मत्ती 13:3-23
मत्ती 13:3-23 पवित्र बाइबल (NERV)
उखानहरूको उपयोग गरेर उहाँले मानिसहरूलाई धेरै शिक्षा दिनुभयो। येशूले बताउनुभयो: “कोही किसान बीऊ छर्नलाई निस्क्यो। जब तिनीले बीऊ छर्दै थिए, केही बीऊहरू बाटोतिर परे। चरा-चुरूङ्गी आएर ती बीऊहरू खाए। केही बीऊहरू नभएको कारणले बीऊहरू चाँडै उम्रनथाले चट्टानमय खेतमा झरे। जमीन त्यत्ति गहिरो थिएन। तर जब घाम लाग्नथाल्यो, ती बीरूवाहरू प्रचण्डघामले सुकेर गए किनभने तिनीहरूका जराहरू थिएनन्। कतिपय बीऊहरू काँडाधारीमा खसे। जब काँडाहरू बढ्दै गए तिनीहरूले ती बीरूवाहरूलाई उम्रन दिएनन्। कतिपय बीऊहरू मलिलो माटोमा खसेका थिए। अनि ती बीऊहरू उम्रिए र फसल उत्पन्न गरे। कतिपय बोटहरूले सय, कतिपयल साठ्ठी अनि कतिपयले तीस गुणा फल फलाए। ऊ जसले सुन्न सक्छ मेरो कुरा सुन।” चेलाहरू आए र येशूलाई सोधे, “तपाईंले उपदेश गर्नुहुँदा तपाईंले किन उखानहरू भन्नु भएको?” येशूले जवाफ दिनुभयो, “स्वर्गको राज्यको सत्यरहस्यहरूको बारेमा तिमीहरूले मात्र बुझ्नसक्छौ। तर अरूहरूले ती जान्नसक्दैनन्। जसले बुझ्न सक्दछ उसलाई अरू बुझाइनेछ अनि उसले चाहेभन्दा धेरै बुझ्न पाउनेछ। तर जसले बुझ्न सक्दैन उसले जति बुझेकोछ त्यो पनि उसकोबाट खोसिनेछ। यसैले, ती मानिसहरूलाई उपदेश दिएँ म उखानहरू भन्ने छु तिनीहरू हेर्दछन्, तर देख्दैनन्। तिनीहरू सुन्छन् तर बुझ्दैनन्। यसरी यशैयाले जुन अगमवाणी गरे त्यो तिनीहरूमा पूर्ण भयो: ‘तिमीहरू सुन्न त सुन्छौ, तर बुझ्दैनौ। तिमीहरू हेर्न त हेर्छौ, तर देख्न सक्दैनौ। हो, यी मानिसहरूको हृदय कठोर भएको छ। कान भएर पनि यिनीहरू सुन्न सक्दैनन्, तिनीहरूका आँखा त छन्, ता पनि तिनीहरू देख्दैनन्। यस्तो भएको छ त्यसकारण तिनीहरूले आफ्ना आँखाले देख्दैनन्, आफ्ना कानले सुन्दैनन्, तिनीहरूका हृदयले बुझ्दैनन्, हैन भने तिनीहरू मकहाँ आउने थिए, सुन्ने थिए, अनि म तिनीहरूलाई निको पार्नेथिएँ।’ तर तिमीहरू धन्य छौ किनभने तिम्रा आँखाहरूले देख्न सक्छन्, अनि तिम्रा कानहरूले सुन्न सक्छन्। म तिमीहरूलाई साँच्चो भन्दछु। धेरै अगमवक्ताहरू र धर्मी मानिसहरू पहिले तिमीहरूले देखेका कुराहरू हेर्न चाहन्थे। तर तिनीहरूले ती कुराहरू देख्न सकेनन्। अनि धेरै अगमवक्ताहरू र धर्मी मानिसहरू तिमीहरूले सुनेका कुराहरू पहिले सुन्न चाहन्थे। तर तिनीहरूले ती कुराहरू सुन्न सकेनन्। “अब किसानको बारेमा उखान सुन: “बाटोमा छरिएको बीऊ के हो? त्यो बीऊ त्यो मानिस जस्तो हो जसले राज्यको बारेमा केही उपदेश सुन्छ तर बुझ्दैन। दुष्ट आउँछ अनि उसको मनमा रोपिएको कुराहरू लैजान्छ। “अनि चट्टानमय भूमिमा खसेको बीऊहरू चाहिं के हुन्? ती बीऊहरू त्यो मानिस जस्तै हुन् जसले उपदेश सुन्छ अनि आनन्दसित तुरन्तै ग्रहण गर्दछ। तर त्यो मानिसले त्यो सन्देशलाई गहनरूपले उसको जीवनमा पस्न दिदैन। त्यो उपदेशलाई त्यसले थोरै बेरसम्म मात्र आफ्नो जीवनमा राख्छ। उपदेशको कारणले जब उसले कष्ट र सतावटको सामना गर्नुपर्छ त्यसले तत्काल आफ्नो विश्वास गुमाउँछ। “अनि काँडाहरूमा छरिएको बीऊहरू चाहिं के हुन्? ती बीऊहरू ती मानिसहरू जस्तै हुन् जसले उपदेश सुन्दछन् तर जीनवको विषयमा बढ्ता फिक्री गर्छन् अनि पैसाको प्रेमले तिनीहरूले सुनेको उपदेश निसासिन्छ। यसले गर्दा उपदेशले फलफलाउन सक्दैन। “तर मलिलो जमीनमा झरेका बीऊहरू चाहिं के हुन्? ती बीऊहरू ती मानिसहरू जस्तै हुन् जसले उपदेश सुन्छ र त्यसलाई बुझ्दछ। त्यो बीरूवा उम्रन्छन् अनि कहिले सयगुणा ज्यादा, कहीले साठी गुणा ज्यादा, र कहिले तीसगुणा अधिक फल फलाउँछन्।”
मत्ती 13:3-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले ती मानिसहरूलाई धेरै कुराहरू दृष्टान्तको रूपमा यस्तो कथा भन्नुभयो। यसरी सिकाउँदै उहाँले भन्नुभयो, “एक जना मानिस बारीमा बिउ छर्न गयो। बिउ छर्दा केही बिउ बाटोमा पर्यो र चराहरूले आएर खाइदिए। कति बिउचाहिँ ढुङ्गेनी जमिनमा पर्यो। अलिअलि मात्रै माटो भएकोले बिउ उम्रिन त चाँडै उम्रियो, तर गहिरोसँग जरा हाल्न नसकेकाले घाम लाग्दा बिरुवा ओइलाएर सुक्यो। कति बिउचाहिँ काँडाको घारीमा पर्यो, तर काँडाको झ्याङ बढ्दा उम्रेका बिरुवाहरू पहेंलिएर मरे। तर कति बिउ भने मलिलो माटोमा पर्यो अनि बढेर कुनैबाट सय गुणा, कुनैबाट साठी गुणा र कुनैबाट तीस गुणा बढी उब्जाउ भयो। जसको कान छ, त्यसले सुनोस्!” चेलाहरूले येशूकहाँ आएर सोधे, “किन तपाईं मानिसहरूलाई शिक्षा दिनुहुँदा दृष्टान्तको रूपमा सिकाउनुहुन्छ?” उहाँले तिनीहरूलाई भन्नुभयो, “हेर, परमेश्वरको राज्यको भित्री भेद तिमीहरूलाई जान्न दिइएको छ, तर तिनीहरूलाई चाहिँ जान्न दिइएको छैन किनभने जोसँग छ, त्यसलाई अझै दिइन्छ र ऊसँग झन् प्रशस्त हुनेछ। तर जोसँग छैन, उसबाट अलिकति भएको पनि खोसिन्छ। त्यसैले मैले तिनीहरूलाई शिक्षा दिँदा दृष्टान्तको रूपमा सिकाएको हुँ किनभने तिनीहरूले हेरेर पनि देख्दैनन्, सुनेर पनि सुन्दैनन् र बुझ्दैनन् पनि। तिनीहरूसँग चाहिँ यशैया अगमवक्ताले भनेको यो कुरा ठ्याक्कै मिल्न आउँछ– तिमीहरू सुन्न त सुन्छौ तर बुझ्दैनौ, देख्न त देख्छौ तर थाहा पाउँदैनौ। ‘यी मानिसहरूको मन नै बोधो छ। तिनीहरूका कान नै बहिरा भएका छन् र तिनीहरूले आँखा चिम्लिएका छन्। नत्रता तिनीहरूले देख्ने र सुन्ने थिए र मनले बुझ्नेथिए अनि तिनीहरूले आफ्नो मन मतिर फर्काउने थिए र म तिनीहरूलाई निको पार्ने थिएँ।’ “तर तिमीहरूचाहिँ कति धन्य हौ। तिमीहरूका आँखाले देख्छन् र कानले सुन्छन्। साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरूले देखेका र सुनेका यी कुराहरू धेरै अगमवक्ता र धर्मी मानिसहरूले देख्ने र सुन्ने ठूलो इच्छा गरेका थिए। तर तिनीहरूले देख्न पनि पाएनन्, सुन्न पनि पाएनन्। “अब बिउ छरेको दृष्टान्तको अर्थ सुन। कति मानिसहरूले परमेश्वरको राज्यको बारेमा शिक्षा सुन्न त सुन्छन्, तर बुझ्दैनन् अनि दुष्ट आएर उनीहरूको मनमा परेको शिक्षा टिपेर लगिहाल्छ। यो त बाटोमा परेको बिउजस्तो भयो। अनि ढुङ्गेनी जमिनमा परेको बिउले बुझाउँछ कि कति जना मानिसले चाहिँ परमेश्वरका शिक्षा सुन्नासाथ खुसी भएर मनमा लिन्छन्। तर यो शिक्षा तिनीहरूको मनमा राम्ररी गडेकै हुँदैन र थोरै बेर मात्र रहन्छ। परमेश्वरको शिक्षा मानेका कारणले दु:ख र खेदो आइपर्नेबित्तिकै तिनीहरूले यो शिक्षालाई छोडिहाल्छन्। फेरि कति जना मानिसको मनचाहिँ काँडाको घारीजस्तै हुन्छ। तिनीहरूले परमेश्वरको शिक्षा सुनेर पनि यस संसारको चिन्ता गर्छन् र धन-सम्पत्तिको मायामा फस्छन्। त्यसैले तिनीहरूले सुनेको शिक्षा हराएर जान्छ र कुनै पनि फल फलाउँदैन। तर कति जना मानिसको मनचाहिँ मलिलो माटोजस्तै हुन्छ। तिनीहरूले भने परमेश्वरको शिक्षा सुनेर बुझ्छन् र सय गुणा, साठी गुणा र तीस गुणा फल फलाउँछन्।”
मत्ती 13:3-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले तिनीहरूलाई दृष्टान्तमा धेरै कुरा भन्नुभयो। उहाँले भन्नुभयो, “एक जना बीउ छर्ने बीउ छर्न निस्क्यो। अनि यसरी छर्दा केही बीउ बाटोतिर परे, र चराचुरुङ्गीले आएर ती खाइदिए। केही बीउ ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन, र गहिरो माटो नभएकोले ती छिट्टै उम्रे। तर जब घाम लाग्यो ती ओइलाए, र जरा नभएकोले ती सुकिहाले। अरूहरूचाहिँ काँढ़ाहरूका बीचमा परे, तर काँढ़ाहरू बढ़ेर आए र तिनलाई निसासिदिए। अरू बीउ असल जमिनमा परे, र कुनैले सय, कुनैले साठी, कुनैले तीस गुणा फल दिए। जसको कान छ, त्यसले सुनोस्।” अनि चेलाहरू आएर उहाँलाई भने, “तपाईं तिनीहरूसँग किन दृष्टान्तहरूमा बोल्नुहुन्छ?” उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरूलाई त स्वर्ग-राज्यका रहस्यहरूको ज्ञान दिइएको छ, तर तिनीहरूलाई भने दिइएको छैन। किनकि जससँग छ, त्यसलाई दिइनेछ, र त्यससँग प्रशस्त हुनेछ। तर जससँग छैन, त्यससँग भएको पनि त्यसबाट खोसिनेछ। यसैकारण म तिनीहरूसँग दृष्टान्तमा बोल्दछु: ‘किनभने तिनीहरू हेर्न त हेर्छन्, तर देख्दैनन्, सुन्न त सुन्छन्, तर सुनेर बुझ्दैनन्।’ यशैयाको अगमवाणी तिनीहरूमा पूरा भएको छ: “सुन्न त तिमीहरू सुन्छौ, तर कहिल्यै बुझ्दैनौ, हेर्न त हेर्छौ, तर कहिल्यै देख्दैनौ। किनकि यी मानिसहरूको हृदय बोधो भएको छ, र तिनीहरूका कान बहिरा भएका छन्, र तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्, नत्रता तिनीहरूले आँखाले देख्नेथिए, कानले सुन्नेथिए, हृदयले बुझ्नेथिए, र फर्कनेथिए, र म तिनीहरूलाई निको पार्नेथिएँ।’ तर तिमीहरूका आँखा धन्य हुन्, किनकि तिनले देख्तछन्। तिमीहरूका कान धन्य हुन्, किनकि तिनले सुन्छन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले देखेका कुरा धेरै अगमवक्ताहरूले र धर्मी जनहरूले हेर्न उत्कट इच्छा गरेथे, तर देखेनन्, अनि तिमीहरूले सुनेका कुरा सुन्न उत्कट इच्छा गरेथे, तर सुनेनन्। “बीउ छर्नेको दृष्टान्त सुन। जब कसैले राज्यको वचन सुन्छ, र सो बुझ्दैन, तब दुष्ट आउँछ र त्यसको हृदयमा जे छरिएको थियो सो खोसेर लैजान्छ। बाटोतिर छरिएको बीउचाहिँ त्यही हो। ढुङ्गेनी जमिनमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्ने बित्तिकै खुसीसाथ झट्टै त्यो स्वीकार गर्दछ। तर त्यसको आफ्नै जरा नभएकोले त्यो थोरै बेर मात्र टिक्छ, र वचनको कारणले कष्ट कि सतावट परिआउने बित्तिकै त्यो पछि हट्छ। काँढ़ाहरूमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ, तर यस संसारको फिक्री र धन-सम्पत्तिको छलले वचनलाई बाधा दिन्छ, र त्यो फल नदिने हुन्छ। तर असल जमिनमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ, र बुझ्दछ, र साँच्चै फल फलाउँछ। त्यसले छरेको बीउबाट सय गुणा, साठी गुणा र तीस गुणा फसल फलाउँछ।”
मत्ती 13:3-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब उहाँले यसो भन्दै तिनीहरूलाई दृष्टान्तबाट धेरै कुराहरू भन्नुभयो: “एक जना किसान बिउ छर्नलाई निस्क्यो। उसले जब बिउ छर्दैथियो, केही बिउ बाटोमा परे; अनि चराहरू आएर खाइदिए। केही ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन। माटो पर्याप्त नभएकोले, ती चाँडै उम्रे। तर जब घाम लाग्यो, ती बिरुवाहरू ओइलाए; अनि तिनीहरूमा जरा नभएको हुनाले सुकिहाले। अरू केही बिउचाहिँ काँडाका झाडीमा परे; अनि काँडाहरू बढेर आए, र ती बिरुवाहरूलाई निसासिदिए। अरू बिउहरूचाहिँ असल जमिनमा परे; जसबाट त्यसले छरेको भन्दा सय गुणा, साठी गुणा र तीस गुणा अन्न फलाए। जसको कान छ, त्यसले सुनोस् र बुझोस्।” चेलाहरूले उहाँकहाँ आएर सोधे, “तपाईं मानिसहरूसित किन दृष्टान्तहरूमा बोल्नुहुन्छ?” उहाँले जवाफ दिनुभयो, “स्वर्गको राज्यको रहस्यको ज्ञान तिमीहरूलाई प्रकट गरिएको छ, तर तिनीहरूलाई प्रकट गरिएको छैन। जोसित छ, त्यसलाई अरू दिइनेछ, र त्योसित प्रशस्त हुनेछ; तर जोसित छैन, त्योसित भएको पनि खोसिनेछ। यसैकारण म तिनीहरूसित दृष्टान्तद्वारा बोल्छु: “तिनीहरूले हेरे तापनि देख्नेछैनन्: तिनीहरूले सुने तापनि सुन्ने वा बुझ्नेछैनन्।” तिनीहरूमा यशैयाको अगमवाणी पूरा भयो: “ ‘तिमीहरू सुनिरहनेछौ, तर कहिल्यै बुझ्नेछैनौ; तिमीहरू देख्न त देख्छौ, तर कहिल्यै बुझ्नेछैनौ। किनकि यी मानिसहरूका हृदय कठोर भएका छन्। तिनीहरूका कानले प्रायः सुन्दैनन्, अनि तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्। नत्रता तिनीहरूले आफ्ना आँखाले देख्नेथिए, आफ्ना कानले सुन्नेथिए, आफ्ना हृदयले बुझ्नेथिए र मतिर फर्कनेथिए, र म तिनीहरूलाई निको पार्नेथिएँ।’” “तर तिमीहरूका आँखा धन्यका हुन्; किनकि तिनले देख्छन्; अनि तिमीहरूका कान धन्यका हुन्; किनकि तिनले सुन्छन्। किनकि म तिमीहरूलाई साँच्चै भन्दछु, धेरै अगमवक्ताहरू र धर्मी मानिसहरूले तिमीहरूले देखेका कुराहरू हेर्ने उत्कट इच्छा गरेका थिए, तर देखेनन्। अनि तिमीहरूले सुनेका कुराहरू सुन्ने उत्कट इच्छा गरेका थिए, तर सुनेनन्। “त्यसैले बिउ छर्नेको दृष्टान्तको अर्थ के हो, ध्यानसित सुन: कसैले राज्यको वचन सुनेर बुझेन भने दुष्ट आएर उसको हृदयमा जे छरिएको थियो, त्यो खोसेर लैजान्छ। बाटोतिर परेको बिउ यही हो। ढुङ्गेनी जमिनमा खसेको बिउले त्यो मानिसलाई जनाउँछ, जसले वचन सुन्नेबित्तिकै आनन्दसाथ त्यसलाई ग्रहण गर्छ। तर तिनीहरूका जरा नभएको हुनाले ती थोरै समयको लागि मात्र रहन्छन्। जब वचनको कारण दुःख र सतावट आइपर्छ, तब तिनीहरू झट्टै पछि हटिहाल्छन्। काँडाहरूमा परेको बिउले त्यस्तो मानिसलाई जनाउँछ, जसले वचन त सुन्छ, तर यस जीवनको फिक्री र धनसम्पत्तिको छलले वचनलाई निसासिदिन्छन्, र त्यो फलहीन हुन्छ। तर असल जमिनमा परेको बिउले त्यो मानिसलाई जनाउँछ, जसले वचन सुन्छ र बुझ्छ। उसले छरेको भन्दा सय गुणा, साठी गुणा र तीस गुणा फल फलाउँछ।”