लूका 9:23-25
लूका 9:23-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब उहाँले सबैलाई भन्नुभयो, “कोही मपछि आउने इच्छा गर्छ भने त्यसले आफूलाई इन्कार गरोस्, र दिनहुँ आफ्नो क्रूस बोकेर मेरो पछि लागोस्। किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्छ, त्यसले त्यो गुमाउनेछ। तर जसले मेरो खातिर आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो बचाउनेछ। किनकि सारा जगत् प्राप्त गरेर आफैलाई चाहिँ नाश पार्छ वा गुमाउँछ भने मानिसलाई के लाभ हुन्छ र?
लूका 9:23-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि उहाँले तिनीहरू सबैलाई भन्नुभयो: “यदि कोही मेरो चेला हुन चाहन्छ भने उसले आफैँलाई इन्कार गरोस्, र दिनहुँ आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्। किनकि जसले आफ्नो जीवन बचाउने इच्छा गर्छ, त्यसले त्यो गुमाउनेछ; तर जसले मेरा निम्ति आफ्नो जीवन गुमाउँछ, त्यसैले त्यो बचाउनेछ। यदि कुनै मानिसले सारा संसार हात पारेर पनि आफैँलाई नाश पार्छ वा गुमाउँछ भने उसलाई के फाइदा हुन्छ र?
लूका 9:23-25 पवित्र बाइबल (NERV)
येशूले तिनीहरूलाई भन्नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहन्छ भने उसले आफ्नो सबै इच्छाहरू अस्वीकार गर्नु पर्छ। उसले प्रत्येक दिन क्रूसको कष्ट भोग्नु पर्छ अनि मलाई पछ्याउनु पर्छ। जसले आफ्नो प्राण बचाउँन चाहन्छ भने त्यसले त्यो हराउनु पर्छ तर जसले मेरो निम्ति प्राण दिन्छ भने त्यसले त्यो चाँहि बाँच्न पाउँछ। किनभने के लाभ हुन्छ यदि कसैले सारा संसार जितेर पनि आफैंलाई नोकसानमा पार्छ अथवा हराउँछ?
लूका 9:23-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उहाँले सबैलाई भन्नुभयो, “हेर, कोही मेरो चेला हुन चाहन्छ भने उसले आफैंलाई माया मार्नुपर्छ अनि मर्नसमेत तयार भएर मलाई पछ्याउनुपर्छ किनभने आफ्नो जीवन जोगाउन खोज्नेले जीवन नै गुमाउनेछ, तर आफ्नो जीवन मेरो लागि गुमाउनेले चाहिँ आफ्नो जीवन बचाउनेछ। मानिसले संसारलाई नै हात पारे पनि आफ्नो आत्माचाहिँ गुमायो भने उसलाई के फाइदा भयो र?