मत्ती 25:31-40
मत्ती 25:31-40 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“जब मानिसको पुत्र सारा स्वर्गदूतहरूसँग आफ्नो महिमामा आउनेछ, तब ऊ आफ्नो महिमामय सिंहासनमा बस्नेछ। र उसको सामुन्ने सबै जातिहरू भेला हुनेछन्, र जसरी गोठालाले भेड़ा र बाख्रालाई छुट्ट्याउँछ, त्यसरी नै उसले तिनीहरूलाई एउटालाई अर्काबाट अलग गर्नेछ। उसले भेड़ाहरूलाई आफ्नो दाहिनेपट्टि, र बाख्राहरूलाई देब्रेपट्टि राख्नेछ। “तब राजाले आफ्ना दाहिनेपट्टिकाहरूलाई भन्नेछ, ‘आओ, मेरा पिताका धन्यका हो! संसारको उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार गरिएको राज्यलाई अधिकार गर। किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दियौ। म तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दियौ। म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दियौ। नाङ्गै थिएँ, तिमीहरूले मलाई वस्त्र लगाइदियौ। बिरामी थिएँ, तिमीहरू मलाई हेर्न आयौ। झ्यालखानमा थिएँ, तिमीहरू मकहाँ आयौ।’ “तब धर्मीजनहरूले उनलाई जवाफ दिनेछन्, ‘हे प्रभु, कहिले हामीले तपाईंलाई भोकाउनुभएको देख्यौं, र खान दियौं? अथवा तिर्खाउनुभएको देख्यौं, र पिउन दियौं? कहिले हामीले तपाईंलाई परदेशी देख्यौं, र तपाईंलाई आश्रय दियौं? अथवा नाङ्गो देख्यौं र वस्त्र लगाइदियौं? र कहिले हामीले तपाईंलाई बिरामी वा झ्यालखानमा देख्यौं, र तपाईंकहाँ आयौं?’ “तब राजाले तिनीहरूलाई जवाफ दिएर भन्नेछन्, ‘साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानामा एक जनालाई जे-जति गर्यौ, त्यो तिमीहरूले मलाई नै गर्यौ।’
मत्ती 25:31-40 नेपाली समकालीन संस्करण (NCV)
“जब मानिसका पुत्र आफ्नो महिमामा आफ्ना सबै दूतहरूसित आउनेछन्, महिमामय सिंहासनमा बस्नेछन्। सारा राष्ट्रहरू उसको अघि भेला गराइनेछन्, अनि गोठालाले बाख्राहरूबाट भेडाहरू अलग गरेझैं तिनले मानिसहरूलाई एक-अर्कादेखि अलग गर्नेछन्। तिनले भेडाहरूलाई आफ्नो दाहिनेतिर अनि बाख्राहरूलाई आफ्नो देब्रेतिर राख्नेछन्। “तब आफ्ना दाहिनेतिरकाहरूलाई राजाले भन्नेछन्, ‘आओ, मेरा पिताका धन्यहरू; संसारको उत्पत्तिदेखि तिमीहरूको लागि तयार पारिएको राज्य, तिमीहरूको उत्तराधिकार लेओ। किनकि म भोकाएको थिएँ र तिमीहरूले मलाई केही खानेकुरा दियौ, म तिर्खाएको थिएँ र तिमीहरूले मलाई केही पिउने कुरा दियौ, म परदेशी थिएँ र तिमीहरूले मलाई भित्र स्वागत गर्यौ, मलाई वस्त्रको खाँचो थियो र तिमीहरूले मलाई पहिर्यायौ, म बिरामी थिएँ र तिमीहरू मलाई हेर्न आयौ, म झ्यालखानामा थिएँ र तिमीहरू मलाई भेट्न आयौ।’ “तब ती धर्मीहरूले उनलाई जवाफ दिनेछन्, ‘हे प्रभु, हामीले तपाईंलाई कहिले भोकाएका देख्यौं र खुवायौं, अथवा तिर्खाएका देख्यौं र पिउन दियौं? हामीले तपाईंलाई कहिले परदेशी देख्यौं र भित्र स्वागत गर्यौं अथवा वस्त्रको अभावमा अनि पहिर्यायौं? हामीले तपाईंलाई कहिले बिरामी वा झ्यालखानामा देख्यौं अनि तपाईंलाई भेट्न गयौं?’ “राजाले जवाफ दिनेछन्, ‘म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूले मेरा यी मानिसहरूमध्ये सानोभन्दा सानोलाई जे गर्यौ, त्यो तिमीहरूले मलाई नै गर्यौ।’
मत्ती 25:31-40 पवित्र बाइबल (NERV)
“मानिसको पुत्र फेरि आउनु हुनेछ। उहाँ अत्यन्त गौरवसँग आउनु हुनेछ। सबै स्वर्गदूतहरू पनि उहाँसँगै आउने छन्। उहाँ राजाको रूपमा सिंहासनमा विराजमान हुनुहुनेछ। उहाँको अधि संसारभरका सबै मानिसहरू भेला हुनेछ्। अनि मानिसको पुत्रले ती मानिसहरूलाई दुइ अलग अलग दलमा बाँड्नु हुनेछ। यो भेंडा़ र बाख्राहरूलाई अलग दलमा पारे जस्तै हुनेछ। उहाँले भेंडा़हरूलाई आफ्नो दाहिनेपट्टि राख्नुहुनेछ र बाख्राहरूलाई आफ्नो देब्रेपट्टि राख्नु हुनेछ। “राजाले आफ्नो दाहीने पट्टि बसेकाहरूलाई भन्नु हुनेछ, ‘आऊ, मेरो पिताले तिमीहरूलाई धेरै आर्शिवाद दिनुभएको छ। आऊ र परमेश्वरले तिमीहरूको लागि प्रतिज्ञा गर्नु भएको राज्य ग्रहण गर। सृष्टिको शुरूदेखि नै यो तिमीहरूको निम्ति तयार गरिएको थियो। यो तिमीहरूको राज्य हो, किनभने म भोकाएको बेला तिमीहरूले मलाई खाना दिएका थियौ। म तिर्खाएको बेला तिमीहरूले मलाई पानी पिउन दिएका थियौ। म एक्लै र घरबाट टाडिएको थिएँ, अनि तिमीहरूले मलाई आफ्नो घरमा स्वागत गरेका थियौ। नाङ्गो थिएँ, अनि तिमीहरूले मलाई लुगाफाटा लगाउन दिएका थियौ। म रोगी थिएँ, अनि तिमीहरूले मलाई स्याहार गरेका थियौ। म कैदी थिएँ, तिमीहरूले मलाई हेर्न आएका थियौ।’ “तब धार्मिक मानिसहरूले जवाफ दिनेछन्, ‘परमप्रभु, हामीले तपाईंलाई कहिले, भोकाउनु भएको देख्यौं अनि हामीले भोजन दियौं? हामीले तपाईं तिर्खाउनु भएको कहिले देख्यौं अनि हामीले पानी पिउँन दियौं? हामीले तपाईंलाई कहिले एक्लो घरदेखि टाढिएको देख्यौं र हामीले तपाईंलाई कहिले आफ्ना घरमा ल्यायौं? तपाईं कहिले नाङ्गो हुनुहुन्थ्यो र हामीले तपाईंलाई लुगाफाटा लगाउन दियौं। हामीले कहिले तपाईंलाई रोगी देख्यौं वा कैदमा देख्यौं र हामी तपाईंलाई सहयोग गर्न आयौं?’ “तब राजाले तिनीहरूलाई जवाफ दिने छन्, ‘म तिमीहरूलाई साँच्चो भन्दछु। यहाँ तिमीहरूले मेरा यी मानिसहरूका निम्ति जे जति गर्यौ, ती जतिनै नगण्य भएता पनि तिमीहरूले मेरा निम्ति गरेका हो।’
मत्ती 25:31-40 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“मानव पुत्र ठूलो महिमामा स्वर्गदूतहरूसँग आएर आफ्नो सिंहासनमा बस्नेछन्। त्यस बेला पृथ्वीका सबै जातिहरू उनको अगाडि उभिनेछन् अनि गोठालाले बाख्रा र भेडाहरूलाई छुट्ट्याएजस्तै उनले ती मानिसहरूलाई पनि छुट्ट्याउँनेछन्। उनले भेडाहरू जतिलाई आफ्नो दाहिने हातपट्टि र बाख्राहरू जतिलाई आफ्नो देब्रे हातपट्टि छुट्ट्याएर राख्नेछन्। उनले आफ्ना दाहिने हातपट्टिका मानिसहरूलाई भन्नेछन्, ‘ए मेरा पिता परमेश्वरबाट आशीर्वाद पाएका मानिसहरू हो! आएर संसारको सृष्टिदेखि नै तिमीहरूको लागि तयार पारेर राखेको राज्यमा बस किनभने म भोकाउँदा तिमीहरूले मलाई खुवायौ, तिर्खाउँदा पानी दियौ र म परदेशी हुँदा पनि तिम्रो घरमा मलाई स्वागत गर्यौ। म नाङ्गो हुँदा लुगा लगाइदियौ, बिरामी हुँदा हेरचाहा गर्यौ, झ्यालखानमा पर्दा मलाई भेट्न आयौ।’ “यो सुनेर परमेश्वरका आज्ञापालन गर्दैआएका मानिसहरूले उनलाई सोध्नेछन्, ‘प्रभु, हामीले तपाईंलाई कहिले भोकाएको देख्यौं र खुवायौं? कहिले तिर्खाएको देख्यौं र पानी दियौं? कहिले तपाईं परदेशी हुनुहुँदा हाम्रो घरमा तपाईंलाई स्वागत गर्यौं? कहिले तपाईंलाई नाङ्गो देख्यौं र लुगा लगाइदियौं? कहिले तपाईंलाई बिरामी देख्यौं र हेरचाहा गर्यौं? अनि कहिले झ्यालखानमा पर्नुभयो र हामी भेट्न आयौं?’ तब सिंहासनमा बस्ने राजाले जवाफ दिएर भन्नेछन्, ‘साँच्चै म तिमीहरूलाई भन्छु, मेरा भाइहरूमध्ये सबैभन्दा सानालाई तिमीहरूले जे गर्यौ, त्यो मलाई नै गरेका हौ।’