मत्ती 10:11-15
मत्ती 10:11-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“जुन सहर कि गाउँमा तिमीहरू पस्छौ, त्यहाँ को योग्य छ भनी खोज, र त्यहाँबाट बिदा नभएसम्म त्यहीँ बस। त्यस घरभित्र पस्दा अभिवादन गर। त्यो घर योग्य छ भने, तिमीहरूको शान्ति त्यस घरमा आओस्। तर त्यो योग्य रहेनछ भने, तिमीहरूको शान्ति तिमीहरूमै फर्की आओस्। यदि कसैले तिमीहरूलाई ग्रहण गरेन वा तिमीहरूको वचन सुनेन भने, त्यस घर अथवा सहरबाट निस्कँदा आफ्ना खुट्टाको धुलो टकटक्याइदेओ। साँच्चै, म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यस सहरको दशाभन्दा बरु सदोम र गमोराको हालत बढ़ी सहनीय हुनेछ।
मत्ती 10:11-15 नेपाली समकालीन संस्करण (NCV)
तिमीहरू जुन शहर अथवा गाउँमा पस्छौ, त्यस ठाउँमा को योग्यको छ, त्यस व्यक्तिलाई खोज र तिमीहरूले त्यो ठाउँ नछोडेसम्म त्यसकै घरमा अतिथीको रूपमा बस। तिमीहरू त्यस घरमा पस्दा, त्यसलाई आफ्नो अभिवादन भन। यदि त्यो घर त्यस योग्यको छ भने, तिमीहरूको शान्ति त्यसमा रहोस्; यदि छैन भने, तिमीहरूको शान्ति तिमीहरूकहाँ फर्किआओस्। यदि कसैले तिमीहरूलाई स्वागत गरेन भने अथवा तिमीहरूको कुरा सुन्दैन भने तिमीहरूले त्यस घर अथवा शहरलाई छोडेर जाँदा तिमीहरूका खुट्टाको धूलो टक्टक्याइदेओ। म यो साँचो कुरा तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यस शहरको भन्दा त सदोम र गमोराको अवस्था सहनसक्ने हुनेछ।
मत्ती 10:11-15 पवित्र बाइबल (NERV)
“जव तिमीहरू कुनै गाउँ वा शहरतिर जान्छौ त्यहाँ कुनै न कुनै योग्य मानिसलाई भेट् अनि स्थान नछाडे सम्म उसको घरमा बस। तिमी घरभित्र पस्ने बित्तीकै त्यसलाई भन। ‘तपाईंलाई शान्ति होस्।’ घरभित्र भएका मानिसहरूले तिनीहरूलाई स्वागत जनाए भने तिनीहरू तिम्रो शान्तिको कामना ग्रहण गर्न योग्यका छन्। यदि तिनीहरूले स्वागत नजनाए तिमीहरूको शान्तिको कामना फिर्ता लेऊ किनभने तिनीहरू तिमीहरूको शान्तिको कामनाका योग्य छैनन्। यदि कुनै घर वा शहरले तिमीहरूलाई स्वागत नगरे अथवा तिमीहरूको कुरा नसुने त्यो ठाउँ छोड्दा गोडाको धुलोसम्म टक्टकाउनु। तिमीहरूलाई म साँच्चो भन्दछु। न्यायको दिनमा तिनीहरूको अवस्था सोदोम र गमोराको भन्दा नराम्रो हुनेछ।
मत्ती 10:11-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“तिमीहरू गाउँ-सहरमा जाँदा स्वागत गर्ने मानिसलाई खोज अनि त्यस गाउँबाट बिदा नहोउञ्जेल त्यसैकहाँ बस। उसको घरमा पस्दा ‘तपाईंलाई शान्ति होस्’ भन्नू। त्यस घरानाले तिमीहरूको शान्ति लिन लायकको रहेछ भने त्यहाँ शान्ति रहनेछ। तर तिनीहरू लायकका रहेनछन् भने शान्ति तिमीहरूकहाँ नै फर्केर आउनेछ। कुनै घरमा अथवा गाउँ-सहरमा मानिसहरूले तिमीहरू गएको मन पराएनन् भने या तिमीहरूका कुरा नै सुन्न मानेनन् भने त्यो ठाउँ नै छोडेर हिँडिहाल्नू। ती मानिसहरूलाई परमेश्वरले गर्नुहुने न्यायको चेतावनी दिन तिमीहरूको पैतालामा लागेको धुलो त्यहीँ टक्टक्याएर जाओ। साँच्चै म तिमीहरूलाई भन्छु, न्यायको दिनमा परमेश्वरले त्यस सहरका मानिसहरूलाई भन्दा त बरु सदोम र गमोरा सहरका मानिसहरूलाई बढी सहनुहुनेछ।