YouVersion लोगो
खोज आइकन

मत्ती 13:31-33

मत्ती 13:31-33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

येशूले तिनीहरूलाई अर्को दृष्‍टान्‍त भन्‍नुभयो, “स्‍वर्गको राज्‍य रायोको दानाजस्‍तो हो, जो एक जना मानिसले लगेर आफ्‍नो बारीमा रोप्‍‍यो। त्‍यो सबै बीउहरूमा सानो हुन्‍छ, तर जब बढ्‌छ, तब त्‍यो सबै सागपातहरूभन्‍दा ठूलो हुन्‍छ र रूख नै भइहाल्‍छ। आकाशका चराचुरुङ्गीहरू आएर त्‍यसका हाँगाहरूमा गुँड़ लाउँछन्‌।” उहाँले तिनीहरूलाई अर्को दृष्‍टान्‍त भन्‍नुभयो, “स्‍वर्गको राज्‍य खमिरजस्‍तो हो, जो एउटी स्‍त्रीले पच्‍चीस किलोग्राम पीठोमा मिसाई, र त्‍यो जम्‍मै खमिरले फुलिएर ठीक नभएसम्‍म त्‍यसलाई एक ठाउँमा राखी।”

शेयर गर्नुहोस्
मत्ती 13 पढ्नुहोस्

मत्ती 13:31-33 पवित्र बाइबल (NERV)

तब येशूले मानिसहरूलाई अर्को उखान भन्नु भयो: “स्वर्गको राज्य एउटा रायोको बीऊ जस्तो हो। एकजना मानिसले त्यसलाई आफ्नो खेतमा रोप्यो। त्यो बीऊ अरू बीऊहरूमध्ये सबैभन्दा सानो बीऊ हुन्छ। तर जब यो उम्रन्छ त्यो बारीको सबभन्दा ठूलो पोथ्रा हुन सक्छ। त्यो रूख जस्तै उम्रन सक्छ हाँगाहरू यति ठुला उम्रन सक्छन् कि तिनमा चरा-चुङ्गीहरूले आफ्ना निम्ति गुँड बनाउन सक्छन्।” येशूले अर्को उखान भन्नुभयो, “स्वर्गको राज्य खमीर जस्तो हो। जसलाई एउटी स्त्रीले रोटी बनाउन एउटा ठूलो भाँडामा पिठोसित मिसाइन्। त्यो खमीरले पीठोको सबै डल्लालाई खमीरी बनायो।”

शेयर गर्नुहोस्
मत्ती 13 पढ्नुहोस्

मत्ती 13:31-33 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

येशूले फेरि अर्को एउटा दृष्‍टान्‍तको रूपमा शिक्षा दिनुभयो, “परमेश्‍वरको राज्‍य रायोको बिउजस्‍तो हुन्‍छ। एउटा मान्‍छेले रायोको बिउ लिएर आफ्‍नो बारीमा छर्छ। बिउहरूमा सबभन्दा सानो भए पनि उम्रेपछि त्‍यो बारीमा हुने अरू बोटभन्दा ठूलो हुन्‍छ अनि चरा-चुरुङ्गी आएर यसका हाँगा-बिँगामा गुँड बनाएर बस्‍छन्।” अनि फेरि पनि येशूले अर्को एउटा दृष्‍टान्‍त दिँदै भन्‍नुभयो, “परमेश्‍वरको राज्‍य रोटी फुलाउने खमिरजस्‍तो हुन्‍छ। एउटी स्‍त्रीले अलिकति खमिर लिएर तीन पाथी जति पिठोमा मिसाउँछे अनि पूरै पिठो फुलेर आउँछ!”

शेयर गर्नुहोस्
मत्ती 13 पढ्नुहोस्