मत्ती 25:14-15
मत्ती 25:14-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“किनकि योचाहिँ कुनै मानिसजस्तो हो, जसले परदेश जाँदा आफ्ना नोकरहरूलाई बोलाई आफ्नो धन-सम्पत्ति तिनीहरूलाई जिम्मा दिए। तिनले हरेकलाई तिनीहरूका आ-आफ्नो योग्यताअनुसार एउटालाई पाँच सुनका सिक्का, अर्कोलाई दुई र अर्कोलाई एक दिएर तिनी गइहाले।
मत्ती 25:14-15 नेपाली समकालीन संस्करण (NCV)
“फेरि स्वर्गको राज्य, यात्रामा जान लागेको त्यो मानिसजस्तो हो, जसले आफ्ना सेवकहरूलाई बोलाएर आफ्ना सम्पत्ति जिम्मा दिए। तिनीहरूका योग्यताअनुसार तिनले एउटालाई पाँच झोला सुनका सिक्का, अर्कोलाई दुई झोला सुनका सिक्का अनि अर्कोलाई एक झोला सुनका सिक्का दिए। त्यसपछि तिनी आफ्ना यात्रामा लागे।
मत्ती 25:14-15 पवित्र बाइबल (NERV)
“स्वर्गको राज्य त्यो मानिस जस्तै हुन्छ जो आफ्नो घर देखि अर्को स्थान तर्फ यात्रा गर्छ। घरबाट निस्कनु भन्दाअघि उसले आफ्नो नोकरहरू बोलाउँछन् र आफ्ना चीजहरूको जिम्मा तिनीहरूलाई दिन्छन्। कुन चाहिं नोकरले के कति गर्न सक्छ भनी उसले विचार गर्यो। उसले एकजना नोकरलाई पाँच तोड़ा दियो। अर्कोलाई दुइ तोड़ा दियो। अनि तेस्रोलाई एक तोड़ा दियो। त्यसपछि उसले आफ्नो यात्रा शुरू गर्यो।
मत्ती 25:14-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“मानव पुत्र आउने बेलामा चाहिँ एक जना मालिक परदेश गएर घर फर्कने बेलामा भएजस्तै हुनेछ। त्यस मालिकले परदेश जानुभन्दा पहिले आफ्ना नोकरहरूलाई बोलाएर आफ्नो पैसा जिम्मा लगाइदिए। उनले नोकरको खुबीअनुसार एउटालाई पाँच वटा, अर्कोलाई दुई वटा र अर्को एक जनालाई एउटा सुनको सिक्का जिम्मा लगाएर परदेशतिर लागे।