लूका 6:36-37
लूका 6:36-37 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूका पिता कृपालु हुनुभएझैँ, तिमीहरू पनि कृपालु होओ। “अरूको न्याय नगर र तिमीहरूको पनि न्याय गरिनेछैन। अरूलाई दोषी नठहराओ, र तिमीहरू दोषी ठहराइनेछैनौ। क्षमा गर, र तिमीहरूलाई पनि क्षमा गरिनेछ।
लूका 6:36-37 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरू पनि कृपालु होओ, जसरी तिमीहरूका स्वर्गीय पिता कृपालु हुनुहुन्छ। “न्याय नगर, र तिमीहरूको पनि न्याय गरिनेछैन। अरूलाई दोषी नठहराओ, र तिमीहरू पनि दोषी ठहराइने छैनौ। क्षमा गर, तब तिमीहरूलाई पनि क्षमा गरिनेछ।
लूका 6:36-37 पवित्र बाइबल (NERV)
जस्तो तिम्रा पिता प्रेमी र दयालु हुनु हुन्छ त्यस्तै प्रेमी र कृपालु बन। “अरूको न्याय नगर, अनि अरूले पनि तिम्रो न्याय गर्ने छैन। अरूलाई भर्त्सना नगर, अनि अरूले पनि तिम्रो भर्त्सना गर्दैन। अरूलाई क्षमा गर, अनि तिमीले पनि क्षमा पाउनेछौ।
लूका 6:36-37 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वर पिता जस्तो दयालु हुनुहुन्छ, तिमीहरू पनि त्यस्तै दयालु होओ। “अरूलाई दोष नलगाओ अनि परमेश्वरले पनि तिमीहरूलाई दोष लगाउनुहुनेछैन। अरूको गल्ती खोज्ने नगर अनि परमेश्वरले पनि तिमीहरूको गल्ती खोज्नुहुनेछैन। अरूलाई माफ देओ अनि परमेश्वरले पनि तिमीहरूलाई माफ दिनुहुनेछ।