मत्ती 13:44-46
मत्ती 13:44-46 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“परमेश्वरको राज्यचाहिँ जमिनमा गाडेको बहुमूल्य धनजस्तै हुन्छ। कुनै मानिसले यसलाई पाउँछ र फेरि छोपेर राख्छ अनि ऊ खुसी हुँदै गएर आफ्ना भएभरको सम्पत्ति बेची त्यो बारी किनिछोड्छ। “फेरि परमेश्वरको राज्य राम्रो खालको मोती खोज्दै हिँड्ने एउटा व्यापारीजस्तै हो। धेरैभन्दा धेरै मोल पर्ने मोती भेट्टाउँदा उसले आफ्नो भएभरको जेथा बेचेर त्यो मोती किनिछोड्छ!
मत्ती 13:44-46 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“स्वर्गको राज्य कुनै एउटा खेतमा गाडी राखिएको गाड़धनजस्तो हो, जो एक जना मानिसले भेट्टाएर लुकाइराख्दछ, र आनन्दित भएर ऊ जान्छ र आफूसित भएका सबै बेच्छ, र त्यो खेत किन्छ। “फेरि स्वर्गको राज्य असल मोतीहरू खोज्ने एउटा व्यापारीजस्तो हो। त्यसले एउटा बहुमूल्य मोती भेट्टाएपछि गएर आफूसँग भएका सबै बेचेर त्यो मोती किन्यो।
मत्ती 13:44-46 नेपाली समकालीन संस्करण (NCV)
“स्वर्गको राज्य खेतमा लुकाइ राखिएको गाडधनजस्तो हो। जब एकजना मानिसले त्यसलाई भेट्टायो, त्यसले फेरि लुकाइ राख्यो, अनि आनन्दसाथ गएर आफूसित भएका सबै थोक बेचेर त्यो खेत किन्यो। “फेरि स्वर्गको राज्य असल मोतीहरूको खोजी गर्ने एकजना व्यापारीजस्तो हो। जब उसले एउटा बहुमूल्य मोती भेट्टायो, ऊ गइहाल्यो अनि आफूसित भएका सबै थोक बेचेर त्यो किन्यो।
मत्ती 13:44-46 पवित्र बाइबल (NERV)
“स्वर्गको राज्य जमीनमा लुकाइएको सम्पत्ति जस्तै हो। कुनै एक दिन एउटा मानिसले त्यो पायो, ऊ खूबै खुशी भयो। उसले त्यसलाई फेरि खेतमा लुकायो। तब ऊ गएर आफूसंग भएको सबै चिजहरू बेच्यो र त्यो खेत किन्यो। “फेरि, स्वर्गको राज्य एक व्यापरी जस्तै हो, जसले असल मोतीहरू खोज्छ। एकदिन त्यो व्यापारीले एउटा बहुमूल्य मोती फेला पार्यो। र उसले गएर आफूसँग भएको सबै बेचेर त्यो मोती किन्यो।