YouVersion लोगो
खोज आइकन

मत्ती 21:1-14

मत्ती 21:1-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यरूशलेम जाँदाजाँदै उहाँहरू यरूशलेमको नजिकै जैतुन डाँडानेरको बेथफागे भन्‍ने ठाउँमा आइपुग्‍नुभयो। त्‍यहाँबाट येशूले दुई जना चेलाहरूलाई यसो भनेर पठाउनुभयो, “तिमीहरू ऊ त्‍यो पल्‍लो गाउँमा जाओ। गाउँमा पस्‍नेबित्तिकै तिमीहरूले गधाको बछेडा माउसँगै बाँधिराखेको फेला पार्नेछौ। तिनीहरूलाई फुकाएर मकहाँ ल्‍याओ। यदि कसैले तिमीहरूलाई केही कुरा भन्‍यो भने ‘प्रभुलाई यी चाहिएका छन्’ भन्‍नू अनि उनले तिनीहरूलाई पठाइदिइहाल्‍छन्।” अगमवक्ताले धर्मशास्‍त्रमा लेखेको यो कुरा पूरा होस् भनेर नै यस्‍तो हुन आएको हो– “सियोनका बासिन्‍दाहरूलाई भनिदेओ, ‘हेर, अब तिमीहरूका महाराजा तिमीहरूकहाँ आउँदै हुनुहुन्‍छ, उहाँ नम्र भएर गधामा चढेर आउँदै हुनुहुन्‍छ, उहाँको सवारी गधाकै बछेडामाथि हुँदै छ’।” ती दुई चेलाहरूले गएर येशूले अह्राउनुभएजस्‍तै गरे। तिनीहरूले गधाको बछेडा माउसँगै लिएर आए र तिनका पिठमा आ-आफ्‍ना खास्‍टो ओछ्याइदिए अनि येशू चढ्‍नुभयो। मानिसहरूले आ-आफ्‍ना खास्‍टोहरू फुकालेर बाटोमा ओछ्याइदिए। अरू कतिले चाहिँ स्‍याउलाहरू ल्‍याएर बाटोमा ओछ्याइदिए। येशूको अघि र पछि हिँड्‍ने सबै मानिसहरूले यसो भन्‍दै जयजयकार गर्न थाले, “दाऊद-पुत्रको जय होस्! परमप्रभुको नाउँमा आउनुहुने कति धन्‍य हुनुहुन्‍छ! सबैभन्दा माथि स्‍वर्गमा हुनुहुने परमेश्‍वरको जयजयकार होस्!” उहाँ यरूशलेममा पस्‍नुहुँदा सहरभरि नै हलचल मच्‍चियो र मानिसहरूले सोधे, “यिनी को हुन्?” धुइरोमा भएका मानिसहरूले जवाफ दिए, “उहाँ त गालीलको नासरतबाट आउनुभएको अगमवक्ता येशू हुनुहुन्‍छ।” येशू पवित्र मन्‍दिरमा जानुभयो अनि त्‍यहाँ किनबेच गरेर बस्‍नेहरू सबैलाई मन्‍दिरबाट धपाउनुभयो। उहाँले पैसा साट्‍नेहरूका टेबिलहरू घोप्‍ट्याइदिनुभयो र परेवा बेच्‍नेहरूका बस्‍ने आसनहरू पल्‍टाइदिनुभयो। अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “धर्मशास्‍त्रमा यस्‍तो लेखिएको छ– ‘मेरो घर प्रार्थनाको घर कहलिनुपर्छ।’ तर तिमीहरूले त यसलाई डाकुहरूको ओडार पो बनाएका छौ!” त्‍यसपछि अन्‍धा र लङ्गडाहरू मन्‍दिरमा येशूकहाँ आए। उहाँले तिनीहरूलाई निको पार्नुभयो।

शेयर गर्नुहोस्
मत्ती 21 पढ्नुहोस्

मत्ती 21:1-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

जब उहाँहरू यरूशलेमको नजिक जैतून डाँड़ाको बेथफागेमा आइपुग्‍नुभयो, तब येशूले दुई जना चेलाहरूलाई यसो भनेर पठाउनुभयो, “तिमीहरू सामुन्‍नेको गाउँमा जाओ। त्‍यहाँ पुग्‍ने बित्तिकै तिमीहरूले एउटा गधा र त्‍यसको बछेड़ो बाँधिएका भेट्टाउनेछौ। तिनलाई फुकाएर मकहाँ ल्‍याओ। कसैले तिमीहरूलाई केही भन्‍यो भने, ‘प्रभुलाई यिनको जरूरत छ’ भन्‍नू र त्‍यसले तुरुन्‍तै ती पठाइदिनेछ।” अगमवक्ताद्वारा बोलिएको वचन पूरा होस्‌ भनेर यो भएको हो, “सियोनकी छोरीलाई भन, हेर, तिम्रा राजा तिमीकहाँ आउँदैछन्, विनम्र भई गधामाथि सवार भएर, गधाको बच्‍चा, एउटा बछेड़ामाथि।” तब चेलाहरू गए, र येशूले तिनीहरूलाई अह्राएबमोजिम गरे। तिनीहरूले गधा र त्‍यसको बच्‍चा ल्‍याए, र तीमाथि आफ्‍ना लुगाफाटा ओछ्याए, र उहाँ त्‍यसमाथि बस्‍नुभयो। भीड़मा धेरैले आफ्‍ना वस्‍त्र बाटोमा ओछ्याए, र अरूहरूले रूखका हाँगा काटेर बाटोमा बिछ्याइदिए। उहाँको अगि र पछि लागेका भीड यसो भन्‍दै कराए, “दाऊदका पुत्रलाई होसन्‍ना! धन्‍य उहाँ, जो परमप्रभुको नाउँमा आउनुहुन्‍छ! परमधाममा होसन्‍ना!’ जब उहाँ यरूशलेममा प्रवेश गर्नुभयो, सारा सहरमा हलचल मच्‍चियो। मानिसहरूले सोध्‍न लागे, “यिनी को हुन्‌?” भीड़का मानिसहरूले जवाफ दिए, “यिनी गालीलको नासरतबाट आएका अगमवक्ता, येशू हुन्‌।” येशू परमेश्‍वरको मन्‍दिरमा प्रवेश गर्नुभयो। अनि उहाँले मन्‍दिरमा किनबेच गर्ने सबैलाई धपाउनुभयो, र पैसा साट्‌नेहरूका टेबिल, र परेवा बेच्‍नेहरूका आसन पल्‍टाइदिनुभयो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर कहलाइनेछ।’ तर तिमीहरूले यसलाई डाँकूहरूको अड्डा बनाएका छौ।” अन्‍धा र लङ्गड़ाहरू मन्‍दिरमा उहाँकहाँ आए, र उहाँले तिनीहरूलाई निको पार्नुभयो।

शेयर गर्नुहोस्
मत्ती 21 पढ्नुहोस्

मत्ती 21:1-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

उहाँहरू जब यरूशलेमको नजिकै जैतुन डाँडानिर बेथफागे नामक स्थानमा आइपुग्नुभयो, तब येशूले दुई जना चेलाहरूलाई यसो भनेर पठाउनुभयो, “तिमीहरूका सामु भएको गाउँमा जाओ, र त्यहाँ पुग्नेबित्तिकै तिमीहरूले एउटा गधा त्यसको बछेडाको छेउमा बाँधिएको भेट्टाउनेछौ। तिनीहरूलाई फुकाएर मकहाँ ल्याओ। यदि कसैले तिमीहरूलाई केही भन्यो भने तिनीहरूलाई भन्‍नू, प्रभुलाई यिनीहरूको खाँचो छ, र त्यसले तिनीहरूलाई तुरुन्तै पठाइदिनेछ।” अगमवक्ताद्वारा यसो भनेर बोलिएको वचन पूरा होस् भनेर यो भएको हो: “यरूशलेमका मानिसहरूलाई भन, ‘हेर, तिम्रो राजा तिमीकहाँ आउँदैहुनुहुन्छ, नम्र र गधामाथि सवार हुनुभएर, बछेडामाथि, एउटा गधाको बछेडामाथि।’ ” ती चेलाहरू गए, र येशूले तिनीहरूलाई अह्राउनुभएजस्तै गरे। तिनीहरूले त्यस गधा र बछेडोलाई ल्याए, तीमाथि तिनीहरूका लुगाहरू ओछ्याए; र येशू त्यसमाथि बस्‍नुभयो। एउटा धेरै ठूलो भीडले तिनीहरूका लुगाहरू बाटोमा ओछ्याइदिए; अनि अरू कतिले चाहिँ रूखका हाँगाहरू काटेर बाटोमा फिँजाइदिए। उहाँको अगि र पछि लागेका भीडहरू, र ती पछ्याउनेहरूले यसो भन्दै कराए, “दावीदका पुत्रलाई होसन्‍ना!” “धन्य उहाँ, जो प्रभुको नाममा आउनुहुन्छ!” “परमधाममा होसन्‍ना।” जब येशू यरूशलेममा प्रवेश गर्नुभयो, सम्पूर्ण सहरमा हलचल मच्‍चियो; तब मानिसहरूले सोधे, “यिनी को हुन्?” त्यस भीडले जवाफ दियो, “यिनी गालीलको नासरतबाट आएका अगमवक्ता येशू हुन्।” येशू मन्दिरको इलाकामा प्रवेश गर्नुभयो, र त्यहाँ किनबेच गर्नेहरू सबैलाई धपाइदिनुभयो। उहाँले पैसा साट्नेहरूका टेबुलहरू र परेवा बेच्नेहरूका टेबुलहरू पल्टाइदिनुभयो। र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले यसलाई ‘डाँकुहरूको ओडार बनाइरहेका छौ।’” दृष्‍टिविहीन र लङ्गडाहरू उहाँकहाँ मन्दिरमा आए; अनि उहाँले तिनीहरूलाई निको पार्नुभयो।

शेयर गर्नुहोस्
मत्ती 21 पढ्नुहोस्

मत्ती 21:1-14 पवित्र बाइबल (NERV)

येशू र उहाँका चेलाहर यरूशलेम नजिक आईपुग्न लागेका थिए। तर तिनीहरू पहिले जैतुन-डाँडा को बेथफागेमा रोकिए। येशूले आफ्ना दुइ जना चेलाहरूलाई त्यहाँको एउटा नगरमा पठाउनु भयो। येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरूले देखेको शहरमा जाऊ। त्यहाँ प्रवेश गर्न साथ एउटा गधालाई बाँधिएको भेट्टाउने छौ। त्यो गधासँग एउटा बछेडो पनि हुनेछ। ती दुवै फुकालेर म कहाँ ल्याऊ। यदि कसैले तिमीहरूलाई केही प्रश्न गरे उसलाई, ‘प्रभुलाई यी गधाहरूको आवश्यक परेको छ। उहाँले ती चाँडै फर्काइ दिनु हुनेछ भनी जवाफ दिनु।’” अगमवक्ताले भनेको यो कुरा पूरा होस् भनेर यसो भएको थियो: “सियोन नगरलाई भन, ‘अहिले तिमीहरूको राजा आउनु हुँदैछ। उहाँ विनम्र हुनुहुन्छ अनि गधामा चढेर आउनु हुँदैछ। उहाँ एउटा भारी बोक्ने बछेडोमाथि आउनु हुँदैछ, जो काम गर्नकै खातिर जन्मेको पशु हो।’” चेलाहरू गए र येशूले बताउनु भए अनुसार गरे। उनीहरू गधा र त्यसको बछेडालाई लिएर येशूकहाँ फर्की आए। तिनीहरूले आफ्ना वस्त्र गधालाई ओढाइदिए, अनि येशू त्यसमाथि बस्नु भयो। येशू यरूशलेम तिर जाने बाटामा गधामा चढेर जानुभयो। धेरै मानिसहरूले येशूको निम्ति बाटोमा वस्त्रहरू ओछ्याइदिएका थिए। अरू मानिसहरूले रूखका हाँगाहरू काटे र बाटोमा ओछ्याई दिए। केही मानिसहरू येशूको अधि-अधि हिंड्दै थिए। कोही मानिसहरू येशूको पछि-पछि हिंडदै थिए। मानिसहरू यसो भन्दै कराउन लागे, “दाऊदको पुत्र होसन्ना! ‘प्रभुको नाउँमा आउने धन्यका हुन्!’ स्वर्गको परमेश्वरको प्रशंसा गर।” त्यसपछि येशू यरूशलेमभित्र प्रवेश गर्नु भयो। सम्पूर्ण शहरबासि अचम्मित भए। तिनीहरूले सोधे, “यो को हो?” येशूसँगै आएका मानिसहरूले जवाफ दिए, “उनी येशू हुन्। गालील शहरको नासरतका अगमवक्ता उनी नै हुन्।” येशू मन्दिरतर्फ लाग्नुभयो। उहाँले किन-बेच गर्ने सबैलाई त्यहाँबाट धपाउनु भयो। अनि येशूले ढुकुर बेच्नेहरूको बेञ्चहरू पनि पल्टाई दिनु भयो। येशूले त्यहाँ भएका मानिसहरूलाई भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर भनिनेछ।’ तर तिमीहरूले परमेश्वरको घरलाई डाकूहरूको ‘अड्डामा परिणत गरिरहेछौ।’” केही अन्धा र केही लङ्गडा मानिसहरू मन्दिरमा येशू कहाँ आए। येशूले ती मानिसहरूलाई निको पारिदिनु भयो।