मत्ती 21:12-13
मत्ती 21:12-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशू परमेश्वरको मन्दिरमा प्रवेश गर्नुभयो। अनि उहाँले मन्दिरमा किनबेच गर्ने सबैलाई धपाउनुभयो, र पैसा साट्नेहरूका टेबिल, र परेवा बेच्नेहरूका आसन पल्टाइदिनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर कहलाइनेछ।’ तर तिमीहरूले यसलाई डाँकूहरूको अड्डा बनाएका छौ।”
मत्ती 21:12-13 नेपाली समकालीन संस्करण (NCV)
येशू मन्दिरको इलाकामा प्रवेश गर्नुभयो अनि त्यहाँ किनबेच गर्नेहरू सबैलाई धपाइदिनुभयो। उहाँले पैसा साट्नेहरूका टेबुलहरू अनि परेवा बेच्नेहरूका बेन्चहरू पल्टाइदिनुभयो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले यसलाई ‘डाँकूहरूको एउटा ओडार बनाइरहेका छौ।’ ”
मत्ती 21:12-13 पवित्र बाइबल (NERV)
येशू मन्दिरतर्फ लाग्नुभयो। उहाँले किन-बेच गर्ने सबैलाई त्यहाँबाट धपाउनु भयो। अनि येशूले ढुकुर बेच्नेहरूको बेञ्चहरू पनि पल्टाई दिनु भयो। येशूले त्यहाँ भएका मानिसहरूलाई भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर भनिनेछ।’ तर तिमीहरूले परमेश्वरको घरलाई डाकूहरूको ‘अड्डामा परिणत गरिरहेछौ।’”
मत्ती 21:12-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशू पवित्र मन्दिरमा जानुभयो अनि त्यहाँ किनबेच गरेर बस्नेहरू सबैलाई मन्दिरबाट धपाउनुभयो। उहाँले पैसा साट्नेहरूका टेबिलहरू घोप्ट्याइदिनुभयो र परेवा बेच्नेहरूका बस्ने आसनहरू पल्टाइदिनुभयो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ– ‘मेरो घर प्रार्थनाको घर कहलिनुपर्छ।’ तर तिमीहरूले त यसलाई डाकुहरूको ओडार पो बनाएका छौ!”