YouVersion लोगो
खोज आइकन

मत्ती 28:11-15

मत्ती 28:11-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

जब ती स्‍त्रीहरू बाटैमा थिए, कोही-कोही पहरादारहरू सहरमा गएर मुख्‍य पूजाहारीलाई त्‍यहाँ भएका घटनाहरूका बारेमा खबर दिए। जब मुख्‍य पूजाहारीहरू धर्म-गुरुहरूसँग भेला भए, तिनीहरूले सल्‍लाह गरे, र सिपाहीहरूलाई यसो भनेर धेरै पैसा दिए, “तिमीहरूले भन्‍नू, कि ‘हामी सुतिरहेको बेला त्‍यसका चेलाहरू आएर त्‍यसलाई चोरेर लगेछन्‌।’ कतै हाकिमको कानमा यो कुरा पुगिहाल्‍यो भने, हामी उहाँलाई मनाएर तिमीहरूलाई जोगाइदिनेछौं।” तब तिनीहरूले सो पैसा लिए, र सिकाएबमोजिम गरे, र यहूदीहरूमा आजको दिनसम्‍म यही कुरा फैलिएको छ।

शेयर गर्नुहोस्
मत्ती 28 पढ्नुहोस्

मत्ती 28:11-15 नेपाली समकालीन संस्करण (NCV)

ती स्त्रीहरू बाटोमा छँदै, पहरादारहरूमध्ये कतिले शहरमा गएर जे भएको थियो, प्रत्येक कुरा मुख्य पूजाहारीहरूलाई भनिदिए। जब मुख्य पूजाहारीहरूले प्रधानहरूलाई भेटे, तब एउटा योजना बनाए। तिनीहरूले सिपाहीहरूलाई धेरै घूस दिए, अनि भने, “तिमीहरूले ‘उहाँका चेलाहरूले राती हामी सुतेको बेला आएर उहाँलाई चोरेर लगे’ भन्‍नू। यदि यो खबर हाकिमकहाँ पुग्यो भने हामी तिनलाई सन्तुष्‍ट पार्नेछौं, र तिमीहरूलाई विपत्तिमा पर्न दिनेछैनौं।” यसकारण ती सिपाहीहरूले घूस लगे, अनि तिनीहरूलाई अह्राएबमोजिम गरे। अनि यो कथा यहूदीहरूबीच आजसम्म पनि फैलिएको छ।

शेयर गर्नुहोस्
मत्ती 28 पढ्नुहोस्

मत्ती 28:11-15 पवित्र बाइबल (NERV)

तिनीहरू त्यहाँ उहाँका चेलाहरूलाई भन्न हिंडे। केही समयपछि चिहानलाई पहरा दिइरहेका सैनिकहरू शहरमा गए। तिनीहरू प्रमुख पूजाहारीहरूकहाँ गए अनि तिनीहरूलाई सम्पूर्ण घट्ना बारे सुनाए। तब मुख्य पूजाहारीहरू अनि यहूदी अगुवाहरू भेला भएर सर-सल्लाह गरे। तिनीहरूले सैनिकहरूलाई घुस दिने योजना मिलाए। तिनीहरूले सैनिकहरूलाई भने, “मानिसहरूलाई भन्नू कि राती हामी निदाइरहेको बेला येशूका चेलाहरू आएर उहाँको लाश लिएर गए। कतै बडा हाकिमको कानमा यो खबर पुग्यो भने हामी उहाँलाई मनाएर तिमीहरूलाई कुनै पनि अप्ठेरोबाट मुक्त गर्नेछौं।” तब तिनीहरूले सो पैसा लिए अनि पूजाहारीहरूले भने बमोजिम काम गरे। तिनीहरूको उखान यहूदीहरू माझ फैलियो अनि तिनीहरू माझ अहिले सम्म पनि त्यो कुरा प्रचलित छ।

शेयर गर्नुहोस्
मत्ती 28 पढ्नुहोस्

मत्ती 28:11-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

ती स्‍वास्‍नी मानिसहरू गइसकेपछि चिहानमा पहरा दिने केही सिपाहीहरू पनि सहरतिर गए र चिहानमा भएका सबै कुराहरू मुख्‍य पूजाहारीहरूलाई सुनाए। मुख्‍य पूजाहारीहरूले अरू अगुवाहरूसँग मिलेर “अब के गर्ने?” भनेर सल्‍लाह गरे अनि तिनीहरूले सिपाहीहरूलाई पैसा दिएर भने, “तिमीहरूले ‘राती हामी निदाएको बेलामा येशूका चेलाहरूले आएर उसको लाश चोरेर लगेछन्’ भन्‍नू है। रोमी बडा-हाकिमले सुनेछन् भने हामी उनीसँग कुरा मिलाउँछौं। तिमीहरूले यसको बारेमा केही चिन्‍ता गर्नुपर्दैन।” ती पहरा दिनेहरूले पैसा लिएर मुख्‍य पूजाहारीहरूले सिकाएजस्‍तै भने। यो कुराचाहिँ यहूदीहरूको बीचमा अहिलेसम्‍म पनि फैलिरहेको छ।

शेयर गर्नुहोस्
मत्ती 28 पढ्नुहोस्