YouVersion लोगो
खोज आइकन

मत्ती 14:30-36

मत्ती 14:30-36 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तर बतास जोड़ले चलेको देखेर तिनी डराए, र जब डुब्‍नै लागे तब तिनले चिच्‍च्‍याएर भने, “हे प्रभु, मलाई बचाउनुहोस्‌।” तब येशूले झट्टै हात पसारेर तिनलाई समातिहाल्‍नुभयो, र तिनलाई भन्‍नुभयो, “ए अल्‍पविश्‍वासी, किन शङ्का गर्‍यौ?” जब उहाँहरू डुङ्गामा पस्‍नुभयो तब बतास थामियो। डुङ्गामा हुनेहरूले उहाँलाई दण्‍डवत्‌ गरे, र भने, “साँच्‍चै तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ।” पारि पुगेपछि उहाँहरू गनेसरेतको इलाकामा आइपुग्‍नुभयो। जब त्‍यस ठाउँका मानिसहरूले उहाँलाई चिने तब तिनीहरूले वरिपरिका इलाकाहरूमा खबर पठाए, र मानिसहरूले रोगीहरू सबैलाई उहाँकहाँ ल्‍याए। तिनीहरूले उहाँका वस्‍त्रको छेउ मात्र भए पनि छुन पाऊँ भनी उहाँलाई बिन्‍ती गरे, र जतिले छोए तिनीहरू निको भए।

शेयर गर्नुहोस्
मत्ती 14 पढ्नुहोस्

मत्ती 14:30-36 पवित्र बाइबल (NERV)

पानीमाथि हिंडदा पत्रुसले तेज बतास र छालहरू आएको देखे। अनि भयभीत भए। उनी भयभीत भए र पानीमा डुब्नलागे। उनी चिच्याए, “प्रभु, मलाई बचाउनुहोस्।” त्यसपछि येशूले पत्रुसको हात समात्नु भयो। उहाँले भन्नुभयो, “ए अल्पविश्वासी तिमी किन शंका गर्छौ?” जब पत्रुस र येशू दुवै डुङ्गामा चढे आँधी पनि थामियो। डुङ्गामा भएका चेलाहरूले येशूलाई आराधना गर्दै भन्न लागे, “साँच्चै तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।” त्यसपछि उहाँहरू झील तरेर गनेसरेतको किनारमा पुग्नुभयो। त्यस ठाउँका मानिसहरूले येशूलाई देखे। उहाँ वास्तवमा को हुनहुन्छ भनेर तिनीहरूले जान्न पाए। तिनीहरूले त्यस क्षेत्र वरिपरिका सबै मानिसहरूलाई येशू त्यहाँ आउनु भएको छ भनेर खबर फैल्याए। धेरै रोगीहरूलाई येशूकहाँ पुर्याए। तिनीहरूले उहाँको लुगाको किनार मात्र पनि छुनलाई अनुमति माँगे ताकि तिनीहरूको बिमार जाति होस्।

शेयर गर्नुहोस्
मत्ती 14 पढ्नुहोस्

मत्ती 14:30-36 नेपाली समकालीन संस्करण (NCV)

तर जब तिनले बतास देखे, तब तिनी डराए अनि, डुब्न लाग्दा, “प्रभु, मलाई बचाउनुहोस्!” भनी चिच्याए। येशूले तुरुन्तै आफ्नो हात पसारेर तिनलाई पक्रनुभयो अनि भन्‍नुभयो, “हे अल्पविश्‍वासी, तिमीले किन शङ्का गर्‍यौ?” अनि जब उहाँहरू डुङ्गामा चढ्नुभयो, बतास शान्त भयो। तब डुङ्गामा हुनेहरूले “साँच्‍चै तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ” भने, अनि उहाँलाई दण्डवत् गरे। तिनीहरू पारि पुगेपछि गनेसरेतमा उत्रे। अनि जब त्यहाँका मानिसहरूले येशूलाई चिने, तिनीहरूले छेउछाउका सबै इलाकाहरूमा खबर पठाए। मानिसहरूले आफ्ना सबै रोगीहरू उहाँकहाँ ल्याए। अनि रोगीहरूलाई उहाँको वस्त्रको किनार मात्र छुन दिनुहोस् भनी उहाँलाई विन्ती गरे, अनि जतिले उहाँलाई छोए तिनीहरू सबै निको भए।

शेयर गर्नुहोस्
मत्ती 14 पढ्नुहोस्

मत्ती 14:30-36 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तर ठूलो बतास चलेको देखेर उनी डराए। त्‍यत्तिकैमा उनी डुब्‍न लागे र आत्तिएर “बचाउनुहोस् प्रभु!” भन्‍दै कराए। येशूले उनलाई झट्टै समातेर भन्‍नुभयो “खै तिम्रो विश्‍वास, तिमीले किन शङ्का गरेको?” त्‍यसपछि येशू पत्रुससँगै नाउमा चढ्‍नुभयो अनि बतास पनि थामिहाल्‍यो। तब नाउमा भएका चेलाहरू सबैले उहाँको पाउमा घोप्‍टो पर्दै भने, “साँच्‍चै तपाईं त परमेश्‍वरकै पुत्र पो हुनुहुँदो रहेछ!” येशू चेलाहरूसँगै ताल तरेर पारि गनेसरेत भन्‍ने ठाउँमा ओर्लनुभयो। त्‍यहाँका मानिसहरूले येशू नै हुनुहुन्‍छ भनेर उहाँलाई चिनिहाले। त्‍यसकारण तिनीहरूले वरिपरि गाउँभरिका बिरामीहरूलाई बोलाएर येशूकहाँ ल्‍याए अनि येशूलाई यसो भन्‍दै बिन्‍ती चढाए, “ती बिरामीहरूलाई आफ्‍ना लुगाको छेउ मात्र भए पनि छुन दिनुहोस्।” उहाँको लुगा छुने जति सबै जना निको भए।

शेयर गर्नुहोस्
मत्ती 14 पढ्नुहोस्