YouVersion लोगो
खोज आइकन

मलाकी 3:1-10

मलाकी 3:1-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“हेर, म आफ्‍ना समाचारवाहकलाई पठाउनेछु, र तिनले मेरो अगिअगि बाटो तयार गर्नेछन्‌। तब एक्‍कासि ती प्रभु, जसलाई तिमीहरू खोज्‍दछौ, आफ्‍नो मन्‍दिरमा आउनेछन्, अर्थात्‌ करारका ती समाचारवाहक आउनेछन्, जसलाई तिमीहरू औधी चाह गर्दछौ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ। तर उहाँको आउने दिनमा को उभिन सक्‍छ र? उहाँ देखा पर्नुहुँदा को खड़ा हुन सक्‍छ? किनकि उहाँ सुनारको आगो र धोबीको साबूनजस्‍तै हुनुहुनेछ। उहाँ चाँदी खार्ने र सफा गर्नेजस्‍तो गरी बस्‍नुहुनेछ। उहाँले लेवीहरूलाई शुद्ध पार्नुहुनेछ, र सुन र चाँदीझैँ शुद्ध पार्नुहुनेछ। तब परमप्रभुका मानिसहरू हुनेछन्, जसले धार्मिकतामा भेटी ल्‍याउनेछन्‌। तब यहूदा र यरूशलेमका भेटीहरू परमप्रभुलाई उहिलेझैँ ग्रहणयोग्‍य हुनेछन्‌। “यसैले म न्‍याय गर्नलाई तिमीहरूको नजिक आउनेछु। टुनामुना गर्नेहरू, व्‍यभिचारीहरू र झूटो गवाही बक्‍नेहरूका विरुद्धमा, मजदूरहरूलाई ज्‍यालामा ठग्‍नेहरू, विधवा र टुहुरा-टुहुरीमाथि अत्‍याचार गर्नेहरू, विदेशीलाई न्‍याय नगरिदिनेहरू, र मेरो डर नमान्‍नेहरू, यी सबैका विरुद्धमा म झट्टै गवाही दिनेछु,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ। “म परमप्रभु कहिल्‍यै परिवर्तित हुँदिनँ। यसैले हे याकूबका सन्‍तान हो, तिमीहरू नष्‍ट भएका छैनौ। तिमीहरूका पिता-पुर्खाको समयदेखि नै तिमीहरू मेरा आदेशहरूदेखि तर्केर गएका छौ, र ती तिमीहरूले पालन गरेका छैनौ। मतिर फर्क, र म तिमीहरूतिर फर्कनेछु,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ। “तर तिमीहरू त सोध्‍छौ, ‘हामी कसरी फर्कौं?’ “के कुनै मानिसले परमेश्‍वरलाई लुट्‌छ र? तापनि तिमीहरू मलाई लुट्‌दछौ। “तर तिमीहरू सोध्‍छौ, ‘कसरी हामीले तपाईंलाई लुट्यौं र?’ “दशांशको भेटीमा। सराप परेर तिमीहरू श्रापित भयौ, किनकि तिमीहरूले मलाई लुटिरहेछौ— तिमीहरू सम्‍पूर्ण जातिले। सम्‍पूर्ण दशांश ढुकुटीमा ल्‍याओ, ताकि मेरो घरमा भोजन रहोस्‌। यसमा मलाई जाँचेर हेर,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ, “म स्‍वर्गका ढोकाहरू उघारेर पर्याप्‍त ठाउँ पनि नहुनेसम्‍मका आशिष्‌ तिमीहरूमाथि बर्साउँछु वा बर्साउँदिनँ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।

शेयर गर्नुहोस्
मलाकी 3 पढ्नुहोस्

मलाकी 3:1-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्‍छ, “मेरो बाटो तयार पार्न म आउनुअघि म आफ्‍नो दूत पठाउनेछु। तब तिमीहरूले खोजेका प्रभु अचानक आफ्‍नो मन्‍दिरमा आउनेछन्। तिमीहरूले पर्खेका दूत आउनेछन् र मेरो करार घोषणा गर्नेछन्।” तर उहाँ आउनुभएको दिनमा को टिक्‍न सक्‍ला? उहाँ देखा पर्नुहुँदा को बाँच्‍न सक्‍ला? उहाँ कडा साबुन वा सुन खार्ने आगोजस्‍तो हुनुहुन्‍छ। चाँदी खारेर शुद्ध बनाउने मानिसझैँ उहाँ न्‍याय गर्न आउनुहुनेछ। सुन र चाँदी खारेझैँ परमप्रभुको दूतले लेवी कुललाई खार्नेछन् र तिनीहरूले परमप्रभुकहाँ उचित भेटीहरू चढाउनेछन्। तब यहूदा र यरूशलेमका मानिसहरूले परमप्रभुलाई चढाएका भेटीहरू बितेका दिनहरूमा झैँ उहाँको निम्‍ति मनपर्दा हुनेछन्। सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्‍छ, “म न्‍याय गर्न तिमीहरूकहाँ आउनेछु र आउनासाथ म मन्‍त्रतन्‍त्र गर्नेहरू, व्‍यभिचारीहरू, झूटा साक्षी दिनेहरू, काम गर्नेहरूको ज्‍याला ठगी खानेहरू, विधवाहरू, टुहुरा-टुहुरीहरू र विदेशीहरूलाई अत्‍याचार गर्नेहरू, अँ, मेरो आदर नगर्नेहरू सबै जनाका विरुद्धमा साक्षी दिनेछु। “म परमप्रभु हुँ र सधैँ एकनास छु। यसैले तिमी याकूबका सन्‍तानहरू सर्वनाश भएका छैनौ। अघिका तिमीहरूका पुर्खाहरूझैँ तिमीहरू मेरा व्‍यवस्‍थाबाट तर्की गएका छौ र ती मानेका छैनौ। तिमीहरू मकहाँ फर्क र म तिमीहरूकहाँ फर्कनेछु। तर तिमीहरू ‘हामीले तपाईंकहाँ फर्कन के गर्नुपर्छ?’ भनी सोध्‍छौ। तर मेरो प्रश्‍न छ, ‘के परमेश्‍वरसित छल गर्नु मानिसको लागि उचित हुन्‍छ?’ कहिल्‍यै उचित हुँदैन र पनि तिमीहरू मसित छल गर्दछौ। ‘कसरी?’ तिमीहरू सोध्‍छौ। म भन्‍दछु, ‘दशौं हिस्‍सा र भेटीहरूमा।’ “तिमीहरू सबै जनामाथि सराप परेको छ किनभने तिम्रा सारा जातिले मलाई छलेका छन्। मेरो मन्‍दिरमा अन्‍न भरिभराउ हुने गरी तिमीहरू आफ्‍नो पूरा दशौं हिस्‍सा ल्‍याओ र मलाई जाँचेर हेर र तिमीहरूले देख्‍नेछौ कि कसरी म स्‍वर्गका झ्‍यालहरू खोलेर तिमीहरूलाई प्रशस्‍त गरी सबै प्रकारका असल कुराहरू खन्‍याइदिनेछु।

मलाकी 3:1-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“हेर, म मेरो दूतलाई पठाउनेछु, जसले मेरो अगि-अगि बाटो तयार गर्नेछ। तब तिमीहरूले खोजिरहेका प्रभु अचानक आफ्नो मन्दिरमा आउनुहुनेछ; तिमीहरूले चाहना गरेका करारका सन्देशवाहक आउनुहुनेछ,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। तर उहाँको आगमनको दिन कसले सहन सक्छ? उहाँ देखा पर्नुहुँदा को खडा रहन सक्छ? किनकि उहाँ सुनारको आगो अथवा धोबीको साबुनजस्तो हुनुहुनेछ। उहाँ चाँदी खार्ने र सफा गर्ने व्यक्तिझैँ बस्‍नुहुनेछ; अनि लेवीहरूलाई खारेर सुन र चाँदीझैँ शुद्ध पार्नुहुनेछ। तब धार्मिकतासाथ भेटी चढाउने मानिसहरू याहवेहकहाँ आउनेछन्; अनि यहूदा र यरूशलेमका भेटीहरू अगिका दिन र वर्षहरूमा जस्तै याहवेहलाई ग्रहणयोग्य हुनेछन्। “यसरी म तिमीहरूको न्याय गर्नलाई नजिक आउनेछु। म तन्त्रमन्त्र गर्नेहरू, व्यभिचारीहरू र झूटा शपथ खानेहरूको विरुद्धमा; अनि मजदुरहरूलाई ज्यालामा ठग्नेहरू, विधवा र अनाथमाथि अत्याचार गर्नेहरू र विदेशीहरूलाई न्यायबाट बञ्चित गर्नेहरू; अनि मेरो भय नमान्‍नेहरूका विरुद्धमा गवाही दिनेछु,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। “म याहवेह कहिल्यै परिवर्तन हुँदिनँ। त्यसैले हे याकोबका सन्तान हो, तिमीहरू नष्‍ट भएका छैनौ। तिमीहरूका पितापुर्खाहरूका समयदेखि नै तिमीहरू मेरा धार्मिक विधि-नियमहरूबाट तर्केर गएका छौ, र ती पालन गरेका छैनौ। मतिर फर्क, र म तिमीहरूकहाँ फर्कनेछु,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। “तर तिमीहरू सोध्छौ, ‘हामी कसरी फर्कौँ?’ “के कुनै मरणशील मानिसले परमेश्‍वरलाई लुट्छ र? तर तिमीहरूले त मलाई लुटेका छौ। “तर तिमीहरू सोध्छौ, ‘हामीले कसरी तपाईंलाई लुटेका छौँ र?’ “दशांश र भेटीहरूमा लुटेका छौ। तिमीहरूमाथि श्राप परेको छ—तिमीहरूको पूरै राष्ट्रमा श्राप परेको छ; किनकि तिमीहरूले मलाई लुटिरहेका छौ। सबै दशांश भण्डारमा ल्याओ, र मेरो भवनमा खानलाई भोजन होस्। यस कुरामा मलाई जाँचेर हेर, तिमीहरूका निम्ति म स्वर्गका ढोकाहरू खोलेर तिमीहरूका ढुकुटीमा अटाउने ठाउँ नै नहुने गरी, आशिष् बर्साउँछु कि बर्साउँदिनँ, सेनाहरूका याहवेह भन्‍नुहुन्छ।

शेयर गर्नुहोस्
मलाकी 3 पढ्नुहोस्

मलाकी 3:1-10 पवित्र बाइबल (NERV)

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “हेर, म मेरो समचार-वाहकलाई पठाउँदैछु। उसले मेरो निम्ति बाटो तयार पर्नेछ। मालिक तपाईं जसको खोजिमा हुनुहुन्छ त्यो अचानक उसको मन्दिरमा आउँनेछ। करारको समाचार-वाहक साँच्चै आउँदैछ। “कुनैपनि मानिस त्यस समयको निम्ति तयार पर्न सक्नेछैन। कुनै पनि मानिस उहाँको बिरूद्ध उभिन सक्नेछैन जब उहाँ आउनुहुन्छ। उहाँ त्यो बल्दै गरेको आगो जस्तो हुनुहुनेछ, उहाँ धोवीको साबुन जस्तै हुनुहुन्छ, जसलाई मानिलहरूले लुगा धुने काममा लगाउनेंछन्। उहाँले लेवी कुलहरूलाई पवित्र पार्नु हुनेछ। उहाँले लेवी कुलहरूलाई यस्तो शुद्ध पार्नुहुन्छ जस्तो आगोले चाँदीलाई शुद्ध पार्छ उहाँले तिनीहरूलाई शुद्ध सुन र चाँदी जस्तै बनाउँनु हुनेछ। तब उनीहरूले परमप्रभु कहाँ भेटी लिएर आउँनेछन् अनि ती कामहरू पनी ठीकसँग गर्नेछन्। त्यसपछि परमप्रभुले यहूदा अनि यरूशलेमको भेटी स्वीकार गर्नु हुनेछ। यो पहिला समयको जस्तै हुनेछ। यो पहिलाको लामो समय जस्तै हुनेछ। तब म तिमीहरू कहाँ आउँनेछु। तब म ठीक काम गर्नेछु। म त्यो साक्षी जस्तै हुनेछु जुन मानिसहरूद्वारा गरेको नराम्रो कामको निम्ति न्यायकर्ताहरूले गर्ने गर्छन्। कति मानिसहरूले नराम्रो जादु गर्छन, कतिले व्याभिचारी पाप गर्छन, कतिले झूटा गवाही दिन्छन्, कतिले आफ्नो मजदूरलाई ठग्छन्। उनीहरू आफैंले तोकेको रकम दिंदैनन्। विधवाहरू, टुहुरा-टुहुरीहरूलाई सहायता गर्दैनन्। मानिसले मेरो सम्मान गर्दैनन्।” सर्वशक्तिमान परमप्रभुले यो सबै कुराहरू भन्नुभयो। “म परमप्रभु हुँ, अनि म परिवर्तन हुनेछैन। तिमीहरू याकूबका सन्तान हौ, यसकारण तिमीहरूलाई पूर्णरूपले नष्ट गरियो। तर तिमीहरूले मेरो नियमहरू कहिल्यै पनि पालन गरेनौ। यहाँ सम्म कि तिमीहरूका पिता-पुर्खाहरूले पनि मेरो अनुशरण गरेनन्। मकहाँ आऊ अनि म तिमीहरूकहाँ आउँनेछु।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नुभयो। “तिमीहरू भन्छौ, ‘हामीहरू फेरि कसरी फर्कनु?’ “परमप्रभुलाई लुट्न बन्द गर। मानिसहरूले परमेश्वरको चिजहरू चोर्नु हुँदैन। तर तिमीहरूले मेरो भागहरू चोर्यो। “तिमीहरू भन्छौ, ‘हामीले तपाईंको के चोर्यौं?’ “तिमीहरूले मलाई तिमीहरूको चीजको दशांश दिनुपर्ने थियो। तिमीहरूले मलाई बिशेष भेटी दिनुपर्ने थियो। तर तिमीहरूले मलाई ती चीजहरू दिएनौ। यस्तैप्रकारले तिमीहरूका सबै देशले मेरो चीजहरू चोर्यो। तिमीहरू श्रापमा छौ।” सर्वशक्तिमान परमप्रभुले यो सबैकुराहरू भन्नुभयो। सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “यो परीक्षाको जाँच गर। आफ्नो चीजको दशांश मलाई देऊ। ती चीजहरू ढुकुटीमा राख। मेरो घरमा खाने कुराहरू लिएर आऊ। यसरी मलाई जाँचेर हेर! यदि तिमीले यो सबै कामहरू गर्यौ भने म तिमीहरूलाई आशीर्वाद दिनेछु। तिमीहरूसँग राम्रो चीजहरू जस्ताको त्यस्तै हुनेछन् जस्तो आकाशबाट पानी पर्छ। तिमीहरूले हरेक चीजहरू आवश्यक्ता भन्दा ज्यादा पाउँनेछौ।