YouVersion लोगो
खोज आइकन

मत्ती 27:1-5

मत्ती 27:1-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

बिहान सबेरै, सबै मुख्‍य पूजाहारीहरू र जनताका धर्म-गुरुहरूले येशूलाई मृत्‍युदण्‍ड दिन भनी उहाँको विरुद्धमा सरसल्‍लाह गरे। अनि तिनीहरूले उहाँलाई बाँधेर लगे, र हाकिम पिलातसकहाँ सुम्‍पिदिए। तब उहाँलाई पक्राउने यहूदाले उहाँमाथि दण्‍डाज्ञा भएको देखिकन पछुतो गर्‍यो, र मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरूलाई चाँदीका तीस सिक्‍का फिर्ता दिन ल्‍यायो, र भन्‍यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु।” तर तिनीहरूले भने, “हामीलाई के मतलब? तँ आफै जान्‌।” तब चाँदीका ती सिक्‍काहरू मन्‍दिरमा फ्‍याँकेर त्‍यो गयो, र त्‍यसले झुण्‍डेर आत्‍महत्‍या गर्‍यो।

शेयर गर्नुहोस्
मत्ती 27 पढ्नुहोस्

मत्ती 27:1-5 नेपाली समकालीन संस्करण (NCV)

एकाबिहानै सबै मुख्य पूजाहारीहरू र जनताका प्रधानहरूले येशूलाई मार्ने निर्णय गरे। तिनीहरूले उहाँलाई बाँधेर लगे, र राज्यपाल पिलातसको हातमा सुम्पिदिए। जब उहाँलाई धोका दिने यहूदाले येशूलाई दण्डको आज्ञा दिइएको देख्यो, ऊ पछुतोले भरियो। अनि तीसओटा चाँदीका सिक्‍काहरू मुख्य पूजाहारीहरू र प्रधानहरूलाई फर्काइदियो, अनि भन्यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु।” तिनीहरूले जवाफ दिए, “हामीलाई यसको के मतलब? यो ता तिम्रो जिम्मेवारी हो।” यसकारण यहूदाले त्यो पैसा मन्दिरमा फ्याँकिदियो र बाहिर निस्कियो। तब ऊ टाढा गयो, अनि आफू झुण्डिएर मर्‍यो।

शेयर गर्नुहोस्
मत्ती 27 पढ्नुहोस्

मत्ती 27:1-5 पवित्र बाइबल (NERV)

भोलिपल्ट बिहानै, सबै मुख्य पूजाहारीहरू यहूदी प्रधानहरूले येशूलाई मार्न आपसमा सरसल्लाह गरे। तिनीहरूले येशूलाई साङ्गलाले बाँधे। त्यसपछि उहाँलाई बडा हाकिम पिलातस कहाँ पुर्याए। तिनीहरूले येशूलाई पिलातसकहाँ सुम्पिदिए। यहूदाले येशूलाई मृत्यू दण्ड दिएको थाहापायो। यहूदा एकजना थिए जसले येशूलाई विश्वासघात गर्ने त्यो नै थियो। यहूदालाई पछुतो लाग्यो अनि उसले तीसवटा चाँदीका सिक्का मुख्य पूजाहारीहरू र बुढा यहूदी नेताहरू कहाँ फर्काइ दियो। यहूदाले भन्यो, “मैले पाप गरें, मैले एकजना निर्दोष मानिसहलाई मार्न ल्याएँ।” यहूदी अगुवाहरूले भने, “हामीलाई यसको वास्ता छैन। यो तिम्रो समस्या हो, हाम्रो होइन।” यसकारण यहूदाले चाँदीका जम्मै सिक्काहरू मन्दिरभित्र फालिदिए। त्यसपछि यहूदाले त्यो ठाउँ छाड्यो अनि आफैं झुण्डिएर आत्महत्या गर्यो।

शेयर गर्नुहोस्
मत्ती 27 पढ्नुहोस्

मत्ती 27:1-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

बिहानीपख मुख्‍य पूजाहारी र अरू अगुवाहरूले येशूलाई मार्ने निधो गरे अनि तिनीहरूले उहाँलाई बाँधेर रोमी बडा-हाकिम पिलातसकहाँ लगेर सुम्‍पिदिए। येशूलाई ज्‍यान सजाय दिएको कुरा सुनेर पक्राइदिने यहूदालाई पश्‍चात्ताप लाग्‍यो। त्‍यसले ती चाँदीका तीस सिक्‍का लिई मुख्‍य पूजाहारी र अरू अगुवाहरूकहाँ गएर भन्‍यो, “मैले अपराध गरें, निर्दोष मानिसलाई मार्नलाई पक्राइदिएँ।” तिनीहरूले जवाफ दिए, “त्‍यसको हामीलाई के मतलब? त्‍यो त तिम्रो कुरा पो हो।” यो सुनेर यहूदाले त्‍यो पैसा मन्‍दिरभित्र फ्‍याँकिदियो अनि त्‍यहाँबाट गएर त्‍यो झुण्‍डिएर मर्‍यो।

शेयर गर्नुहोस्
मत्ती 27 पढ्नुहोस्