लूका 7:40-43
लूका 7:40-43 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशूले त्यस फरिसीलाई भन्नुभयो, “ए सिमोन, तिमीलाई केही भन्नु छ।” तिनले भने, “गुरुज्यू, भन्नुहोस्।” “कोही साहूकारका दुई ऋणीहरू थिए, एउटाले पाँच सय रुपियाँ र अर्काले पचास रुपियाँ ऋण लिएका थिए। तर तिनीहरूसित तिर्ने केही नहुँदा तिनले दुवैलाई माफी दिए। यसकारण भन त, यी दुईमध्ये कुनचाहिँले तिनलाई बढ़ी प्रेम गर्नेछ?” सिमोनले भने, “म ठान्छु, जसले बढ़ी क्षमा पायो।” उहाँले तिनलाई भन्नुभयो, “तिमीले ठीकै विचार गरेका छौ।”
लूका 7:40-43 नेपाली समकालीन संस्करण (NCV)
येशूले तिनलाई जवाफ दिनुभयो, “सिमोन, मैले तिमीलाई केही भन्नु छ।” तिनले भने, “गुरुज्यू, भन्नुहोस्।” “एउटा साहूबाट दुईजनाले ऋण लिएका थिए। एक जनाले पाँच सय र अर्कोले पचास दिनार तिर्नुथियो। तिनीहरू कसैसँग ऋण तिर्नलाई केही पनि थिएन; त्यसैले तिनले ती दुवै जनाका ऋण माफी गरिदिए। अब तीमध्ये कसले तिनलाई बढी प्रेम गर्ला?” सिमोनले जवाफ दिए, “मेरो विचारमा बढी ऋण माफी पाउनेले।” येशूले भन्नुभयो, “तिमीले ठीक विचार गर्यौ।”
लूका 7:40-43 पवित्र बाइबल (NERV)
येशूले फरिसीलाई भन्नुभयो, “शिमोन, तिमीलाई मैले केही भन्नु छ।” शिमोनले भने, “तपाईंले मलाई के भन्नु चाहनुहुन्छ? गुरूज्यू!” येशूले भन्नुभयो, “त्यहाँ दुइजना मानिस थिए। दुवैले एउटै साहुकार ऋण लिएका थिए। तिनीहरू मध्ये एकजनाले 500 चाँदीको सिक्का लिएका थिए। अर्काले 50 चाँदीको सिक्का लिएका थिए। तिनीहरूकोमा त्यत्ति पैसा थिएन, यसले गर्दा तिनीहरू ती दुवैले ऋण चुक्ता गर्न सकेनन्। तर साहूकारले ती दुवैको ऋण मोचन गरिदियो। ती दुइजनाहरूमध्ये कसले त्यो साहुकारलाई धेरै माया गर्थ्यो होला?” शिमोनले भन्यो, “मेरो विचारमा जसले धेरै ऋण लगेको थियो त्यसलै उहाँलाई धेरै माया गर्थ्यो होला।” येशूले शिमोनलाई भन्नुभयो, “तिम्रो कुरा ठीक हो।”
लूका 7:40-43 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यतिखेर येशूले ती फरिसीलाई भन्नुभयो, “सिमोन, मैले तिमीलाई केही कुरा भन्नुपर्छ।” तिनले भने, “आज्ञा होस्, गुरुज्यू!” सुन, “कुनै मानिसका दुई जना असामी थिए। एउटाले पाँच सय चाँदीको सिक्का अनि अर्कोले पचास चाँदीको सिक्का लिएका थिए। तिनीहरू कसैले पनि ऋण तिर्न नसकेकाले साहूले दुवैलाई ऋण माफ गरिदिए। अब भन त, कुनचाहिँले साहूलाई बढ्ता माया गर्ला?” सिमोनले भने, “मेरो विचारमा बढ्ता माफ पाउनेले।” येशूले भन्नुभयो, “तिमीले ठीक भन्यौ।”