाई पवित्र आत्‍माद्वारा येशू उजाड-स्‍थानमा लगिनुभयो। उहाँ चालीस दिन र चालीस रातसम्‍म उपवास बसिसकेपछि भोकाउनुभयो। तब परीक्षा गर्नेले उहाँकहाँ आएर भन्‍यो, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भने यी ढुङ्गाहरूलाई रोटी होऊन्‌ भनी आज्ञा दिनुहोस्‌।” तर येशूले जवाफ दिनुभयो, “लेखिएको छ, ‘मानिस रोटीले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्‍केको हरेक वचनले जीवित रहँदछ’।” तब दियाबलसले उहाँलाई पवित्र नगरमा लगेर मन्‍दिरको शिरमा खड़ा गरायो, र उहाँलाई भन्‍यो, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भने, यहाँबाट तल हामफाल्‍नुहोस्, किनभने यस्‍तो लेखिएको छ, ‘उहाँले आफ्‍ना दूतहरूको जिम्‍मामा तिमीलाई दिनुहुनेछ र तिनीहरूले तिमीलाई आफ्‍ना हात-हातै थाम्‍नेछन्, नत्रता तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछ’।” येशूले त्‍यसलाई भन्‍नुभयो, “लेखिएको छ, ‘तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरको परीक्षा नगर्नू’।” फेरि दियाबलसले उहाँलाई एउटा अल्‍गो पर्वतमा लगेर संसारका सबै राज्‍य र तिनको वैभव उहाँलाई देखायो, र उहाँलाई भन्‍यो, “तपाईंले घोप्‍टेर मलाई दण्‍डवत्‌ गर्नुभयो भने, यी सबै थोक म तपाईंलाई दिनेछु।” तब येशूले त्‍यसलाई भन्‍नुभयो, “शैतान, तँ दूर होइजा! किनभने लेखिएको छ, ‘तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई दण्‍डवत्‌ गर्नू, र उहाँको मात्र सेवा गर्नू’।” तब दियाबलस उहाँलाई छोड़ेर गयो र स्‍वर्गदूतहरूले आएर उहाँको सेवा-टहल गरे। यूहन्‍ना थुनामा परे भन्‍ने सुनेर येशू गालीलतिर लाग्‍नुभयो, र नासरत छोड़ेर कफर्नहुममा गई त्‍यहाँ वास गर्न लाग्‍नुभयो। यो सहर जबूलून र नप्‍तालीका क्षेत्रमा, समुद्रको किनारमा पर्छ। यशैया अगमवक्ताले भनेको वचन यसरी पूरा भयो: “जबूलूनको मुलुक र नप्‍तालीको मुलुक, यर्दनपार, समुद्रतिर, अन्‍यजातिहरूको गालील, अन्‍धकारमा बस्‍ने मानिसहरूले एउटा ठूलो ज्‍योति देखेका छन्‌। मृत्‍युका छायाको देशमा बस्‍नेहरूमाथि एउटा ज्‍योति उदाएको छ।” त्‍यस बेलादेखि प्रचार गर्दै येशूले भन्‍न लाग्‍नुभयो, “पश्‍चात्ताप गर, किनभने स्‍वर्गको राज्‍य नजिक आइपुगेको छ।” गालील-समुद्रको किनारमा हिँड्‌नुहुँदा उहाँले पत्रुस भन्‍ने सिमोन र तिनका भाइ अन्‍द्रियास, दुवै भाइलाई समुद्रमा जाल हानिरहेका देख्‍नुभयो। तिनीहरू मछुवा थिए। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवा तुल्‍याउनेछु।” तब उत्तिखेरै जालहरू छोड़ेर तिनीहरू उहाँको पछि लागे। त्‍यहाँबाट जाँदाजाँदै उहाँले अर्का दुई भाइ, जब्‍दियाका छोराहरू याकूब र तिनका भाइ यूहन्‍नालाई तिनीहरूका बुबा जब्‍दियासँग डुङ्गामा आफ्‍ना जाल तुनिरहेका देख्‍नुभयो, र उहाँले तिनीहरूलाई बोलाउनुभयो। तब उत्तिखेरै डुङ्गा र तिनीहरूका बाबुलाई छोड़ेर तिनीहरू उहाँको पछि लागे। अनि येशू तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्‍यको सुसमाचार प्रचार गर्दै, र मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक दुर्बलता निको पार्दै सारा गालीलभरि घुम्‍नुभयो। उहाँको कीर्ति सिरियाभरि फिँजियो, र बिरामीहरू, अर्थात्‌ विभिन्‍न प्रकारका रोग र पीडाले सताइएका, भूत लागेका, र छारेरोग लागेका, र पक्षाघात भएकाहरू सबैलाई मानिसहरूले उहाँकहाँ ल्‍याए। उहाँले तिनीहरूलाई निको पार्नुभयो। अनि गालील, डेकापोलिस, यरूशलेम, यहूदिया र यर्दन पारिदेखिका ठूला भीड़हरू उहाँको पछि लागे।

शेयर गर्नुहोस्
मत्ती 4 पढ्नुहोस्

मत्ती 4:1-25 पवित्र बाइबल (NERV)

यसपछि आत्माले येशूलाई मरुभूमिमा लगेर गयो। दुष्टात्माद्वारा परीक्षा गर्नको निम्ति त्यहाँ लगिएको थियो। चालीस दिन र चालीस रात येशूले केही खानु भएन। यसपछि उहाँ भोकाउनु भयो। शैतान येशू कहाँ परीक्षा गर्नलाई आयो र भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनूहुन्छ भने यी ढुङ्गाहरू रोटी होऊन् भनी आज्ञा दिनुहोस्।” जवाफमा येशूले भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएकोछ, ‘मानिस रोटी खाएर मात्र बाँच्दैन। परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ।’” त्यसपछि शैतानले येशूलाई पवित्र शहर यरूशलेममा लग्यो। त्यो दुष्टात्माले येशूलाई मन्दिरको गजूरमाथि राख्यो। शैतानले भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट तल हाम फाल्नुहोस्। किनभने धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘परमेश्वरले तपाईंको निम्ति स्वर्गदूतहरूलाई खटाउनु हुनेछ, अनि तिनीहरूले तपाईंलाई हात-हातमा उचाल्नेछन्, जसद्वारा, तपाईंको खुट्टाहरू ढुङ्गामा बजारिने छैनन्।’” येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यस्तो पनि लेखिएको छ, ‘तैंले परमप्रभु आफ्नो परमेश्वरलाई परीक्षा नगर्नु।’” त्यसपछि शैतानले येशूलाई एउटा अति अल्गो पर्वतमा पुर्यायो। उसले येशूलाई संसारका सबै राज्यहरू, त्यहाँ भएका वैभव देखायो। शैतानले भन्यो, “यदि तपाईंले घोप्टो परेर मलाई दण्डवत् गर्नुभयो भने, यी सब थोक म तपाईंलाई दिनेछु।” येशूले शैतानलाई भनुभयो, “म देखि टाढा भइहाल, शैतान! धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘तैंले परमप्रभु आफ्नो परमेश्वरलाई दण्डवत् गर्नु पर्छ। अनि उहाँकै मात्र सेवा गर्नु पर्छ।’” त्यसपछि शैतानले येशूलाई छोडिदियो। त्यसपछि केही स्वर्गदूतहरू येशूकहाँ आएर उहाँको सेवा-टहल गरे। येशूले यूहन्ना थुनामा परे भन्ने कुरा सुन्नु भयो। त्यसपछि उहाँ गालील तर्फ लाग्नुभयो। येशू नासरतमा बस्नु भएन। उहाँ गालिल झीलको नजिकको कर्फनहुम नगरमा बस्नु भयो। कर्फनहुम, जबुलून अनि नप्तालीका क्षेत्रमा पर्छ। येशूले यशैया अगमवक्ताद्वारा बोलिएको यिनै वचनलाई पूरा गर्नका निम्ति यसो गर्नु भयो: “सुन! जबुलून र नप्तालीको मुलुक, यर्दन नदीपारिको क्षेत्र, समुन्द्रको किनारा तिरजाने बाटो, गालील, गैर-यहूदीहरूको मुलुक। जहाँका मानिसहरू आत्मिकि अन्धकारमा थिए, तिनीहरूले एउटा ठूलो ज्योति देखे। अँध्यारो मुलुकमा बस्नेहरूको निम्ति ज्योति चम्कियो। जो मुलुकको चिहान जस्तै ठाउँमा बाँच्न परेको थियो।” यसै बेलादेखि येशूले प्रचार गर्न थाल्नुभयो। उहाँले भन्नलाग्नुभयो, “तिमीहरू पश्चताप गर अनि आफ्नो रहन-सहन परिवर्तन गर, किनभने, स्वर्गको राज्य नजिक आइपुगेको छ।” गालील झीलका छेउ भएर येशू हिँडिरहनु भएको थियो। उहाँले दुइजना दाज्यू-भाइलाई देख्नुभयो पत्रुस भनिने शिमोन र तिनको भाइ अन्द्रियास दुवै दाज्यू-भाइ माछामार्ने जालहारी थिए। अनि तिनीहरूले समुन्द्रमा जाल हानेर माछा मार्दैं थिए। येशूले भन्नुभयो, “मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका जलहारी बनाउनेछु।” शिमोन र अन्द्रियास दुवैले आफ्नो जालहरू त्यति नै बेला छाडिदिए र येशूको पछिलागे। गालील झील भएर येशू हिंड्दै जानुभयो। उहाँले अरू दुइजना दाज्यू-भाइलाई देख्नुभयो, याकूब र यूहन्ना ती जब्दीका छोराहरू थिए। तिनीहरूले जाल बुन्दै गरेका देख्नु भयो। येशूले ती दुइ दाज्यू-भाइलाई पनि बोलाउनु भयो। तिनीहरूले पनि तुरन्तै आफ्नो डुङ्गा र आफ्नो बाबुलाई छोडेर येशूको पछि लागे। येशूले गालीलका सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूको सभाघरहरूमा सिकाउन लाग्नुभयो अनि स्वर्गको राज्यको बारेमा सुसमाचार प्रचार गर्नुभयो। उहाँले मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरीहरूलाई निको पार्नुभयो। उहाँको कीर्ति सिरियाभरि फिँजियो, अनि मानिसहरूले शारीरिक रूपले रोगी भएका सबै रोगीहरूलाई उहाँकहाँ ल्याउन थाले। ती रोगी मानिसहरू अनेक प्रकारका रोग र कष्टले पीडित थिए। कतिजना मानिसहरू एकदमै नराम्रा रोगले पीडित थिए भने कतिजना भूत-प्रेत र पिशाच लागेकाहरू थिए। कतिजना छारेरोग लागेकाहरू र कतिजना पक्षघात भएकाहरू थिए। येशूले तिनीहरू सबैलाई निको पार्नुभयो। धेरै-धेरै मानिसहरूले उहाँलाई पछ्याउन लागे। ती मानिसहरू गालील, डेकापोलिस यरूशलेम, यहूदिया तथा यर्दन नदी पारिका अन्य इलाकाबाट आएकाहरू थिए।

शेयर गर्नुहोस्
मत्ती 4 पढ्नुहोस्

मत्ती 4:1-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब येशू शैतानद्वारा परीक्षित हुनलाई पवित्र आत्माद्वारा उजाडस्थानमा लगिनुभयो। अनि चालीस दिन र चालीस रात उपवास बसेपछि उहाँ भोकाउनुभयो। परीक्षा गर्नेले उहाँकहाँ आएर यसो भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी भइजा भनी आज्ञा दिनुहोस्।” येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यसो लेखिएको छ: ‘मानिस रोटीले मात्र बाँच्दैन, तर परमेश्‍वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ।’” तब शैतानले उहाँलाई पवित्र सहरमा लग्यो, र उहाँलाई मन्दिरको सबैभन्दा अग्लो ठाउँमा उभ्यायो। अनि उहाँलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने यहाँबाट हाम फाल्नुहोस्; किनकि धर्मशास्त्रमा यसरी लेखिएको छ: “ ‘उहाँले तपाईंको सम्बन्धमा आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ, अनि तिनीहरूले तपाईंलाई तिनीहरूका हातहरूमा उचाल्नेछन्; ताकि तपाईंको खुट्टा ढुङ्गामाथि नबजारियोस्।’” येशूले त्यसलाई जवाफ दिनुभयो, “धर्मशास्त्रमा यसो पनि लेखिएको छ: ‘तैँले प्रभु आफ्ना परमेश्‍वरको परीक्षा नगर्नू।’” फेरि शैतानले उहाँलाई एउटा अति अग्लो पहाडमाथि लगेर संसारका सबै राज्यहरू र तिनीहरूका वैभव देखायो, अनि उहाँलाई भन्यो, “यदि तपाईंले घोप्टो परेर मलाई दण्डवत् गर्नुभयो भने म यी सबै थोक तपाईंलाई दिनेछु।” त्यसपछि येशूले त्यसलाई भन्‍नुभयो, “हे शैतान, तँ मबाट टाढा भइजा! किनकि यसरी लेखिएको छ: ‘तैँले आफ्ना प्रभु परमेश्‍वरलाई दण्डवत् गर्नू, र उहाँको मात्र सेवा गर्नू।’ ” तब शैतान उहाँलाई छोडेर गइहाल्यो। अनि स्वर्गदूतहरू आएर उहाँको सेवाटहल गरे। जब येशूले यूहन्‍ना झ्यालखानामा परेका छन् भनी सुन्‍नुभयो, तब उहाँ गालील प्रदेशमा फर्कनुभयो। नासरत सहरलाई छोडेर उहाँ कफर्नहुममा जानुभयो, जुन जबूलून र नप्‍तालीको इलाकामा समुद्रको किनारमा थियो। यशैया अगमवक्ताले भनेका कुरा पूरा हुनलाई यसो भएको थियो: “यर्दन नदीपारि समुद्रको छेउतिर रहेको जबूलून र नप्‍तालीको मुलुक, गैरयहूदीहरूको गालील, अन्धकारमा बस्‍ने मानिसहरूले एउटा ठूलो ज्योति देखेका छन्। मृत्युको छायामा बस्‍नेहरूमाथि एउटा ज्योति उदाएको छ।” त्यस बेलादेखि येशूले यसो भन्दै प्रचार गर्न लाग्नुभयो, “पश्‍चात्ताप गर; किनकि स्वर्गको राज्य नजिकै आएको छ।” येशू गालील समुद्रको किनारमा हिँडिरहनुभएको समयमा उहाँले दुई भाइहरू, पत्रुस भनिने सिमोन र तिनका भाइ अन्द्रियासलाई देख्नुभयो। तिनीहरू मछुवा भएको कारणले गर्दा तिनीहरूले तालमा जाल हान्दै थिए। येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।” त्यसपछि तुरुन्तै तिनीहरूले आफ्ना जालहरू छोडे, र उहाँको पछि लागे। अनि त्यहाँबाट अगि जाँदै गर्नुहुँदा उहाँले अरू दुई भाइहरू, जब्दीको छोरा याकोब र तिनका भाइ यूहन्‍नालाई देख्नुभयो। तिनीहरू आफ्ना पिता जब्दीसित डुङ्गामा आफ्नो जाल तयार पार्दैथिए। येशूले तिनीहरूलाई बोलाउनुभयो, अनि तुरुन्तै तिनीहरू डुङ्गा र आफ्ना बुबालाई छोडेर उहाँको पछि लागे। येशूले गालील प्रदेशभरि तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूका हरेक रोग र दुर्बलतालाई निको पार्दै जानुभयो। उहाँको कीर्ति सारा सिरियाभरि फिँजियो। अनि मानिसहरूले विभिन्‍न किसिमका रोग लागेकाहरू, कष्‍ट भोगेकाहरू, भूत लागेकाहरू, छारेरोग लागेकाहरू र पक्षघात भएकाहरूलाई उहाँकहाँ ल्याए। अनि उहाँले तिनीहरूलाई निको पार्नुभयो। गालील प्रदेश, डेकापोलिस, यरूशलेम, यहूदिया प्रदेश र यर्दन पारिका हुलका हुल मानिसहरू उहाँको पछि लागे।

शेयर गर्नुहोस्
मत्ती 4 पढ्नुहोस्

मत्ती 4:1-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यसपछि शैतानले येशूको परीक्षा लेओस् भनेर पवित्र आत्‍माले येशूलाई उजाड-स्थानमा लानुभयो। उजाड-स्थानमा येशूले चालीस दिन र चालीस रातसम्‍म केही पनि खानुभएन। त्‍यसो हुँदा उहाँलाई साह्रै भोक लागेको थियो। त्‍यसै बेला शैतानले उहाँकहाँ आएर भन्‍यो, “साँच्‍चै तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भने यी ढुङ्गाहरूलाई रोटी होइजा भन्‍नुहोस्।” येशूले जवाफ दिनुभयो, “धर्मशास्‍त्रमा यस्‍तो लेखिएको छ– खानेकुराले मात्रै मानिस बाँच्‍तैन, तर ऊ परमेश्‍वरको मुखबाट निक्‍लेको हरेक बोलीले बाँच्‍दछ।” त्‍यसपछि शैतानले येशूलाई पवित्र सहर यरूशलेममा लग्‍यो र मन्‍दिरको टुप्‍पोमा पुर्‍याएर भन्‍यो, “यदि साँच्‍चै तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भने लौ यहाँबाट तल हाम फाल्‍नुहोस् किनभने धर्मशास्‍त्रमा यसरी लेखिएको छ– ‘परमेश्‍वरले तिम्रो लागि आफ्‍ना स्‍वर्गदूतहरूलाई खटाउनुहुनेछ र ढुङ्गाले तिम्रा खुट्टामा चोट नलागोस् भनेर तिनीहरूले तिमीलाई हात-हातमै थाम्‍नेछन्’।” येशूले भन्‍नुभयो, “धर्मशास्‍त्रमा यस्‍तो पनि लेखिएको छ– ‘तैँले परमप्रभु आफ्‍ना परमेश्‍वरको जाँच नगर्‌’।” फेरि शैतानले येशूलाई एउटा अग्‍लो पहाडमा लग्‍यो र संसारका सबै राज्‍य र तिनीहरूको चमक देखाउँदै भन्‍यो, “मलाई ढोग्‍नुभयो भने यी सबै राज्‍यहरू तपाईंलाई दिनेछु।” येशूले भन्‍नुभयो, “ए शैतान, यहाँबाट गइहाल्! धर्मशास्‍त्रमा लेखिएको छ– ‘तैँले परमप्रभु आफ्ना परमेश्‍वरलाई मात्र ढोग् र उहाँकै सेवा गर्‌’।” शैतानले येशूलाई छोडेर गयो अनि स्‍वर्गदूतहरू आएर येशूको सेवा गरे। यूहन्‍ना थुनामा परेका छन् भन्‍ने कुरा सुनेर येशू गालीलतिर जानुभयो। तर उहाँ नासरतलाई छोडेर कफर्नहुम सहरमा बस्‍न जानुभयो। कफर्नहुम सहरचाहिँ गालील तालको नजिकै जबूलून र नप्‍ताली कुलका क्षेत्रमा पर्थ्‍यो। यसरी यशैया अगमवक्ताले भनेको यो कुरा पूरा भयो। “यर्दनपारि तालतिर जाने बाटोमा भएको जबूलून र नप्‍ताली कुलका मानिसहरू हो अनि गालीलमा बस्‍ने अरू जातिका मानिसहरू हो! अन्‍धकारमा बस्‍नेहरूले ठूलो उज्‍यालो देख्‍नेछन्। मृत्यु र अन्‍धकारमा परेकाहरू, तिमीहरूमाथि त्‍यो ठूलो उज्‍यालो चम्‍कनेछ।” त्‍यसै बेलादेखि येशूले प्रचार गर्न थालेर यसो भन्‍नुभयो, “आ-आफ्‍नो पापलाई मानिलिएर त्‍यसलाई छोड किनभने परमेश्‍वरको राज्‍य आइसक्‍न लागेको छ।” एक दिन गालील तालको किनारै-किनार हिँडिरहनुहुँदा येशूले दुई जना जलाहारीलाई जाल हानिरहेका देख्‍नुभयो। तिनीहरू पत्रुस भनिने सिमोन र उनका भाइ अन्‍द्रियास थिए। येशूले तिनीहरूलाई भन्‍नुभयो, “मेरो पछि लाग, म तिमीहरूलाई मान्‍छे समात्‍ने जलाहारी बनाउनेछु।” यो सुन्‍नेबित्तिकै तिनीहरूले आफ्‍ना जालहरू छोडेर येशूको पछि लागे। त्‍यसपछि उहाँले जब्‍दियाका दुई छोरा याकूब र यूहन्‍नालाई भेट्‍नुभयो। तिनीहरू आफ्‍ना बुबा जब्‍दियासँग नाउमा बसेर जाल तुन्‍दै थिए। येशूले तिनीहरूलाई पनि बोलाउनुभयो। तब तिनीहरूले तुरुन्‍तै बुबालाई नाउमै छोडेर येशूको पछि लागे। येशू गालील क्षेत्रभरि घुम्‍नुभयो। उहाँ ठाउँ-ठाउँमा भएका सभाघरहरूमा जानुभयो र मानिसहरूलाई शिक्षा दिएर परमेश्‍वरको राज्‍य आइसक्‍न लाग्‍यो भन्‍ने सुसमाचार सुनाउनुभयो। उहाँले भेटे जति किसिम-किसिमका रोग लागेका बिरामीहरूलाई निको पार्नुभयो। त्‍यसो हुँदा गालीलको छेउमा पर्ने सिरिया देशभरि नै उहाँको बारेमा चर्चा चल्‍यो। मानिसहरूले सबै किसिमका रोग र व्‍यथाले सताएका बिरामीहरूलाई उहाँकहाँ ल्‍याए। तिनीहरूमध्‍ये कसैलाई दुष्‍टात्‍मा लागेको थियो, कसैलाई छारे रोग लागेको थियो अनि कोही-कोहीचाहिँ कुँजो थिए। येशूले सबैलाई नै निको पार्नुभयो। धेरै मानिसहरूले उहाँलाई पछ्याए। ती मानिसहरू गालील क्षेत्र, दश सहर भन्‍ने क्षेत्र, यरूशलेम सहर, यहूदिया क्षेत्र र यर्दन नदीको पारिबाट आएका थिए।