मत्ती 13:57-58
मत्ती 13:57-58 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि तिनीहरू उहाँसँग चिढ़िए। तर येशूले तिनीहरूलाई भन्नुभयो, “अगमवक्तालाई आफ्नै निज मुलुक र आफ्नै निज घरमा बाहेक अन्यत्र सबै ठाउँमा आदर हुन्छ।” अनि तिनीहरूको अविश्वासले गर्दा उहाँले त्यहाँ शक्तिका धेरै कामहरू गर्नुभएन।
मत्ती 13:57-58 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि तिनीहरू उहाँसित चिढिए। तर येशूले तिनीहरूलाई भन्नुभयो, “आफ्नै सहरमा र आफ्नै घरमा बाहेक अरू कहीँ पनि अगमवक्तालाई अनादर गरिँदैन।” उहाँले तिनीहरूका विश्वासको कमीले गर्दा त्यहाँ धेरै शक्तिशाली कामहरू गर्नुभएन।
मत्ती 13:57-58 पवित्र बाइबल (NERV)
यसर्थ मानिसहरूले येशूलाई स्वीकार गर्न सकेनन्। तर येशूले तिनीहरूलाई भन्नुभयो, “अरू मानिसहरूले अगमवक्तालाई आदर गर्छन्। तर आफ्नो शहरमा र आफ्नै घरमा भएका मानिसहरूले अगमवक्तालाई त्यसरी उनको जस्तो आदर गर्दैनन्।” त्यस ठाउँका मानिसहरूले येशूलाई विश्वास नगरेका हुनाले उहाँले त्यहाँ त्यति धेरै आश्चर्यकर्महरू देखाउनु भएन।
मत्ती 13:57-58 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसो भन्दै तिनीहरूले उहाँलाई पत्याएनन् अनि येशूले तिनीहरूलाई भन्नुभयो, “अगमवक्ताको सबैतिर मान हुन्छ, तर आफ्ना गाउँ-घर र आफ्नैहरूले भने वास्तै गर्दैनन्।” तिनीहरूमा विश्वास नभएको हुनाले येशूले त्यस ठाउँमा धेरै अचम्मका कामहरू गर्नुभएन।