मत्ती 10:34-38
मत्ती 10:34-38 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी नठान। शान्ति ल्याउन होइन, तर तरवार चलाउनलाई म आएको हुँ। किनकि म मानिसलाई उसका बाबुको विरुद्ध, र छोरीलाई उसकी आमाको विरुद्ध, र बुहारीलाई उसकी सासूको विरुद्ध गराउन आएँ। मानिसका शत्रु उसको आफ्नो परिवार भित्रकैहरू हुनेछन्। “जसले मलाई भन्दा बढ़ी आफ्ना बुबा वा आमालाई प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन। जसले मलाई भन्दा बढ़ी आफ्ना छोरा वा छोरीलाई प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन। जो आफ्नो क्रूस उठाएर मेरो पछि लाग्दैन, त्यो मेरो योग्यको हुँदैन।
मत्ती 10:34-38 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“म संसारमा शान्ति ल्याउन आएको हुँ भनी नठान। म संसारमा शान्ति ल्याउन होइन, तर तरवार चलाउन आएको हुँ। किनकि म, “ ‘मानिसलाई उसको बुबाको विरुद्धमा, छोरीलाई उसकी आमाको विरुद्धमा, बुहारीलाई उसकी सासूको विरुद्धमा अलग गराउन आएको हुँ। मानिसका शत्रुहरू त आफ्नै घरका सदस्यहरू हुनेछन्।’ “जसले मलाई भन्दा आफ्ना बुबा वा आमालाई धेरै प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन; जसले आफ्ना छोरा वा छोरीलाई मलाई भन्दा बढी प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन। अनि जसले आफ्नो क्रूस बोकेर मेरो पछि लाग्दैन, त्यो मेरो योग्यको हुँदैन।
मत्ती 10:34-38 पवित्र बाइबल (NERV)
“म पृथ्वीमा शान्ति ल्याउन आएको भनी नसम्झ म पृथ्वीमा शान्ति ल्याउनलाई आएको होइन। तर म तरवार चलाउन आएको हुँ। म यो उद्देश्यले आएको हुँ: ‘एउटा छोरो बाबुको विरुद्ध हुन्छ। एउटी छोरी उसकी आमाको विरुद्ध हुन्छे। एउटी बुहारी उसकी सासूको विरूद्ध हुन्छे। कुनै मानिसको आफ्नो परिवरको मानिस इच्छा पत्रमा नाउँ भएका उसको बिरुद्ध शत्रु बन्दछ।’ “जसले मलाई भन्दा आफ्ना बाबु-आमालाई धेरै माया गर्छ उ मलाई पच्छ्याउने योग्यको हुँदैन। जसले आफ्नो छोरा-छोरीलाई मलाई भन्दा धेरै माया गर्छ, ऊ मेरो पछिलाग्ने योग्यको हुँदैन। यदि कुनै मानिसले मलाई अनुशरण गरेको बेला उसलाई दिएको क्रूस स्वीकार गर्दैन भने ऊ मलाई अनुशरण गर्ने योग्यको हुँदैन।
मत्ती 10:34-38 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“म पृथ्वीमा मेलमिलाप ल्याउन आएको हुँ भन्ने नसम्झ। म मेलमिलाप ल्याउन होइनँ, तर तरवार चलाउन पो आएको हुँ। म त छोरालाई आफ्नै बुबाको विरोधमा, छोरीलाई आमाको विरोधमा र बुहारीलाई सासूको विरोधमा जुधाउन आएको हुँ। मानिसको ठूलो शत्रुचाहिँ आफ्नो घरकै मानिस हुनेछन्। मलाई भन्दा आफ्ना आमा-बुबालाई बढी माया गर्ने मानिस मेरो चेला बन्ने लायकको हुँदैन। त्यसै गरी मलाई भन्दा आफ्ना छोरा-छोरीलाई बढी माया गर्ने पनि मेरो चेला बन्ने लायकको हुँदैन। आफ्नो क्रूस बोकेर मेरो पछिपछि नहिँड्ने मानिस मेरो चेला बन्ने लायकको हुँदैन।