YouVersion लोगो
खोज आइकन

मत्ती 26:38-42

मत्ती 26:38-42 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो प्राण गहिरो शोकले मरेतुल्‍य भएको छ। तिमीहरू यहीँ बस, र मसँग जागा रहो।” अनि उहाँले अलि अगाडि गएर लम्‍पसार परी प्रार्थना गर्नुभयो, “हे मेरा पिता, हुन सक्‍छ भने, यो कचौरा मबाट हटोस्‌। तरै पनि मैले इच्‍छा गरेबमोजिम होइन, तर तपाईंले इच्‍छा गर्नुभएबमोजिम होस्‌।” तब उहाँ चेलाहरूकहाँ आएर तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो, र पत्रुसलाई भन्‍नुभयो, “के तिमीहरू मसँग एक घण्‍टा पनि जागा बस्‍न सकेनौ? जागा रहो, प्रार्थना गर, र परीक्षामा नपर। आत्‍मा त साँच्‍चै तयार छ, तर शरीर दुर्बल छ।” फेरि दोस्रो पल्‍ट गएर उहाँले प्रार्थना गर्नुभयो, “मेरा पिता, मैले यो नपिई हुँदैन भने तपाईंकै इच्‍छा पूरा होस्‌।”

शेयर गर्नुहोस्
मत्ती 26 पढ्नुहोस्

मत्ती 26:38-42 नेपाली समकालीन संस्करण (NCV)

तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो प्राण दुःखले मरेतुल्य भएको छ। यहीं बस र मसित जागा रहो।” अलि पर गएर उहाँले भुइँमा घोप्टो परेर प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यदि सम्भव भए यो कचौरा मदेखि हटाइयोस्, तरै पनि मेरो इच्छा होइन, तर तपाईंकै इच्छाअनुसार होस्।” तब उहाँ आफ्ना चेलाहरूकहाँ फर्कनुभयो अनि तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो। उहाँले पत्रुसलाई सोध्नुभयो, “के तिमीहरू मसित एक घण्टा पनि जागा रहन सकेनौ? जागा रहो अनि प्रार्थना गर, ताकि तिमीहरू परीक्षामा नपर। आत्मा त तयार छ, तर शरीर कमजोर छ।” उहाँ दोस्रोपल्ट पर जानुभयो अनि प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यदि मैले नपिइकन यो कचौरा हटाइनु सम्भव छैन भने, तपाईंको इच्छा पूरा होस्।”

शेयर गर्नुहोस्
मत्ती 26 पढ्नुहोस्

मत्ती 26:38-42 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

उहाँले चेलाहरूलाई भन्‍नुभयो, “मेरो मन दु:खले छटपटाएर मुटु नै फुट्लाजस्‍तो भइरहेछ। तिमीहरूचाहिँ जागा भई यहाँ बसेर मलाई साथ देओ।” उहाँचाहिँ अलिक पर गएर भूइँमा घोप्‍टो परी यसो भन्‍दै प्रार्थना गर्न लाग्‍नुभयो, “हे मेरा पिता, हुन सक्‍छ भने यो दु:खको घुट्को मबाट हटाइदिनुहोस्। तरै पनि मेरो इच्‍छा त होइन, तपाईंकै इच्‍छा पूरा होस्।” येशू उठेर तीन जना चेलाहरू भएको ठाउँमा फर्केर आउनुहुँदा तिनीहरू निदाइरहेका भेट्टाउनुभयो। येशूले पत्रुसलाई भन्‍नुभयो, “के तिमीहरू एक घण्‍टा पनि मेरो लागि जागै बस्‍न सक्‍दैनौ? तिमीहरू ‘आइपर्ने जाँचको बेला पापमा नफसौं’ भनी जागै बसेर प्रार्थना गर। साँच्‍चै आत्‍माचाहिँ तयार छ, तर शरीर भने कमजोर छ।” फेरि गएर येशूले दोस्रोपल्‍ट यसो भनेर प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यो दु:खको घुट्को मैले नलिई नहुने भए, तपाईंकै इच्‍छा पूरा होस्।”

शेयर गर्नुहोस्
मत्ती 26 पढ्नुहोस्

मत्ती 26:38-42 पवित्र बाइबल (NERV)

येशूले पत्रुस र जब्दीका दुइ छोराहरूलाई भन्नुभयो, “मेरो आत्मा दु:खै दु:खले भरिएको छ। मेरो प्राण गहिरो शोकले मरे तुल्य भएको छ। तिमीहरू यहाँ मसँग बस अनि पर्ख।” अनि येशू तिनीहरू देखि केही पर जानुभयो। येशू भूईमा घोप्टो परेर प्रार्थना गर्न लाग्नुभयो, “मेरा पिता, सम्भव भए मलाई यातनाको यो प्याला नदिनुहोस्। तर यो मैले ईच्छा गरे अनुसार होइन तपाईंको ईच्छा अनुसार होस्।” त्यसपछि येशू आफ्ना चेलाहरू भएकहाँ फर्किनुभयो। येशूले तिनीहरूलाई मस्त निदाइरहेको पाउनुभयो। येशूले पत्रुसलाई भन्नुभयो, “तिमी मेरो निम्ति एक घण्टा पनि जागा बस्न सक्दैनौ? जागा बस अनि प्रार्थना गर, जसद्वारा तिमी परीक्षामा पर्ने छैनौ। तिम्रो आत्मा तयार छ तर तिम्रो शरीर कमजोर छ।” त्यसपछि येशू फेरि दोस्रोपटक जानुभयो अनि प्रार्थना गर्न लाग्नु भयो, “मेरो पिता, यदि मैले यसलाई नपिएसम्म यो यातनाको प्याला मबाट हटाइन सम्भव नभए तपाईंले चाहनु भए जस्तै हुन दिनु होस्।”

शेयर गर्नुहोस्
मत्ती 26 पढ्नुहोस्