मत्ती 25:35-36
मत्ती 25:35-36 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दियौ। म तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दियौ। म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दियौ। नाङ्गै थिएँ, तिमीहरूले मलाई वस्त्र लगाइदियौ। बिरामी थिएँ, तिमीहरू मलाई हेर्न आयौ। झ्यालखानमा थिएँ, तिमीहरू मकहाँ आयौ।’
मत्ती 25:35-36 नेपाली समकालीन संस्करण (NCV)
किनकि म भोकाएको थिएँ र तिमीहरूले मलाई केही खानेकुरा दियौ, म तिर्खाएको थिएँ र तिमीहरूले मलाई केही पिउने कुरा दियौ, म परदेशी थिएँ र तिमीहरूले मलाई भित्र स्वागत गर्यौ, मलाई वस्त्रको खाँचो थियो र तिमीहरूले मलाई पहिर्यायौ, म बिरामी थिएँ र तिमीहरू मलाई हेर्न आयौ, म झ्यालखानामा थिएँ र तिमीहरू मलाई भेट्न आयौ।’
मत्ती 25:35-36 पवित्र बाइबल (NERV)
यो तिमीहरूको राज्य हो, किनभने म भोकाएको बेला तिमीहरूले मलाई खाना दिएका थियौ। म तिर्खाएको बेला तिमीहरूले मलाई पानी पिउन दिएका थियौ। म एक्लै र घरबाट टाडिएको थिएँ, अनि तिमीहरूले मलाई आफ्नो घरमा स्वागत गरेका थियौ। नाङ्गो थिएँ, अनि तिमीहरूले मलाई लुगाफाटा लगाउन दिएका थियौ। म रोगी थिएँ, अनि तिमीहरूले मलाई स्याहार गरेका थियौ। म कैदी थिएँ, तिमीहरूले मलाई हेर्न आएका थियौ।’