मत्ती 2:16-18
मत्ती 2:16-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब ज्योतिषीहरूले तिनलाई छकाएको कुरा हेरोदले थाहा पाए, र तिनी रीसले चूर भए। अनि ज्योतिषीहरूबाट थाहा भएको समयअनुसार बेथलेहेम र त्यस इलाका भित्रका दुई वर्ष र त्यसदेखि मुनिका सबै बालकहरूलाई मार्न लगाए। तब यर्मिया अगमवक्ताले भनेको वचन पूरा भयो, “रामामा एउटा शब्द सुनियो, डाँको छोडी-छोडी रोएको र विलापको ठूलो आवाज, राहेल आफ्ना बालकहरूका लागि रोइरहेकी, सान्त्वना तिनले इन्कार गरिन्, किनकि तिनका बालकहरू अब रहेनन्।”
मत्ती 2:16-18 नेपाली समकालीन संस्करण (NCV)
जब ज्योतिषीहरूद्वारा आफू ठगिएको हेरोदले थाहा पाए, तब तिनी औधी रिसाए अनि ज्योतिषीहरूद्वारा ठीक पत्तो लगाइएको समयअनुसार बेथलेहेम र त्यसका सिमानामा भएका दुई वर्ष र त्यस मुनिका बालकहरूलाई मार्ने आदेश दिए। तब यर्मिया अगमवक्ताद्वारा भनिएको यो वचन पूरा भयो: “रामामा एउटा आवाज सुनियो, रुवाइ र ठूलो विलाप, राहेल आफ्ना बालकहरूको निम्ति रोएकी अनि तिनी शान्त हुन नमानेकी, किनकि तिनीहरू अब रहेनन्।”
मत्ती 2:16-18 पवित्र बाइबल (NERV)
ज्योतिषीहरूबाट हेरोदले धोका पाएको थाहा पाएपछि तिनी साह्रै रिसाए। अनि बेतलेहेम र त्यसका छेउछाउमा भेट्टाएका सबै स-साना बालकहरूलाई मार्ने आदेश दिए। ज्योतिषीहरूबाटै हेरोदले बालक जन्मेको समय पत्ता लगाएका थिए। त्यस बेलादेखि अहिलेसम्म दुइ वर्षको अवधि बितेको थियो। अनि हेरोदले दुइ वर्षर त्यसदेखि मुनिका सबै बालकहरूलाई मार्न लगाएका थिए। तब यर्मिया अगमवक्ताद्वारा परमेश्वरले भन्नुभएको वचन सत्य भयो: “रामामा एउटा स्वर सुनियो, रूवाबासी र आलाप-विलापको। राहेलले आफ्ना बालकहरूको लगि विलाप गरिरहेकी थिइन, शान्त बन्न तिनले अस्वीकार गरिन्, किनकि तिनका बालकहरू अब जीवित थिएनन्।”
मत्ती 2:16-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
ज्योतिषीहरूले आफूलाई छकाएछन् भन्ने कुरा थाहा पाएर हेरोद राजा रिसले चुर भए। उनले यसो गर्न लगाए। तारा उदाएको समय ज्योतिषीहरूबाट थाहा पाएअनुसार उनले बेथलेहेम र त्यस वरपरका गाउँहरूमा भएका दुई वर्षसम्मका सबै बालकहरूलाई मार्न लगाए। त्यति बेला यर्मिया अगमवक्ताले भनेको यो कुरा पूरा हुन आएको हो– “रामामा खैलाबैला सुनिंदै छ, रुवाबासी र बिलौना। राहेल आफ्ना बालकहरूका निम्ति रोइरहेकी छिन्। तिनलाई कसैले पनि शान्त गराउन सकेनन् किनभने सबै बालक मरेका छन्।”