लूका 6:47-48
लूका 6:47-48 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जो मकहाँ आउँछ, मेरा वचन सुन्छ र तीअनुसार गर्छ, त्यो कस्तो मानिस हो, म तिमीहरूलाई बताउनेछु। त्यो एक जना घर बनाउने मानिसजस्तो हो, जसले गहिरो खनेर चट्टानमाथि जग बसाल्यो। अनि जब भल चल्यो, र जलप्रवाह उर्लिआएर त्यस घरमा ठोकियो, तब त्यस घरलाई हल्लाउन सकेन, किनकि त्यो पक्का बनाइएको थियो।
लूका 6:47-48 नेपाली समकालीन संस्करण (NCV)
जो मकहाँ आउँछ, मेरा वचन सुन्छ र तीअनुसार गर्छ, त्यो कस्तो मानिस हो, म तिमीहरूलाई भन्छु। त्यो एउटा घर बनाउने मानिसजस्तै हो, जसले गहिरो खनेर चट्टानमाथि जग बसाल्यो। जब बाढी आयो, र पानीको भल त्यस घरमा ठोक्कियो, त्यसले त्यो घरलाई हल्लाउन सकेन; किनकि त्यो राम्रोसँग बनाइएको थियो।
लूका 6:47-48 पवित्र बाइबल (NERV)
हरेक मानिस जब मकहाँ आउँदछ अनि मेरो वचनहरू सुन्दछ र पालन गर्छ, म तिमीहरूलाई ऊ कस्तो हो देखाउनेछु। ऊ एकजना घर बनाउने मानिस जस्तै नै हो। उसले गहिरो खनेर बलियो चट्टानमाथि जग बसाल्न सक्नेछ। जति बेला नदीमा बाढी आँउछ पानीले घरलाई धक्का दिन्छ तर त्यसले घरलाई हल्लाउन सक्तैन कारण त्यो घर राम्ररी बनिएको हुन्छ।
लूका 6:47-48 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मकहाँ आएर मेरा कुरा सुन्ने र मैले भनेको मान्ने मानिसचाहिँ कस्तो हुन्छ, म तिमीहरूलाई भन्छु। ऊ एउटा घर बनाउने मानिसजस्तै हुन्छ, जसले गहिरो गरी खनेर आफ्नो घरको जग चट्टानमाथि बनायो। पानी उर्लेर बाढी आउँदा पनि त्यो घर पक्का गरी बनाइएको हुनाले बाढीले त्यसलाई भत्काउन सकेन।