मत्ती 12:33-34
मत्ती 12:33-34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“कि रूखलाई असल बनाओ, र त्यसको फल असल हुनेछ। कि रूखलाई खराब बनाओ र त्यसको फल पनि खराब हुनेछ। किनभने फलबाट नै रूख चिनिन्छ। ए सर्पका बच्चा हो! तिमीहरू आफै दुष्ट छौ, असल कुरा कसरी बोल्न सक्छौ? किनभने हृदयमा भरिएका कुराहरू नै मुखबाट निस्कन्छन्।
मत्ती 12:33-34 नेपाली समकालीन संस्करण (NCV)
“रूखलाई असल बनाओ, र त्यसको फल असल हुनेछ, अथवा रूखलाई खराब बनाओ, अनि त्यसको फल खराब हुनेछ; किनकि फलबाटै रूख चिनिन्छ। हे सर्पका सन्तानहो, तिमीहरू दुष्ट भइकन कसरी केही कुरालाई असल भन्न सक्छौ? किनकि जुन कुराले हृदय भरिएको हुन्छ, आफ्नो मुखबाट त्यही नै बोल्दछ।
मत्ती 12:33-34 पवित्र बाइबल (NERV)
“यदि तिमीहरू असल फल चाहन्छौ भने तिमीहरूले बृक्षलाईनै असल तुल्याउनु पर्छ। यदि तिमीहरूको बृक्षनै नराम्रो छ भने त्यसको फल पनि नराम्रो हुनेछ। किनकि त्यसको फलबाटनै बोटलाई चिन्न सकिन्छ। ए सर्पहरू, तिमीहरू दुष्ट मतिका छौ। तिमीहरूबाट कसरी असल कुराहरू आउनसक्छ। हृदयमा जे कुरा थुपरीएको छ त्यही कुराहरू नै मुखले बोल्दछ।
मत्ती 12:33-34 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“सप्रेको फल फल्न रूख पनि त सप्रेको हुनुपर्छ। रूख नै सप्रिएको छैन भने फल पनि सप्रिंदैन! रूख फलबाटै चिनिन्छ। हे विषालु सर्पका सन्तानहरू हो! दुष्ट भएर तिमीहरू कसरी असल कुरा गर्न सक्छौ? जे मनमा छ, त्यही नै मानिसले बोल्दछ।