YouVersion लोगो
खोज आइकन

लूका 9:37-42

लूका 9:37-42 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

भोलिपल्‍ट जब येशू र ती चेलाहरू पहाड़बाट ओर्लनुभयो, एउटा ठूलो भीड उहाँलाई भेट्‌न आयो। भीड़बाट एक जना मानिसले कराएर भन्‍यो, “गुरुज्‍यू, म तपाईंसँग बिन्‍ती गर्दछु, मेरो छोरामाथि कृपा-दृष्‍टि गर्नुहोस्‌। किनकि त्‍यो मेरो एकमात्र छोरा हो। हेर्नुहोस्, एउटा दुष्‍टात्‍माले त्‍यसलाई पक्रन्‍छ, र त्‍यो अचानक चिच्‍च्‍याउँछ, र त्‍यसलाई ऐँठाउँछ र त्‍यसले फीँज काढ्‌न लाग्‍छ। त्‍यसलाई लछारपछार पारेर बल्‍लबल्‍ल छोड्‌छ। त्‍यस दुष्‍टात्‍मालाई निकालिदेऊन्‌ भनेर मैले तपाईंका चेलाहरूसँग बिन्‍ती गरें, तर तिनीहरूले सकेनन्‌।” तब येशूले जवाफ दिनुभयो, “ए अविश्‍वासी र हठी पुस्‍ता, म कहिलेसम्‍म तिमीहरूसँग रहुँला, र तिमीहरूलाई कतिसम्‍म सहुँ? तिम्रो छोरालाई यहाँ ल्‍याऊ।” तर त्‍यो आउँदाआउँदै भूतात्‍माले त्‍यसलाई पछारिहाल्‍यो, र ऐँठ्‌न लाग्‍यो। तर येशूले त्‍यस अशुद्ध आत्‍मालाई हकार्नुभयो, र त्‍यस बालकलाई निको पारेर त्‍यसका बाबुलाई सुम्‍पिदिनुभयो।

शेयर गर्नुहोस्
लूका 9 पढ्नुहोस्

लूका 9:37-42 नेपाली समकालीन संस्करण (NCV)

भोलिपल्ट, जब उहाँहरू पहाडबाट तल आउनुभयो, एउटा ठूलो भीड उहाँलाई भेट्न आयो। अनि भीडबाट एउटा मानिसले कराएर भन्यो, “गुरुज्यू, मेरो छोरामाथि कृपादृष्‍टि गरिदिनुहोस् भनी म विन्ती गर्दछु, किनकि ऊ मेरो एउटै मात्र सन्तानहो। एउटा आत्माले उसलाई पक्रन्छ, र ऊ अचानक चिच्याउँछ; त्यस आत्माले उसलाई ऐंठन पार्छ, र उसले मुखबाट फिँज काढ्छ। त्यसले उसलाई मुस्किलले कहिलेकाँही मात्र छोड्छ र त्यसले उसलाई नाश गर्दैछ। त्यसलाई निकालिदिनका लागि मैले तपाईंका चेलाहरूलाई विन्ती गरें, तर तिनीहरूले सकेनन्।” येशूले जवाफ दिनुभयो, “ए अविश्‍वासी र भ्रष्‍ट पुस्ता, म कहिलेसम्म तिमीहरूका साथमा रहूँला र तिमीहरूलाई सहूँ? अनि येशूले त्यो केटोको बुबालाई भन्‍नुभयो, तिम्रो छोरालाई यहाँ ल्याऊ।” त्यो केटो आउँदा-आउँदै भूत आत्माले उसलाई ऐंठन पार्दै भुइँमा पछार्‍यो। तर येशूले त्यस अशुद्ध आत्मालाई हप्काउनुभयो, केटोलाई निको पार्नुभयो, अनि त्यसलाई बुबाको हातमा दिनुभयो।

शेयर गर्नुहोस्
लूका 9 पढ्नुहोस्

लूका 9:37-42 पवित्र बाइबल (NERV)

भोलिपल्ट येशू, पत्रुस, याकूब र यूहन्ना पाहाडबाट तल झरे। मानिसको ठूलो भीड उहाँलाई भेट्न आयो। भीडबाट एकजनाले चिच्याएर येशूलाई भने, “हेगुरुज्यू, दया गरी आउनुहोस् अनि मेरो पुत्रलाई हेरिदिनु होस्। त्यो मेरो एउटै पुत्र हो। शैतानको दुष्ट आत्मा मेरो पुत्रमा आउँछ अनि त्यो त्यति नै बेला चिच्याउँछ औ त्यसले आफूमाथि होश हराउँछ अनि मुखबाट फींज निकाल्छ। त्यो दुष्ट-आत्माले सधैँ कष्ट दिन्छ अनि त्यसबाट फर्केर कहिल्यै जाँदैन। मैले तपाईंको चेलाहरूलाई पनि त्यसबाट दुष्ट-आत्मा निकाली दिनु भनें तर तिनीहरूले त्यसो गर्न सेकेनन्।” येशूले उत्तर दिनुभयो, “अविश्वासी र भड्किएका वंशकाहरू हो! कहिलेसम्म म तिमीहरूसँग बस्नु अनि सहेर रहनु?” तब उहाँले त्यो मानिसलाई भन्नुभयो, “तिम्रो पुत्रलाई यहाँ ल्याऊ।” जब ठिटो आउँदै थियो, त्यो भूतले त्यसलाई त्यहीं भूईँमा पछारी दियो अनि त्यो केटो काम्दै थियो अनि आफ्नो नियन्त्रण बाहिर रह्यो। तर येशूले त्यस दुष्टात्मालाई कडा चेतावनी दिनु भयो। त्यसपछि त्यो केटोलाई निको पारेर बाबुलाई सुम्पि दिनु भयो।

शेयर गर्नुहोस्
लूका 9 पढ्नुहोस्

लूका 9:37-42 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

भोलिपल्‍ट येशू चेलाहरूसँगै पहाडबाट ओर्लनुहुँदा धेरै मानिसहरू उहाँलाई भेट्‍न आए। तिनीहरूमध्‍ये एक जनाले कराएर भन्‍यो, “गुरुज्‍यू, कृपा गरी मेरो छोरालाई हेरिदिनुहोस् किनकि यो मेरो एउटै छोरा हो! भूतले घरीघरी उसलाई छोप्‍छ र ऊ चिच्‍च्‍याउँदै मूर्च्‍छा पर्छ। मुखबाट फिँज काढ्दै लडीबडी गर्छ अनि चोट पटक नलगाएसम्‍म भूतले उसलाई छोड्दै छोड्दैन। मैले हजुरका चेलाहरूलाई भूत निकालिदिनुहोस् भनी बिन्‍ती गरें, तर तिनीहरूले सकेनन्।” येशूले भन्‍नुभयो, “कस्‍ता विश्‍वास नभएका र भ्रममा परेका मानिसहरू रहेछौ! तिमीहरूसँग म कति दिनसम्‍म बस्‍ने? मैले तिमीहरूलाई कतिञ्‍जेल सहिरहने?” त्‍यसपछि येशूले केटाका बुबालाई भन्‍नुभयो, “तिम्रो छोरालाई लिएर आऊ!” बुबाले छोरालाई ल्‍याउँदाल्‍याउँदै भूतले उसलाई पछारेर कक्र्याककुक्रुक पार्‍यो। तर येशूले भूतलाई हकार्नुभयो र केटालाई निको पारेर बुबालाई दिनुभयो।

शेयर गर्नुहोस्
लूका 9 पढ्नुहोस्