मत्ती 26:1-28
मत्ती 26:1-28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब येशूले यी सबै कुराहरू बोलिसक्नुभयो, तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरूलाई थाहा भएझैँ निस्तार चाड आउन अब दुई दिन मात्र छ, र मानिसको पुत्रलाई क्रूसमा चढाइनको लागि सुम्पिइनेछ।” तब मुख्य पुजारीहरू र जनताका प्रधानहरू, कैयाफा नाम भएका प्रधान पुजारीको महलमा भेला भए। तिनीहरूले येशूलाई छल गरेर पक्रने र मार्ने षड्यन्त्र गरे। तिनीहरूले भने, “तर चाडको समयमा होइन, नत्रता मानिसहरूमा दङ्गा मच्चिन्छ।” येशू बेथानीमा सिमोन नाम भएका कुष्ठरोगीको घरमा हुनुहुँदा, एउटी स्त्री सिङ्गमरमरको एउटा भाँडोमा अति मूल्यवान् अत्तर लिएर आइन्, र उहाँ खान बस्नुभएको बेला उहाँको शिरमाथि खन्याइन्। जब चेलाहरूले यो देखे, तिनीहरू रिसाए। तिनीहरूले भने, “यसलाई किन खेर फालेको? यो अत्तर धेरै दाममा बेचेर त्यो पैसा गरिबहरूलाई दिन सकिन्थ्यो।” त्यो थाहा पाएर येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू यस स्त्रीलाई किन सताउँछौ? त्यसले मेरो लागि एउटा असल काम गरेकी छिन्। गरिबहरू त सधैँ तिमीहरूसित हुनेछन्, तर तिमीहरूले मलाई त सधैँ पाउनेछैनौ। जबकि यसले यो अत्तर मेरो शरीरमा खन्याएर मलाई गाड्नका निम्ति तयारी गरिन्। म तिमीहरूलाई साँच्चै भन्दछु, संसारभरि जहाँ-जहाँ यो सुसमाचार प्रचार गरिन्छ; यस स्त्रीले जे कुरा गरेकी छिन्, त्यो कुरा पनि उसको सम्झनाका निम्ति बताइनेछ।” त्यसपछि बाह्र जनामध्येको एक जना, जसलाई यहूदा इस्करियोत पनि भनिन्छ, ऊ मुख्य पुजारीहरूकहाँ गयो, र सोध्यो, “यदि मैले येशूलाई तपाईंहरूका हातमा सुम्पिदिएँ भने तपाईंहरूले मलाई के दिनुहुन्छ?” तब तिनीहरूले उसको लागि तीस वटा चाँदीका सिक्काहरू दिए। त्यस बेलादेखि यहूदाले उहाँलाई पक्राइदिनलाई मौका खोज्न लाग्यो। अखमिरी रोटीको चाडको पहिलो दिन चेलाहरू येशूकहाँ आएर सोधे, “हामी कहाँ गएर तपाईंका निम्ति निस्तार चाडको भोज तयार पारौँ भन्ने तपाईं चाहनुहुन्छ?” उहाँले जवाफ दिनुभयो, “सहरमा कुनै मानिसकहाँ जाओ र उनलाई भन, ‘गुरुले यसो भन्नुभएको छ: मेरो तोकिएको समय नजिकै छ। म मेरा चेलाहरूसित तिम्रो घरमा निस्तार चाड मान्नेछु।’ ” चेलाहरूले येशूले तिनीहरूलाई आज्ञा गर्नुभएबमोजिम गरे; र निस्तार चाडको भोज तयार गरे। 53 जब साँझ पर्यो, येशू बाह्रै जनासित टेबुलमा खाइरहनुभएको थियो। उहाँहरूले खाइरहनुभएको बेला उहाँले यसो भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।” तिनीहरू अति दुःखी भए, र एकपछि अर्को गर्दै तिनीहरूले उहाँलाई भने, “प्रभु, कतै त्यो म त होइनँ?” येशूले जवाफ दिनुभयो, “जसले आफ्नो हात मसित कचौरामा चोपेको छ, त्यसले मलाई धोका दिनेछ। मानिसको पुत्र त उसको विषयमा लेखिएअनुसार जानु नै पर्छ, तर धिक्कार त्यस मानिसलाई, जसले मानिसको पुत्रलाई धोका दिनेछ! त्यो मानिस नजन्मिएकै भए त्यसको लागि असल हुनेथियो।” तब उहाँलाई धोका दिने यहूदाले भन्यो, “हे गुरु, कतै त्यो म त होइनँ?” येशूले जवाफ दिनुभयो, “तिमी आफैँले भन्यौ।” जब उहाँहरू खाइरहनुभएको थियो, तब येशूले रोटी लिएर धन्यवाद दिनुभयो; अनि भाँच्नुभयो र यसो भन्दै चेलाहरूलाई दिनुभयो, “लेओ र खाओ; यो मेरो शरीर हो।” त्यसपछि उहाँले कचौरा लिनुभयो, र धन्यवाद दिएर यसो भन्दै तिनीहरूलाई दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ। यो करारको मेरो रगत हो, जो धेरैको पापहरूको क्षमाका लागि बहाइन्छ।
मत्ती 26:1-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशूले यी सबै कुरा भनिसक्नुभएपछि आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरूलाई थाहा छ, अबको दुई दिनपछि निस्तार-चाड आउँछ, अनि मानिसको पुत्र क्रूसमा टाँगिनलाई पक्राइनेछ।” तब कैयाफा नामक प्रधान पूजाहारीको दरबारमा मुख्य पूजाहारीहरू र जनताका धर्म-गुरुहरू भेला भए। र तिनीहरूले येशूलाई कसरी छलसित पक्रने र मार्ने भनी मतो गरे। तर तिनीहरूले भने, “चाड़को बेलामा होइन। नत्रता मानिसहरूमा खैलाबैला हुनेछ।” येशू बेथानियामा सिमोन कुष्ठरोगीको घरमा हुनुहुँदा, एउटी स्त्री सिङ्गमरमरको एउटा शीशीमा बहुमूल्य अत्तर लिएर उहाँकहाँ आई, र उहाँ खान बस्नुहुँदा तिनले त्यो उहाँको शिरमा खन्याई। यो देखेर चेलाहरूलाई रीस उठ्यो, र तिनीहरूले भने, “केको निम्ति यत्रो नोक्सानी? किनकि यो अत्तर धेरै दाममा बिक्री गरेर त्यो पैसा गरीबहरूलाई दिन सकिन्थ्यो।” तर येशूले यो थाहा पाएर तिनीहरूलाई भन्नुभयो, “तिमीहरू यस नारीलाई किन दुःख दिन्छौ? तिनले त मेरो निम्ति एउटा असल काम गरेकी छिन्। किनकि गरीबहरू तिमीहरूसँग सधैँ हुन्छन्। तर म तिमीहरूसँग सधैँ हुन्नँ। तिनले यो अत्तर मेरो शरीरमा खन्याएर दफनको निम्ति मलाई तयार गरेकी हुन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, सारा संसारमा जहाँ यो सुसमाचार प्रचार गरिन्छ, यस नारीले जे गरिन् त्यसको चर्चा तिनको सम्झनाको लागि गरिनेछ।” तब बाह्रमध्ये एक जना यहूदा इस्करियोत भन्नेचाहिँ मुख्य पूजाहारीहरूकहाँ गयो, र भन्यो, “यदि मैले उहाँलाई तपाईंहरूका हातमा पक्राइदिएँ भने, मलाई के दिनुहुन्छ?” तिनीहरूले त्यसलाई चाँदीका तीस सिक्का दिए। त्यसै बखतदेखि यहूदाले उहाँलाई पक्राइदिने मौका खोज्न थाल्यो। अब अखमिरी रोटीको चाड़को पहिलो दिन चेलाहरूले येशूकहाँ आएर भने, “तपाईंको निम्ति निस्तार-चाड़को भोज खाने प्रबन्ध हामी कहाँ गरौं?” उहाँले भन्नुभयो, “सहरमा एक जना मानिसकहाँ जाओ, र तिनलाई भन, ‘गुरुज्यू भन्नुहुन्छ, मेरो बेला नजिक आएको छ। म आफ्ना चेलाहरूसँग तिम्रो घरमा निस्तार-चाड मान्नेछु’।” तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाड़को प्रबन्ध मिलाए। साँझ भएपछि उहाँ बाह्रै चेलाहरूसँग खान बस्नुभयो। उहाँहरूले खाइरहनुभएको बेला उहाँले भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूमध्ये एक जनाले मलाई पक्राइदिनेछ।” तब तिनीहरू साह्रै दुःखित भएर प्रत्येकले उहाँलाई सोध्न लागे, “प्रभु, के त्यो म हुँ?” अनि उहाँले भन्नुभयो, “जसले मसँगै थालमा रोटी चोपेको छ, त्यसैले मलाई पक्राइदिनेछ। मानिसको पुत्र त उसको विषयमा धर्मशास्त्रमा लेखेबमोजिम जानेछ। तर धिक्कार त्यस मानिसलाई, जसद्वारा मानिसको पुत्र पक्राइनेछ। त्यो मानिस त नजन्मिएकै भए त्यसको निम्ति असल हुनेथियो।” तब उहाँलाई पक्राइदिने यहूदाले सोध्यो, “गुरुज्यू, के त्यो म हुँ?” उहाँले त्यसलाई भन्नुभयो, “तिमी आफैले भन्यौ।” तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो।” तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ। किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ।
मत्ती 26:1-28 पवित्र बाइबल (NERV)
येशूले यी सबैकुरा भनिसकेपछि आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरूलाई थाहै छ दुइ दिनपछि निस्तार-चाड शुरू हुनेछ। त्यसै दिन मानिको पुत्रलाई क्रूसमा टाग्नलाई शत्रुहरू कहाँ सुम्पिइनेछ।” तब मुख्य पूजाहारीहरू र यहूदी प्रधान, अगुवाहरू पूजाहारीको ठाउँमा भेला भए। प्रधान पूजाहारीको नाम कैयाफा थियो। त्यस सभामा येशूलाई कसरी पक्रिने भन्ने उपाय तिनीहरूले निकाले। तिनीहरूले केही झूटो निहुँ गरेर येशूलाई पक्रिने र मार्ने निश्चय गरे। तिनीहरूले भने, “निस्तार-चाडको दिनमा हामी येशूलाई पक्रन सक्दैनौ। हामी मानिसहरू रिसाएको र दङ्गा गरेको चाहँदैनौ।” येशू बेथानीमा हुनुहुन्थ्यो। उहाँ कुष्टरोगी शिमोनको घरमा हुनुहुन्थ्यो। जतिबेला येशू त्यहाँ हुनुहुन्थ्यो, एउटी आईमाई उहाँ कहाँ आइन्। उनीसँग बहुमूल्य अत्तर भरिएको एउटा सङ्गमर्मरको भुँडुल्को थियो। येशूले खाँदैगर्नु भएको बेला तिनले येशूको शिरमा त्यो सुगन्धित अत्तर खन्याइन्। चेलाहरूले त्यो देखे र आईमाईसँग रिसाए। चेलाहरूले सोधे, “यो अत्तर किन नष्ट गरेको? यसलाई धेरै दाममा बेचेर गरीबहरूलाई दिन सकिन्थ्यो।” येशूले यी सब थाहा पाउनुभयो। येशूले भन्नुभयो, “तिमीहरूले यिनलाई किन दिक्दारी दिन्छौ? यिनले मेरो निम्ति असल कार्य गरेकी छिन्। ती गरीब मानिसहरू सदा तिमीहरू साथ छन्। तर म सधैँ तिमीहरूको साथ रहिरहने छैन। यिनले मेरो शरीरभरि अत्तर छरिदिइन् यिनले मलाई म मरे पछि मृत-संस्कारको निम्ति तयार पारेकी हुन्। म तिमीहरूलाई साँच्चो भन्दछु। यो सुसमाचार सारा संसारमा प्रचार गरिनेछ। अनि प्रत्येक ठाउँमा यी स्त्रीले गरेको सु-कार्यहरूलाई पनि बताइन्छ। अनि मानिसहरूले यिनलाई सधैँ सम्झने छन्।” त्यसपछि बाह्रजना चेलाहरूमध्ये एकजना मुख्य पुजाहारीहरूकहाँ गयो। त्यो चेलाको नाउँ यहूदा इस्करयोती थियो। यहूदाले भन्यो, “म तिमीहरूको हातमा येशूलाई सुम्पनेछु। यसको लागि मलाई कति पैस दिन्छौ?” पूजाहारीहरूले त्यसलाई चाँदीका तीस वटा सिक्का दिए। त्यसबेलादेखि यहूदाले येशूलाई सुम्पिदिने मौका खोज्न लाग्यो। अखमिरी रोटीको पहिले दिन, चेलाहरू येशूकहाँ आए। चेलाहरूले भने, “निस्तार-चाडको भोजन गर्न हामी तपाईंलाई तयार पारिदिन्छौ। हामीले कहाँ खान तयार गरेका तपाईं चाहनु हुन्छ?” येशूले भन्नुभयो, “शहरतिर जाऊ। मैले चिनेको मानिसको घरमा जाऊ। उसलाई गुरूले यसो भन्नु भएको छ भनेर भन, ‘मेरो तोकिएको समय अति नजिक आएको छ। म निस्तार चाडको भोजन मेरो सबै चेलाहरूसित तिम्रो घरमा खानेछु।’” चेलाहरूले येशूको आज्ञा अनुसार सबैकाम गरिदए। तिनीहरूले निस्तार-चाडको भोज तयार पारे। जब साँझ भयो, येशू आफ्ना चेलाहरूसाथ खानामा बस्नु भएको थियो। तिनीहरू सबैले भोजन खाइरहेका थिए। येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। तिमीहरूमध्ये कुनै एकजनाले मलाई विश्वासघात गर्नेछौ।” चेलाहरू यो सुनेर दुःखी भए। प्रत्येकले उहाँलाई सोधे, “प्रभु अवश्य पनि मचाहिं होइन ठीक हो?” येशूले जवाफ दिनुभयो, “जसले मेरो कचौरामा मसित हात चोब्यो त्यसैले मलाई विश्वासघात गर्नेछ। मानिसको पुत्रले धर्मशास्त्रमा लेखिए अनुसार जानुपर्छ र उसले मर्नेपर्छ। तर मानिसको पुत्रलाई मार्नका निम्ति सुम्पने त्यस मानिसले नराम्रो परिणाम भोग्नु पर्नेछ। यस्तो हुनुभन्दा त त्यो मानिस नजन्मिएको भए बेस हुने थियो।” त्यसपछि येशूलाई विश्वासघात गर्न यहूदाले येशूलाई भने, “गुरूज्यू, निश्चय नै म त्यो एकजना होइन ठीक हो?” येशूले भन्नुभयो, “हो, यो तिमी नै हौ।” खाँदै गर्दा येशूले रोटी लिनुभयो। येशूले रोटीको निम्ति परमेश्वरलाई धन्यवाद दिनुभयो र त्यसलाई टुक्रा पार्नुभयो। येशूले आफ्ना चेलाहरूलाई रोटी दिनुभयो। र भन्नुभयो, “यो रोटीहरू लेओ र खाओ। यो रोटी नै मेरो शरीर हो।” त्यसपछि येशूले एक प्याला दाखरस लिनुभयो। येशूले त्यसको लागि परमेश्वरलाई धन्यवाद दिनुभयो अनि त्यो चेलाहरूलाई दिनुभयो। येशूले भन्नुभयो, “तिमीहरू प्रत्येकले यसबाट पिओ। यो दाखरस मेरो रगत हो। मेरो रगतले परमेश्वरबाट उहाँको मानिसहरूकालागि नयाँ करारको प्रारम्भ गर्नेछ। यो रगत धेरै मानिसहरूलाई तिनीहरूको पाप क्षमाको लागि बहाइन्छ।
मत्ती 26:1-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यी सबै कुरा सिकाइसक्नुभएपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरूलाई थाहै छ, दुई दिनपछि निस्तार चाड आउनेछ। त्यतिखेर क्रूसमा झुण्ड्याएर मार्नलाई मानव पुत्र सुम्पिइनेछ।” त्यसै बेला कैयाफा प्रधान पूजाहारीका आँगनमा मुख्य पूजाहारी र अरू अगुवाहरू मिलेर सभा गरे। त्यस सभामा तिनीहरूले येशूलाई सुटुक्क पक्रेर मार्ने मतो गरे। तर तिनीहरूले यस्तो विचार गरे, “चाडको बेलामा चाहिँ हामीले यो काम गर्नुहुँदैन, नत्रता मानिसहरूमा ठूलो गोल-माल मच्चिनेछ।” येशू बेथानियामा सिमोन कुष्ठरोगीको घरमा जानुभयो। एउटी स्त्री सिङ्गमरमरको भाँडामा धेरै महँगो अत्तर लिएर येशूकहाँ आइन्। उहाँले खाना खान लाग्नुभएको बेला उहाँको टाउकोमा सबै अत्तर खन्याइदिइन्। उनले यसो गरेको सहन नसकेर चेलाहरूले भने, “यति धेरै अत्तर किन त्यसै खेर फालेको? बरु यसलाई धेरै पैसामा बेचेर गरीबहरूलाई बाँडिदिएको भए हुन्थ्यो नि!” तिनीहरूले यस्तो कुरा भनेको सुनेर येशूले भन्नुभयो, “किन तिमीहरू यिनलाई कचकच गर्छौ? यिनले मेरो लागि एउटा असल काम गरेकी छिन्। गरीबहरू त तिमीहरूसँग जहिले पनि हुन्छन्, तर म त हुन्न! यो अत्तर खन्याएर यिनले मेरो शरीरलाई गाड्नको लागि तयार पारेकी हुन्। साँच्चै म तिमीहरूलाई भन्छु, संसारभरिमा यो सुसमाचार जहाँ-जहाँ सुनाइनेछ, त्यहाँ-त्यहाँ यिनले गरेको यस कामको पनि सम्झना गरिनेछ।” त्यसपछि बाह्र जना चेलाहरूमध्ये यहूदा इस्करियोत भन्नेचाहिँ मुख्य पूजाहारीहरूकहाँ गएर भन्यो, “यदि मैले येशूलाई पक्राइदिएँ भने मलाई के दिनुहुन्छ?” अनि तिनीहरूले त्यसलाई यस कामको लागि चाँदीका तीस वटा सिक्का दिए। त्यस बेलादेखि यहूदाले येशूलाई पक्राइदिने मौका खोज्न लाग्यो। खमिर नहालेको रोटी खाने निस्तार चाडको पहिलो दिन चेलाहरू येशूकहाँ आए र सोधे, “तपाईंको लागि चाडको भोज हामी कहाँ ठीक पारौं?” उहाँले तिनीहरूलाई भन्नुभयो, “सहरमा एक विशेष मानिसकहाँ जाओ र भनिदेओ: गुरुले यसो भन्नुभएको छ, ‘मेरो बेला भयो। म आफ्ना चेलाहरूसँग तपाईंको घरमा निस्तार चाडको भोज खान चाहन्छु’।” चेलाहरूले गएर येशूले अह्राउनुभएजस्तै गरे अनि त्यहीँ नै चाडको भोज ठीक पारे। येशू बेलुका बाह्र जना चेलाहरूसँगै खान बस्नुभयो। खाइरहँदा येशूले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरूकै बीचबाट एक जनाले मलाई पक्राइदिनेछ।” यो सुनेर चेलाहरूलाई ज्यादै दु:ख लाग्यो र एक-एक जनाले “साँच्चै मलाई त भन्नुभएको होइन प्रभु?” भनी सोधे। येशूले तिनीहरूलाई भन्नुभयो, “अहिले कचौरामा मसँगै रोटी चोप्नेले मलाई पक्राइदिनेछ। धर्मशास्त्रमा लेखिएजस्तै मानव पुत्र त जानु नै पर्छ। तर धिक्कार त्यस मानिसलाई, जसले मानव पुत्रलाई पक्राइदिनेछ। त्यसले त बरु जन्मै नलिएको भए बेस हुने थियो!” पक्राइदिने यहूदाले पनि भन्यो, “साँच्चै मलाई त भन्नुभएको होइन, गुरु?” येशूले जवाफ दिनुभयो, “त्यो त तिमी आफैंले नै भन्दै छौ।” खाइरहनुभएको बेलामा येशूले रोटी लिएर परमेश्वरसँग आशीर्वाद मागी टुक्र्याउनुभयो अनि चेलाहरूलाई बाँडिदिँदै भन्नुभयो, “यो लिएर खाओ, यो मेरो शरीर हो।” त्यसपछि उहाँले कचौरा पनि लिनुभयो अनि परमेश्वरलाई धन्यवाद चढाएर चेलाहरूलाई दिँदै भन्नुभयो, “यो तिमीहरू सबैले पिउनू। यो नयाँ करार जोड्ने मेरो रगत हो, जो धेरै मानिसको पाप मेट्नलाई बगाइनेछ।