मत्ती 4:1-10
मत्ती 4:1-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब दियाबलसद्वारा परीक्षा गरिनलाई पवित्र आत्माद्वारा येशू उजाड-स्थानमा लगिनुभयो। उहाँ चालीस दिन र चालीस रातसम्म उपवास बसिसकेपछि भोकाउनुभयो। तब परीक्षा गर्नेले उहाँकहाँ आएर भन्यो, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी होऊन् भनी आज्ञा दिनुहोस्।” तर येशूले जवाफ दिनुभयो, “लेखिएको छ, ‘मानिस रोटीले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहँदछ’।” तब दियाबलसले उहाँलाई पवित्र नगरमा लगेर मन्दिरको शिरमा खड़ा गरायो, र उहाँलाई भन्यो, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट तल हामफाल्नुहोस्, किनभने यस्तो लेखिएको छ, ‘उहाँले आफ्ना दूतहरूको जिम्मामा तिमीलाई दिनुहुनेछ र तिनीहरूले तिमीलाई आफ्ना हात-हातै थाम्नेछन्, नत्रता तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछ’।” येशूले त्यसलाई भन्नुभयो, “लेखिएको छ, ‘तैंले परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू’।” फेरि दियाबलसले उहाँलाई एउटा अल्गो पर्वतमा लगेर संसारका सबै राज्य र तिनको वैभव उहाँलाई देखायो, र उहाँलाई भन्यो, “तपाईंले घोप्टेर मलाई दण्डवत् गर्नुभयो भने, यी सबै थोक म तपाईंलाई दिनेछु।” तब येशूले त्यसलाई भन्नुभयो, “शैतान, तँ दूर होइजा! किनभने लेखिएको छ, ‘तैंले परमप्रभु आफ्ना परमेश्वरलाई दण्डवत् गर्नू, र उहाँको मात्र सेवा गर्नू’।”
मत्ती 4:1-10 नेपाली समकालीन संस्करण (NCV)
तब येशू शैतानद्वारा परीक्षित हुनालाई पवित्र आत्माद्वारा उजाडस्थानमा लगिनुभयो। अनि चालीस दिन र चालीस रात उपवास बसेपछि उहाँ भोकाउनुभयो। परीक्षा गर्नेले उहाँकहाँ आएर भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, यी ढुङ्गाहरूलाई रोटी भइजाऊन् भनी भन्नुहोस्।” येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यसो लेखिएको छ: ‘मानिस रोटीले मात्र बाँच्दैन तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले मात्र बाँच्दछ।’ ” तब शैतानले उहाँलाई पवित्र शहरमा लग्यो अनि उहाँलाई मन्दिरको सबैभन्दा अग्लो ठाउँमा उभ्यायो। अनि भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट हाम फाल्नुहोस्। किनकि धर्मशास्त्रमा यसरी लेखिएको छ: “ ‘उहाँले तपाईंको सम्बन्धमा आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ, अनि तिनीहरूले तपाईंलाई तिनीहरूका हातमा उचाल्नेछन्, ताकि तपाईंको खुट्टा कुनै ढुङ्गामाथि नबजारियोस्।’ ” येशूले त्यसलाई जवाफ दिनुभयो, “धर्मशास्त्रमा यसो पनि लेखिएको छ: ‘तैंले प्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू।’ ” फेरि शैतानले उहाँलाई एउटा अति अग्लो पर्वतमा लगेर संसारका सबै राज्यहरू अनि तिनीहरूका वैभव देखायो, अनि भन्यो, “यदि तपाईंले घोप्टेर मलाई दण्डवत् गर्नुभयो भने, म यी सबै तपाईंलाई दिनेछु।” त्यसपछि येशूले त्यसलाई भन्नुभयो, “हे शैतान, तँ मबाट टाढा भइजा! किनकि यसरी लेखिएको छ: ‘तैंले आफ्ना प्रभु परमेश्वरलाई दण्डवत् गर्नू र उहाँको मात्र सेवा गर्नू।’ ”
मत्ती 4:1-10 पवित्र बाइबल (NERV)
यसपछि आत्माले येशूलाई मरुभूमिमा लगेर गयो। दुष्टात्माद्वारा परीक्षा गर्नको निम्ति त्यहाँ लगिएको थियो। चालीस दिन र चालीस रात येशूले केही खानु भएन। यसपछि उहाँ भोकाउनु भयो। शैतान येशू कहाँ परीक्षा गर्नलाई आयो र भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनूहुन्छ भने यी ढुङ्गाहरू रोटी होऊन् भनी आज्ञा दिनुहोस्।” जवाफमा येशूले भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएकोछ, ‘मानिस रोटी खाएर मात्र बाँच्दैन। परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ।’” त्यसपछि शैतानले येशूलाई पवित्र शहर यरूशलेममा लग्यो। त्यो दुष्टात्माले येशूलाई मन्दिरको गजूरमाथि राख्यो। शैतानले भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट तल हाम फाल्नुहोस्। किनभने धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘परमेश्वरले तपाईंको निम्ति स्वर्गदूतहरूलाई खटाउनु हुनेछ, अनि तिनीहरूले तपाईंलाई हात-हातमा उचाल्नेछन्, जसद्वारा, तपाईंको खुट्टाहरू ढुङ्गामा बजारिने छैनन्।’” येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यस्तो पनि लेखिएको छ, ‘तैंले परमप्रभु आफ्नो परमेश्वरलाई परीक्षा नगर्नु।’” त्यसपछि शैतानले येशूलाई एउटा अति अल्गो पर्वतमा पुर्यायो। उसले येशूलाई संसारका सबै राज्यहरू, त्यहाँ भएका वैभव देखायो। शैतानले भन्यो, “यदि तपाईंले घोप्टो परेर मलाई दण्डवत् गर्नुभयो भने, यी सब थोक म तपाईंलाई दिनेछु।” येशूले शैतानलाई भनुभयो, “म देखि टाढा भइहाल, शैतान! धर्मशास्त्रमा यस्तो लेखिएको छ
मत्ती 4:1-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि शैतानले येशूको परीक्षा लेओस् भनेर पवित्र आत्माले येशूलाई उजाड-स्थानमा लानुभयो। उजाड-स्थानमा येशूले चालीस दिन र चालीस रातसम्म केही पनि खानुभएन। त्यसो हुँदा उहाँलाई साह्रै भोक लागेको थियो। त्यसै बेला शैतानले उहाँकहाँ आएर भन्यो, “साँच्चै तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी होइजा भन्नुहोस्।” येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ– खानेकुराले मात्रै मानिस बाँच्तैन, तर ऊ परमेश्वरको मुखबाट निक्लेको हरेक बोलीले बाँच्दछ।” त्यसपछि शैतानले येशूलाई पवित्र सहर यरूशलेममा लग्यो र मन्दिरको टुप्पोमा पुर्याएर भन्यो, “यदि साँच्चै तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने लौ यहाँबाट तल हाम फाल्नुहोस् किनभने धर्मशास्त्रमा यसरी लेखिएको छ– ‘परमेश्वरले तिम्रो लागि आफ्ना स्वर्गदूतहरूलाई खटाउनुहुनेछ र ढुङ्गाले तिम्रा खुट्टामा चोट नलागोस् भनेर तिनीहरूले तिमीलाई हात-हातमै थाम्नेछन्’।” येशूले भन्नुभयो, “धर्मशास्त्रमा यस्तो पनि लेखिएको छ– ‘तैँले परमप्रभु आफ्ना परमेश्वरको जाँच नगर्’।” फेरि शैतानले येशूलाई एउटा अग्लो पहाडमा लग्यो र संसारका सबै राज्य र तिनीहरूको चमक देखाउँदै भन्यो, “मलाई ढोग्नुभयो भने यी सबै राज्यहरू तपाईंलाई दिनेछु।” येशूले भन्नुभयो, “ए शैतान, यहाँबाट गइहाल्! धर्मशास्त्रमा लेखिएको छ– ‘तैँले परमप्रभु आफ्ना परमेश्वरलाई मात्र ढोग् र उहाँकै सेवा गर्’।”