मत्ती 15:17-20
मत्ती 15:17-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
के तिमीहरूलाई थाहा छैन, जे मुखभित्र पस्छ त्यो पेटमा गइहाल्छ, र बाहिर निस्किहाल्छ? तर जुन कुराहरू मुखबाट बाहिर आउँछन्, ती हृदयबाट निस्कन्छन्, र तिनैले मानिसलाई अशुद्ध तुल्याउँछन्। किनकि हृदयबाट नै खराब विचार, हत्या, परस्त्रीगमन, व्यभिचार, चोरी, झूटो गवाही र निन्दा बाहिर निस्कन्छन्। यी कुराहरूले चाहिँ मान्छेलाई अशुद्ध पार्छन्। तर हात नधोई खानाले उसलाई अशुद्ध पार्दैन।”
मत्ती 15:17-20 नेपाली समकालीन संस्करण (NCV)
जे कुरा मुखभित्र पसेर पेटमा जान्छ, त्यो शरीरबाट बाहिर निस्कन्छ भनी तिमीहरू जान्दैनौ? तर जे कुरा मुखबाट बाहिर निस्कन्छ त्यो हृदयबाट आउँछ, अनि यसैले मानिसलाई अशुद्ध पार्छ। किनकि हृदयबाट दुष्ट विचारहरू; हत्या, व्यभिचार, अनैतिकता, चोरी, झूटा साक्षी, निन्दा निस्कन्छन्। यिनीहरूले नै मानिसलाई अशुद्ध बनाउँछन्, तर नधोइएका हातहरूले खाँदा उसलाई अशुद्ध पार्दैन।”
मत्ती 15:17-20 पवित्र बाइबल (NERV)
तिमीहरू जान्दैनौ कि मुखबाट खाएको खानेकुरा पेटमा पुग्दछ। अनि त्यसपछि शरीरदेखि जे कुरा बाहिर जान्छ। त्यो काम नलाग्ने हुन्छ। मुखबाट निस्कने जेसुकैको उत्पत्ति हृदयमा हुन्छ अनि त्यसैले मानिसलाई अशुद्ध तुल्याउछ। किनभने हृदयबाट यस्ता नराम्रा कुराहरू आउँछन् दुष्ट विचार, हत्या, व्यभिचार, यौन अनैतिकता, चोरी, कसम खाएर ढाँटनु, निन्दा जस्ता कुराहरू निस्कन्छन्। यी कुराहरूले मानिसलाई अशुद्ध तुल्याउँछन। तर हात नधोइ खानाले मानिसलाई अशूद्ध तुल्याउँदैन।”
मत्ती 15:17-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिमीहरूलाई थाहा छैन र? मानिसको मुखबाट भित्र पसेको कुरा त त्यसको पेटमा पुग्छ अनि पछि शरीरबाट निस्केर जान्छ। तर मानिसको मुखबाट निक्लने कुरा उसको मनबाट आएको हुन्छ। यी नै कुराहरूले उसलाई अशुद्ध पार्छन् किनभने मानिसको मनभित्रबाटै दुष्ट विचारहरू निस्कन्छन्। यिनै दुष्ट विचारहरूले गर्दा उसले मान्छे मार्नु, व्यभिचार गर्नु, चोर्नु, झूटो साक्षी दिनु, निन्दा गर्नुजस्ता खराब कामहरू गर्छ। मानिसहरूलाई अशुद्ध पार्ने कुराहरू यी नै हुन्। तर हात नचोख्याई खाँदैमा त मानिस अशुद्ध हुँदैन!”