मत्ती 18:28-33
मत्ती 18:28-33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तर त्यस नोकरले निस्केर जाँदा आफ्नो सङ्गी-नोकरहरूमध्ये एक जनालाई भेट्यो, जो त्यसको एक सय चाँदीका सिक्काको ऋणी थियो। उसलाई घोक्रोमा पक्रेर त्यसले भन्यो, ‘तेरो ऋण तिरिहाल्।’ “तर त्यसको सङ्गी-नोकरले घोप्टो परेर त्यसलाई बिन्ती गर्यो, ‘ममाथि धैर्य गर, म तिमीलाई सबै तिरिदिनेछु।’ “तर त्यो मानेन, र गएर ऋण नतिरुञ्जेलसम्म उसलाई झ्यालखानमा हालिदियो। त्यसका सङ्गी-नोकरहरूले यी सब देखे र तिनीहरू अति दुःखित भए। तिनीहरूले गएर यी सब घटना आफ्ना मालिकलाई बताइदिए। “तब मालिकले त्यस नोकरलाई आफूकहाँ बोलाएर भने, ‘ए दुष्ट नोकर, तैंले मसँग बिन्ती गरिस्, र मैले तँलाई तेरो ऋण माफी गरिदिएँ। मैले तँमाथि दया गरेझैँ तैंले पनि तेरो सङ्गी-नोकरमाथि दया गर्नुपर्नेथिएन?’
मत्ती 18:28-33 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“तर त्यो सेवक गयो, र ऊसँग काम गर्ने एउटा सेवकलाई भेट्टायो, जससित उसको एक सय चाँदीका सिक्का ऋण थियो। उसले त्यसलाई पक्रेर त्यसको घोक्रो अँठ्यायो अनि ‘मेरो ऋण तिरिहाल्’ भनेर माग गर्यो। “ऊसँग काम गर्ने त्यस सेवकले उसको अगि घुँडा टेकेर बिन्ती गर्यो, ‘ममाथि धैर्य गर्नुहोस्, र म सबै तिरिदिनेछु।’ “तर उसले अस्वीकार गर्यो। अनि गएर त्यसले ऋण नतिरुन्जेल त्यस मानिसलाई झ्यालखानामा हालिदियो। तर जे घटना भएको थियो, त्यो अरू सेवकहरूले देखेपछि तिनीहरू अति दुःखित भए, र गएर जे भएको थियो, त्यो कुरा आफ्ना मालिकलाई भनिदिए। “तब त्यस मालिकले त्यस सेवकलाई भित्र बोलाएर भने, ‘तँ दुष्ट सेवक, तैँले मसित क्षमा मागेको कारण मैले तेरा सबै ऋण माफ गरिदिएँ। मैले तँमाथि दया देखाएझैँ, के तैँले पनि आफ्नो सङ्गी-सेवकप्रति दया देखाउनुपर्ने थिएन र?’
मत्ती 18:28-33 पवित्र बाइबल (NERV)
“केही समय पछि, त्यो नोकरले अर्को नोकरलाई भेट्टायो, जसले उसबाट एकसय चाँदीका सिक्क ऋण लिएको थियो। उसले त्यसको घोक्रो अँठ्याएर भन्यो, ‘मेरो ऋण तुरन्तै तिरिहाल्।’ “त्यो नोकर घुँडा टेकेर विन्ती गर्न लाग्यो, ‘म माथि दया गर्नुहोस् म तपाईंको सबै ऋण चुक्ता गर्नेछु।’ “तर त्यो पहिले नोकरले धैय गर्न सकेन। त्यसले अर्को नोकरको विरुद्ध न्यायधीश समक्ष नालिश हाल्यो अनि उसलाई जेलमा पुर्याइदियो। ऋण चुक्ता नगरून्जेल त्यो जेलमा बस्नु पर्यो। अरू सबै नोकरहरूले यो घट्ना देखे। तिनीहरू दुःखी भए र तिनीहरूले आफ्ना मालिकलाई यो घट्नाको वृतान्त सुनाइदिए। “तब मालिकले नोकरलाई बोलाए र उसलाई भने, ‘तँ दुष्ट नोकर रहेछस्। तैंले म बाट धेरै ऋण लिएको थिईस्। तर तैंले मसित विन्ती गरेको हुनाले मैले त्यो माफ गरिदिए। तर तैंले तेरो ऋणीलाई दया देखाउन सकिनस्। मैंले तँलाईं दया गरे जस्तै तैले पनि त्यसलाई दया गर्नु पर्ने होइन।’
मत्ती 18:28-33 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“तब त्यो नोकर गयो र उसले आफैंसँग काम गर्ने अर्को साथीलाई भेट्यो। त्यो साथीले उसबाट एक सय चाँदीका सिक्का ऋण लिएको थियो। उसले झम्टेर त्यसको घोक्रो अठ्याउँदै भन्यो, ‘लौ, तैँले खाएको ऋण अहिले तिरिहाल्!’ त्यस साथीले पाउमा परेर बिन्ती गर्दै भन्यो, ‘केही दिनसम्म पर्खिदिनुहोस्, म सबै ऋणहरू तिर्नेछु।’ तर त्यसले मानेन। ऋण नतिरेसम्म त्यसले उसलाई झ्यालखानमा हालिदियो। “ती दुई जनासँगै काम गर्ने अरू साथीहरूले पनि यी सबै कुराहरू देखिरहेका थिए। तिनीहरूलाई असाध्यै दु:ख लाग्यो। तिनीहरूले गएर राजालाई भएभरका सबै कुराहरू सुनाइदिए। अनि राजाले त्यस नोकरलाई बोलाएर भने, ‘ए दुष्ट मानिस! तेरो बिन्ती सुनेर मैले तँलाई पूरै ऋण माफ गरिदिएको थिएँ। मैले तँलाई दया गरेजस्तै तैँले पनि आफूसँगै काम गर्ने साथीलाई दया गर्नुपर्ने थिएन र?’