YouVersion लोगो
खोज आइकन

मत्ती 2:9-12

मत्ती 2:9-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब राजाको कुरा सुनेर तिनीहरू आफ्‍ना बाटो लागे। जुन तारा तिनीहरूले पूर्वमा देखेथे, त्‍यो तारा तिनीहरूका अगि-अगि गयो, र बालक भएको ठाउँमा पुगेपछि त्‍यो तारा त्‍यहीँ अड़ियो। जब तिनीहरूले त्‍यो तारा देखे, तब तिनीहरू अति आनन्‍दित भएर रमाए। अनि घरभित्र पसेर तिनीहरूले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे, र घोप्‍टो परेर उहाँलाई दण्‍डवत्‌ गरे। तब आफ्‍ना कन्‍तुर खोलेर उहाँलाई सुन, सुगन्‍धित धूप र मूर्रका भेटी चढ़ाए। अनि हेरोदकहाँ फर्की नजानू भन्‍ने सपनामा चेताउनी पाएर तिनीहरू अर्कै बाटो भएर आफ्‍नो देशमा फर्के।

शेयर गर्नुहोस्
मत्ती 2 पढ्नुहोस्

मत्ती 2:9-12 पवित्र बाइबल (NERV)

राजाका सबै कुरा सुने र ज्योतिषीहरू गए। जुन-तारा तिनीहरूले पुर्वमा देखेका थिए, फेरि त्यही तारा तिनीहरूले देखे। ज्योतिषीहरूले तारालाई पछ्याउन थाले। त्यो तारा सानो बालक भएको ठाउँमा नपुगुन्जेल तिनीहरूको अघि-अघि गयो र त्यही अडियो। तारा देखेर ज्योतिषीहरू अत्यन्तै खुशी भए। तिनीहरू बालक भएको घरभित्र गए। त्यहाँ सानो बालकलाई आफ्नो आमा मरियमसँग देखे। तिनीहरूले शिर झुकाएर बालकलाई दण्डवत र आराधना गरे। बालकलाई ल्याइदिएका उपहारहरू तिनीहरूले खोले र उनलाई सुन, धूप र मूर्रका भेटी चढ़ाए। तर परमेश्वरले तिनीहरूलाई सपनामा चेताउनी दिनुभयो। परमेश्वरले तिनीहरूलाई “हेरोदकहाँ फर्केर नजाऊ” भनी चेताउनी दिनुभयो। त्यसपछि तिनीहरू अर्कै बाटो भएर आफ्ना निजदेशमा फर्किए।

शेयर गर्नुहोस्
मत्ती 2 पढ्नुहोस्

मत्ती 2:9-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हेरोद राजाले भनेको मानेर ती ज्‍योतिषीहरू बेथलेहेमतिर लागे। बाटोमा जाँदा तिनीहरूले पूर्वमा देखेको त्‍यही तारालाई फेरि देखे। त्‍यो तारा तिनीहरूको अघि-अघि लाग्‍यो र बालक भएको ठाउँको सोझै माथि पुगेर टक्‍क अडियो। यो देखेर तिनीहरू खुसीले गदगद भए। त्‍यस घरमा पुगेपछि तिनीहरू भित्र पसे र बालकलाई आमा मरियमको साथमा देखे। अनि तिनीहरूले उहाँको पाउमा परी दर्शन गरे र आ-आफ्‍ना पोकाबाट सुन, धूप र धेरै दामी अत्तर निकालेर चढाए। पछिबाट तिनीहरूले सपनामा ‘हेरोदकहाँ फर्केर नजानू’ भन्‍ने परमेश्‍वरको आज्ञा पाए र तिनीहरू अर्कै बाटो भएर आफ्‍नो देश फर्के।

शेयर गर्नुहोस्
मत्ती 2 पढ्नुहोस्

मत्ती 2:9-12

मत्ती 2:9-12 NNRVमत्ती 2:9-12 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्